✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ माघ २६ गते तद्अनुसार सन् २०२५ फरवरी ८ तारिख शनिबार माघ शुक्ल पक्षको एकादशी तिथि मृगशिरा नक्षत्र वैधृति योग वणि करण आनन्दादिमा बज्र योग चन्द्रमा वृष राशिमा ७ः१५ बजेसम्म त्यसपछि मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४८ मा र सूर्यास्त साँझ १७ः४९ मा हुनेछ । भीमा एकादशी व्रत ।
आजको राशिफल
मेष – आजको दिन चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने देखिन्छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । धन मान महत्व बढ्नेछ । मिठो भोजन प्राप्त होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । खेलकूद एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । अनुकूलता वृद्धि हुनाले रोकिएको काममा सफलता मिल्नेछ ।
वृष – प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिएला । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । तर, परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ, सावधान रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम सार्थक रहनेछ । यात्रापरक काम बन्नाले उत्साह वृद्धि होला ।
मिथुन – केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ, तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने दिन छ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । सभा–समारोहमा मान पुरस्कार प्राप्त हुने योग छ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिएला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट – मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रै साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । ऐश्वर्य वृद्धि हुनेछ । साथीभाइको सहयोगले सुख बढ्नेछ ।
सिंह – उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । टाढाको यात्राको योग रहेको छ । कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – कर्मबलका साथै आम्दानी बढ्ने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि अप्रत्यासित धन आर्जन हुने योग छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य पनि जीवन रमाइलो रहला । यात्रामा सफलता प्राप्त हुनेछ । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।
तुला – प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका जुर्ला । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ, शुभता बढ्नेछ । बेसुरमा वचन दिने बानीले आफैलाई सताउन सक्छ, ध्यान राख्नुहोला । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नु उचित हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।
वृश्चिक – आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । सामथ्र्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । आरोग्यबल बढ्नेछ । आर्थिक कार्यमा बजेट बनाएरमात्र कार्य गर्नु बेस होला ।
धनु – कार्यसम्पादन गर्ने क्षमता बढेपनि आजको दिन केही अवसर फुत्कन सक्छ, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । रसरागात्मक काममा आकर्षण वृद्धि तथा दामपत्यसुख बढ्ने समय छ । तथा सफलताका लागि विशेष योजना कार्यन्वयनगोपनीयतामा विशेष ध्यान दिनु उचित होला । बोली र व्यवहारबाट धेरैको मन लोभ्याउन सकिने देखिन्छ ।
मकर – परिवारजनसँग आत्मीयता बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिएर जाला । आरोग्यबल बढ्नेछ । रसरागमा आकर्षण रहला । स्वादिष्ट भोजनको आनन्द मिल्ने योग छ । यसका बाबजुद आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्ने सम्भावना छ । गल्तीबिनै आरोप लाग्नसक्ने देखिन्छ । सरकारी कडिकडाउको सिकार भइएला । सन्तानसुख बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
कुम्भ – दिन चुनौतीपूर्ण रहने देखिन्छ । अरूको फाइदाका लागि उपयोग भइने एवम् आफ्नो लागि परिस्थिति अलि प्रतिकूल रहला । काम बिग्रने डरले सताउनेछ । थिचोमिचो गर्नेहरू हाबी हुन सक्छन् । चोरी वा ठगीमा परिने योग छ । आर्थिक कारोबार गर्दा आजको दिन निकै नै सजगता अपनाउनु हितकर होला । बौद्धिक र रचनात्मक कार्य भने बन्नेछ ।
मीन – तार्किक क्षमता बढ्नेछ भने दीर्घकालीन रूपमा फाइदा मिल्ने काममा हात हाल्ने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त होला । तर, अरूलाई वचन दिने बानीले भने अप्ठेरोमा पार्न सक्छ, सजग रहनुहोला । आफन्तको साथले शत्रुसित लड्ने सामथ्र्य बढ्ला । साझेदारीको काम बन्नेछ, सुख विलास पनि बढ्नेछ ।
प्रतिक्रिया