✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६नेपाल सं.११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ माघ २८ गते तद्अनुसार सन् २०२५ फरवरी १० तारिख माघ शुक्ल पक्षको त्रयोदशी तिथि सोमबार पुनर्वसु नक्षत्र प्रीति योग कौलव करण आनन्दादिमा धूम्र योग चन्द्रमा मिथुन राशिमा १२ः३८ बजेसम्म त्यसपछि कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४७ मा र सूर्यास्त साँझ १७ः५० मा हुनेछ । सोमप्रदोष, सौभाग्य शूर्पदान ।
आजको राशिफल
मेष – परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने दिन छ । विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्ला । प्रेम र मित्रताको बन्धन कसिने योग छ । मनोकुल सफलताका लागि गोपनीयतामा विशेष ध्यान पुऱ्याउनुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । मित्रजन सहयोगी बन्नेछन् ।
वृष – शुभ समाचार प्राप्त हुनुका साथै आनन्द वृद्धि हुने समय छ । नयाँ काम प्रारम्भ हुने देखिन्छ, विभिन्न अवसरले पछ्याउने योग छ । प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हातपार्न सकिएला । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ । जमघटले आनन्द दिलाउला । सुख-समृद्धि बढ्नेछ । सुख बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मिथुन – स्वास्थ्यमा केही कमजोरी महसूस भएपनि व्यापारमा राम्रै लाभ हुने समय छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्ला । केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुने योग छ । तथापि, केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्, सजग रहनुहोला । आफन्तको साथ मिल्नाले उत्साह बढ्ला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ । तर, अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुऱ्याउनुहोला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । आरोग्यबल बढ्नेछ । खेलकुद एवम् रसरागमा आकर्षण रहला ।
सिंह – नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुहोला । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ भने अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । इर्ष्या गर्नेहरूबाट आजको दिन विशेष सावधान रहनुहोला । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।
कन्या – आर्थिक दृष्टिले उत्साहजनक समय छ । आयबल वृद्धि हुनेछ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ला । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिन सक्छन् । नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी-कमजोरीलाई पनि सुधार गर्ने मौका जुर्ला । समस्याको समाधान मिल्नाले कार्यगति बढ्नेछ । आफन्तजनको साथ प्राप्त हुनेछ ।
तुला – आश मारेको काम बन्नाले उत्साह जाग्ने समय छ । उपलब्धिको स्रोत पहिल्याउन सकिएला । तर अरूका काममा ज्यादा समय खर्चनुपर्ला । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला । कर्मबल वृद्धि हुनेछ । सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्छ, सजग रहनुहोला । छर-छिमेकमा असमझदारी बढ्न सक्छ । बलजफ्ती गर्दा काम बिग्रने योग छ ।
वृश्चिक – आजको दिन सामर्थ्य वृद्धि होला । आरोग्यबल बढ्नेछ, तर व्यापार–व्यवसायमा ठूलो उपलब्धि हासिल गर्न नसकिएला । भौतिक बस्तुमा खर्च हुने योग छ, खर्च नियन्त्रणको प्रयास सार्थक रहला । इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउलान् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूको भरपर्दा धोका पाइएला । गोपनीयतामा ध्यान दिनुहोला । रोकिएको काम मिहिनेतले बन्नेछ ।
धनु – ब्यवहार र बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिने समय छ । मेहनत गर्दा पहिले रोकिएको प्रतिफल पनि प्राप्त हुनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ला । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, तर नियमकानूनले साथ दिनाले दायित्वलाई पूरा गर्नुहुनेछ । मनोरञ्जनात्मक क्रियाकलाप एवम् भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
मकर – अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुने समय छ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिएला । धन तथा भौतिक वस्तु लाभ हुने योग छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यापार तथा साझेदारीमा पनि फाइदा नै हुने देखिन्छ । शत्रु पक्ष परास्त हुनेछ ।
कुम्भ – धन कमाउने अवसर मिल्नेछ, तर आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ, सजग रहनुहोला । नातेदारहरुसँग विवाद वा झगडा पर्नसक्ने योग छ, विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आर्थिक समस्याले केही सताउला । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । चलाउदा पनि सावधान रहनु होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मीन – प्रशंसकहरू बढ्ने र मान-सम्मान मिल्ने समय छ । आफ्नो विचार र व्यवहारले धेरैलाई प्रभावित पार्न सकिनेछ । नियमित कार्यमा भने केही समस्या पर्न सक्छ । तर, चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । नसोचेको ठाउँबाट धनमाल आर्जन हुने देखिन्छ । प्रेमभाव वृद्धि होला । आरोग्यबल र सुखविलास बढ्नेछ ।
प्रतिक्रिया