सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज (२९ माघ) स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू ६ सय बढेको हो ।

सोमबार प्रतितोला रू एक लाख ६९ हजार ६ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ७० हजार दुई सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने प्रतितोला रू ३० घटेको छ । आज चाँदीको मूल्य प्रतितोला रू एक हजार नौ सय ४५ निर्धारण गरिएको छ ।