काठमाडौंको शंखरापुर नगरपालिका-५ कात्तिकेस्थित साँखु-नगरकोट सडकखण्डमा बुधबार (३० माघ) साँझ स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य ४० जना घाइते भएका छन् ।
चावहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार वनभोज खाएर नगरकोटबाट साँखुतर्फ आउँदै गरेको उक्त रिजर्भ बस साँझ ५ बजेतिर दुर्घटना भएको हो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
photo: rss
प्रतिक्रिया