आजको पञ्चाङ्ग एवम् राशिफल (२ फागुन २०८१ शुक्रबार, १४ फरवरी २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ फागुन २०८१ शुक्रबार, १४ फरवरी २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ फाल्गुण २ गते तद्अनुसार सन् २०२५ फरवरी १४ तारिख शुक्रबार फाल्गुण कृष्ण पक्षको द्वितीया तिथि पूर्वाफाल्गुणी नक्षत्र अतिगण्ड योग तैतिल करण आनन्दादिमा सिद्धि योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४४ मा भयो र सूर्यास्त साँझ १७ः५३ बजे हुनेछ ।

आजको राशिफल

मेष – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । साझेदारीमा पनि फाइदा हुनेछ । विछोडिएका मित्र एवम् परिवारजनसँग भेटघाट हुने योग छ । दिनको पछिल्लो प्रहर केही समस्या देखा पर्न सक्छन्, सावधान रहनुहोला । उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी हुनसक्छ । तथापि, आमोदप्रमोद स्वादिष्ट भोजनको अवसर मिल्ने देखिन्छ ।

वृष – रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइने दिन छ । बोलीको प्रभाव बढ्नाले विभिन्न अवसरले पछ्याउनेछन् । प्रेमभाव बढ्नेछ । अध्ययन तथा लेखनमा मन नलागे पनि आत्मविश्वामा भने कमी आउनेछैन । तर, पुरानो समस्याले झमेला आइलाग्नसक्ने अनि दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्ने योग छ । कृषि तथा पशुपालनमा केही खर्च बढ्ला । यात्रापरक काम बन्नेछ ।

मिथुन – होसियारीसाथ काम लिनुपर्ने समय छ । दौडधुप बढ्ने देखिन्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । विशेष योजनाहरू गोप्य राख्नु आवश्यक देखिन्छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने योग रहेको छ । व्यावसायिक कामबाट मनोकुलको परिणाम मिल्ला । पराक्रम र बौद्धिकता बढ्नाले कुनैपनि समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ, तर नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिएला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पढाइलेखाइमा खासै समय दिन नसकिएला । पहिलेका समस्या दोहोरिन सक्छन् । तार्किकताले सम्मान दिलाउन सक्छ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । साथीभाइको सहयोगले सुख बढ्नेछ । शत्रु पक्षमाथि विजय प्राप्त हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

सिंह – सहयोगीहरूले हात झिक्नाले नियमित कार्यमा अलिक अप्ठ्यारो पर्नसक्छ । काममा रोकावट र कममात्र फाइदा हुने समय छ । आर्जित धन तत्काल खर्च हुनसक्ने योग छ, जथाभावी खर्च नियन्त्रणका लागि सजग रहनु हितकर होला । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।

कन्या – नयाँ काममा हात हाल्ने समय छ । नसोचेको ठाउँबाट धनलाभ हुने देखिन्छ । काममा मातापिताको सहयोग रहनेछ । तर, बाध्यतामा अलमलिनुपर्दा महत्वपूर्ण काममा रोकावट आउन सक्छ । काम बिग्रने डरले सताउला । कसैलाई बेसुरमा वचन दिने बानीले दुःख मिल्नसक्छ । आरोग्यबल बढ्नेछ । यात्रागत कार्यमा साथीभाइको सहयोगबाट सफलता प्राप्त हुने देखिन्छ । आफन्तको साथ पनि प्राप्त हुनेछ ।

तुला – रचनात्मक काम सुरु गर्ने समय छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्ला । यात्रागत कार्यबाट धनलाभको सम्भावना छ । आमाको माध्यमबाट काम बन्न सक्छ । साहसिक काममा आकर्षण बढ्ने देखिन्छ । कृषिकर्मबाट विशेष लाभ उठाउन सकिनेछ । सुख सुविधाको वस्तुमा खर्च बढ्नसक्छ, खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । मिठो भोजन प्राप्त हुनेछ । समग्रमा दिन रमाइलैसंग बित्नेछ ।

वृश्चिक – शुभता बढेर रोकिएको काम बन्ने समय छ, तथापि साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ, ध्यान राख्नुहोला । अरूको फाइदाका लागि उपयोग भइने योग छ । तथापि, विशेष व्यक्तित्वलाई भेट्ने मौका जुर्ला । ठूलै फाइदाको आश्वासन पनि पाइनेछ । आजको दिन सबल स्वास्थ्यका लागि मसलाजन्य खानाबाट सावधान रहनुहोला । पारिवारिक भेटघाटको समय छ । बौद्धिक तथा रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ ।

धनु – लामो समयदेखि सोचेको काम सफलतापूर्वक सम्पन्न हुने समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहला । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति होला । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्ने हुँदा बोली र व्यवहारमा सजगता अपनाउनु हितकर हुनेछ । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ कर्मबल बढ्नेछ । रसरागात्मक कार्यमा आकर्षण रहला ।

मकर – सहयोगीहरूले राम्रै साथ दिने र काममा सोचेजस्तै सफलता मिल्ने समय छ । पराक्रम र उत्साह बढ्नेछ । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयभाव बढ्ला । भूमि तथा मातृधनबाट लाभ लिने योग छ । पारिवारिक जमघटमा मन रमाउला । तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । प्रतिस्पर्धी परास्त होलान् । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्ने देखिन्छ । आफन्तको साथ मिल्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कुम्भ – अवसरको खोजीमा केही दौडधुप गर्नुपरेपनि आजको दिन महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा लगानीको समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका मिल्ला । धनआर्जनको योग छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । दौडधुप बढेपनि यात्रागत कार्यमा लाभ प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – मेहनत गर्दा प्रशस्त लाभ उठाउन सकिने समय छ । व्यापारमा राम्रै फाइदा हुने तथा विशेष कार्यमा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । अध्ययन एवम् बौद्धिक कार्यमा भने पछि परिने सम्भावना छ । नियमित कार्यमा सहयोगीहरूबाट अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला । अरूले बाधा दिएपनि शुभचिन्तकहरूले साथ दिनेछन् । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख रहनेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा समस्या नहोला ।