✍ डिल्ली अम्माई
जसरी हिँड्छन् आकाशमा, ताराका तेज सरर
प्रवाशीको आशामा, बाआमाको काखमा
जसरी उड्छन् मालुवा, गगनभेदी फरर
त्यसरी फर्कौं स्वभूमि, नफालौँ त्यसै यो जुनी ।।
प्रवासमा बन्दै सिकारी, सपना सबै निखारी
पराइभूमि डुलेर, देशको माया भुलेर
जसरी उड्छ बालुवा, मैल्याइदिन्छ पालुवा
नफालौँ त्यसै यो जुनी, अब त फर्कौं स्वभूमि ।।
‘युद्दको ठुलो भुँमरी, फिर्दैन होश नपरी
प्रवासी घर जलेसी, परिवार सब ढलेसी
केहिपनि हुन्न साथमा, पछुतो मात्र हातमा
बेलैमा फर्कौं स्वभूमि, नफालौँ त्यसै यो जुनी ।।
नबगौँ अब भेलैमा मूलघर फर्कौं बेलैमा
रचना आफ्नो सपारौँ आफन्त रणमा नपारौँ
घडीको सुइ सर्काइ, आँखामा प्रेम वर्षाइ
प्रेमले रसाउँ आँगन, फर्किन्न अब नभन ।।
प्रतिक्रिया