✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ फाल्गुण ३ गते तद्अनुसार सन् २०२५ फरवरी १५ तारिख शनिबार फाल्गुण कृष्ण पक्षको तृतीया तिथि उत्तरा फाल्गुनी नक्षत्र सुकर्म योग १ः२४ पर धृति योग वणि करण आनन्दादिमा उत्पात योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४३ मा भयो र सूर्यास्त साँझ १७ः५४ बजे हुनेछ ।
आजको राशिफल
मेष – लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय हुनाले बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । तथापि, आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने योग छ । विभिन्न भौतिक साधनहरू जुट्नेछन्, जसले प्रशन्नता दिलाउनेछ । आफन्तजनसँग असमझदारीको योग रहेकोले सावधान रहनुहोला । मित्रजनको सहयोगमा गरिएको मेहनतले कीर्ति दिलाउनेछ । मनमा आध्यात्मिक भाव पैदा हुनेछ ।
वृष – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । तर, प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला । कुनै नयाँ योजना अघि बढाउने प्रयत्न गर्दै हुनुहुन्छ भने केही समय पर्खनु उचित हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेमभाव बढ्नेछ । तर, रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने योग छ । यात्रापरक काम बन्नेछ ।
मिथुन – बौद्धिक कार्यबाट राम्रै धनलाभ हुने तथा दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । सामाजिक उत्तरदायित्व बढ्नेछ र, आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिनेछ । व्यस्तता वृद्धि भएपनि सभा–समारोहमा मान मिल्ने योग छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।
कर्कट – आजको दिन कामले कीर्तिमानी दिलाउने सम्भावना छ, तर सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला । आरोग्यबल वृद्धिले पराक्रम पनि बढाउला । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने मौका जुर्न सक्छ । अरूलाई प्रभावित पारेर वर्चश्व बढाउन सकिनेछ । रसरागमा आकर्षण रहला ।
सिंह – चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । तर, अरूका लागि बुद्धि खर्चनुपर्ने समय छ । स्वास्थ्यमा पनि केही कमजोरी र उपचारमा खर्च हुने योग छ । रसरागका कार्यक्रममा आकर्षण रहला । मित्रजनको साथ मिल्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काम सार्थक रहनेछ ।
कन्या – प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिने समय भएपनि प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिनेछ । यात्रागत कार्यमा विशेष लाभ होला । शत्रु र रोगबाट छुटकारा मिल्ने योग छ । साथीभाइको सहयोग प्राप्त हुनाले पराक्रम बढ्ला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
तुला – भाग्यबल बढ्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ने देखिन्छ, तर आम्दानी राम्रैसँग वृद्धि होला । कतै आतिथ्यपूर्ण सम्मान मिल्नेछ । प्रेमको बन्धन कसिने तथा दाम्पत्यजीवन सुखद र समृद्ध बन्ने समय छ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने इर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुनेछ । खर्च केही बढ्न सक्छ, तर खर्चनुसार भरपुर सन्तुष्टि मिल्ने देखिन्छ । साहसिक काममा आकर्षण रहला ।
वृश्चिक – कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । व्यावसायिक यात्राको सम्भावना पनि छ । आजको दिन सवारीसाधनको उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर होला । मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । आरोग्यबल वृद्धिका कारण समग्रमा दिन उत्साहपूर्ण रहला ।
धनु – इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुने समय छ । धेरैले कामको तारिफ गर्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । विशेष योजनाहरू बन्नेछन् । स्वास्थ्य सामान्य कमजोर रहन सक्छ, सावधान रहनु उचित हुनेछ । नियमित कार्यमा केही सुस्तता आउने देखिन्छ । साझेदारीको काममा परिस्थिति अलिक प्रतिकूल रहन सक्छ । देखिन्छ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
मकर – मेहनतीजनका लागि आजको दिन उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ । शारीरिक तथा आर्थिक कार्यमा सफलता मिल्नाले उत्साह बढ्नेछ । तर, आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ । आम्दानीकाो मार्गमा अवरोध गर्ने तत्व सक्रिय रहनसक्छ, सजगताका साथ व्यवहार गर्नुहोला । केही विवादमा समेत परिने योग रहेकोले बोली र व्यवहारमा लचकताको दरकार छ । आलस्य गर्ने बानीले समस्या निम्त्याउन सक्छ । खेलकूद, भ्रमण जस्ता मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
कुम्भ – मिश्रित फलदायी समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने देखिन्छ । आजको लाभांश सञ्चय नहुन सक्ने योग छ । मुद्दा–मामिलामा पनि विजयी भइएला । व्यापार तथा उद्योगतर्फ सामान्य लाभ मिल्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन भने निकै मेहनत गर्नुपर्ला । नियमकानूनले साथ दिनोले दायित्वलाई पूरा गर्न सकिनेछ । स्वास्थ्य सबल रहला ।
मीन – साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । अधिकारका लागि केही संघर्ष हुने तथा प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्न सक्छन् र पनि विजय तपाईंकै हुनेछ । दाम्पत्यसुख बढ्नेछ । आफन्तको साथले ऋण, रोग र शत्रुसित लड्ने सामथ्र्य बढ्नेछ ।
प्रतिक्रिया