अमेरिकी तेल र ग्यास उत्पादन बढाउन राष्ट्रपति ट्रम्पको निर्देशन

अमेरिकी तेल र ग्यास उत्पादन बढाउन राष्ट्रपति ट्रम्पको निर्देशन


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जीवाश्म इन्धनको उत्पादन र निर्यातलाई बढावा दिन नयाँ परिषद स्थापना गर्न एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । अमेरिकी घरेलु तेल र ग्याँस उत्पादनलाई आंशिक रूपमा निर्यातको लागि नेतृत्व लिने जिम्मा दिइएको, राष्ट्रिय ऊर्जा प्रभुत्व परिषदको अध्यक्षता आन्तरिकमामिला मन्त्री डग बर्गमले गर्ने जनाइएको छ ।

नयाँ निर्देशनसँगै नयाँ अपतटीय तेल र ग्यास ड्रिलिङमा बाइडेनको निर्देशनमा प्रतिबन्ध लगाइएको लगभग ६३५ मिलियन एकड (२.५७ मिलियन वर्ग किलोमिटर) अपतटीय सङ्घीय जल क्षेत्र अब तेल र ग्यास उत्पादनको लागि खुला भएको छ ।

राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘यदि तपाईं यसलाई कम्पनीको दृष्टिकोणबाट हेर्नुहुन्छ भने, तपाईं नेटवर्थको पक्षमा हनुहुन्छ भन्ने बुझिन्छ । उनीहरूले हाम्रो नेटवर्थ नष्ट गरेका छन्, हामी यसलाई फिर्ता गर्दैछौँ ।’