अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज (४ फागुन) सुन प्रतितोला रु. दुई हजार सात सय र चाँदी रु. १५ ले घटेको हो ।
गत शुक्रबार प्रतितोला सुन रु. एक लाख सत्तरी हजार दुई सयमा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु. एक लाख ६७ हजार ५०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला रु. १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु. एक हजार नौ सय ५५ निर्धारण गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया