मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ

मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ


मौरिससको पूर्वप्रधानमन्त्री प्रविन्द जगन्नाथलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि भन्दै प्रहरीले पक्राउ गरेको छ ।

६३ वर्षीय पूर्वप्रधानमन्त्री जुगनाथ र उनकी पत्नी कोबिता जुगनाथलाई आइतबार (१६ फेब्रुअरी) बिहान पक्राउ गरी प्रहरी अधिकारीहरुले केही घण्टा सोधपुछ गरेका थिए । कोबिता जगन्नाथलाई सोधपुछपछि रिहा गरिएको छ भने पूर्व प्रधानमन्त्री प्रविन्दलाई आइतबार बिहान कार्यालय समय सुरू भएपछि न्यायाधीशसमक्ष उपस्थित गराउने कार्यक्रम रहेको प्रहरी स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

त्यहाँको वित्तीय अपराध आयोगले शनिबार एक सूचना जारी गर्दै ‘सम्पत्ति शुद्धीकरणको मुद्दा’को अनुसन्धानको हवाला दिँदै जुगनाथ दम्पती र अन्य दुई संदिग्धलाई देश छोड्न खोजेमा पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

सन् २०१७ देखि सन् २०२४ सम्म प्रधानमन्त्री बनेका जुगनाथ सन् १९६८ मा बेलायतबाट स्वतन्त्र भएदेखि नै मौरिससको नेतृत्वमा प्रभुत्व जमाएको वंशमध्ये एक वंशको प्रतिनिधित्व गर्ने नेता हुन् । उनले लामो समयदेखि चलेको विवादपछि मोरिससलाई चागोस टापुको सार्वभौमिकता पुनः प्राप्त गर्न बेलायतसँग ऐतिहासिक सम्झौता गरेका थिए ।

उनी र उनको लडाकु समाजवादी आन्दोलनले नोभेम्बरमा तनावपूर्ण चुनावमा नराम्रो हार ब्यहोरेको थियो। उनले तेस्रो पटक प्रधानमन्त्री बनेका मध्यवामपन्थी प्रतिद्वन्द्वी नवीन रामगुलामलाई पद हस्तान्तरण गरेका थिए ।

अभियानको क्रममा, दुवै शिविरहरूले बलियो आर्थिक वृद्धिको बावजुद जीवनयापनको लागत कठिनाइहरूको सामना गर्ने सर्वसाधारण मौरिसियालीको जीवन सुधार गर्ने वाचा गरेका थिए।

चागोस सम्झौताअनुसार बेलायतले डिएगो गार्सिया टापुमा संयुक्त अमेरिकी सैन्य अड्डा स्थापनाका लागि लिजमा लिनेछ ।

मौरिसस र बेलायत दुवैले सम्झौताको अन्तिम शर्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो धारणा राख्ने बताएका छन् ।