आजको पञ्चाङ्ग एवम् राशिफल (५ फागुन २०८१ सोमबार, १७ फरवरी २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ फागुन २०८१ सोमबार, १७ फरवरी २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ फाल्गुन ५ गते तद्अनुसार सन् २०२५ फरवरी १७ तारिख सोमबार फाल्गुन कृष्णपक्षको पञ्चमी तिथि चित्रा नक्षत्र शूल योग कौलव करण आनन्दादिमा मुद्गर योग चन्द्रमा कन्या राशिमा १६ः३४ बजेसम्म त्यसपछि तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४२ मा भयो र सूर्यास्त साँझ १७ः५५ मा हुनेछ ।

आजको राशिफल

मेष – चुनौतीयुक्त समय छ । अवसरलाई पछ्याउन नसक्दा पछि परिएला । अस्वस्थताले नियमित काममा बाधा पार्न सक्छ । बाध्यकारी कार्यले तनाव बढाउने देखिन्छ । कामको चाप बढेपनि मेहनत गर्दा धनार्जनको योग छ । दाम्पत्यसुख बढ्नेछ । रोकिएको काम मित्रजनको सहयोगले बन्नेछ । कुनै कामको सिलसिलामा यात्राको योजना बनाउनुभएको छ भने आजका लागि थाती राख्नु उपयुक्त होला ।

वृष – दैनिक कार्यमा सामान्य चुनौती देखिए पनि मेहनत गर्दा लाभ मिल्ने समय छ । दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ भने आयआर्जनका स्रोत बढ्ने सम्भावना छ । तथापि, वादविवादको सामना गर्नुपर्ने योग रहनुका साथै दम्पतीबीच विवाद तथा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्, ध्यान राख्नुहोला ।

मिथुन – मिश्रित फलदायी दिन छ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ भने मुद्दा-मामिलामा पनि विजयी भइएला । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा भएपनि समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । स्वास्थ्यका दृष्टिकोणले दिन ठिकै छ । अनावश्यक यात्रा हुनसक्छ, सजग रहनुहोला । खर्च पनि केही वृद्धि हुने सम्भावना छ । विवेकको प्रयोगले समस्याको समाधान हुनेछ ।

कर्कट – शुभदायी समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि भेटिनेछन् । धन आर्जनको योग छ । नियमित कार्यमा कामको बोझ कम भएको अनुभूतिका कारण मन प्रशन्न रहला । प्रेम र मित्रताको बन्धन कसिने योग छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा पुग्नेछ । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । मिठो भोजन प्राप्त हुने तथा विशेष कार्यमा साथीभाइको सहयोग प्राप्त हुने देखिन्छ । प्रतिष्पर्धीलाई पछि पार्न सकिनेछ ।

सिंह – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ, तर आफू केही कमजोर भएको अनुभूति हुनसक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । दीर्घकालिन फाइदाका लागि । व्यवसायमा लगानी बढाउन सकिनेछ । कामको सिलसिलामा परिवारजनबाट टाढिनुपर्ने योग छ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । कलात्मक काममा विशेष सफलता मिल्नेछ ।

कन्या – प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउने समय छ । तर, अस्वस्थताले काममा ढिलासुस्ती हुनसक्छ । सबल स्वास्थ्यका लागि खानपानलगायतका व्यवहारमा विशेष सजगता अपनाउनु हितकर हुनेछ । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनसक्ने योग छ । विशेष योजना अघि बढउँदै हुनुहुनछ भने साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । रसरागमा आकर्षण रहनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

तुला – सहयोगीहरूले काममा राम्रै साथ दिनेछन् भने तपाईंबाट भए–गरिएका कार्यबाट धेरैलाई फाइदा पुग्ने देखिन्छ । व्यक्तित्व निखार्दै सामाजिक हितमा अग्रसर रहने अवसर प्राप्त होला । नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित हुने योग छ । आरोग्यबल बढ्नेछ । कर्मको उचित प्रतिफल पाइएला । विभिन्न उपहार प्राप्त हुने योग छ । मिठो भोजनको आनन्द पाइएला । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – मेहनतीहरूका लागि समय उत्साहजनक रहेपनि आलस्य गर्ने प्रवृत्तिले समस्या निम्त्याउन सक्छ । तथापि, पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउन सकिने समय छ । यात्रागत कार्यमा सफलता मिल्ला । घरपरिवार एवम् मित्रजनबाट सुखशान्ति मिल्नेछ । दाम्पत्यसम्बन्ध सुमधुर बन्ने देखिन्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । खर्च भने केही बढ्न सक्छ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्ला । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – सानातिना घरेलु काममै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्य पनि केही कमजोर रहनाले नियमित कार्यमा खासै समय दिन नसकिएला । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु उचित हुनेछ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिएला । अनावश्यक खर्च वृद्धिले मन पिरोल्न सक्छ । प्रतिकुलताका बाबजुद गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । सामाजिक प्रतिष्ठा पाइनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । लाभ हुने सन्दर्भमा केही प्रतिस्पर्धा हुने देखिन्छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ । सुख सुविधाको वस्तु बढ्नेछन् । भोगविलासमा मन जाला । मिठो भोजन प्राप्त हुनेछ ।

कुम्भ – लाभ हुने काम प्रारम्भ गर्ने र गरिएका कामको राम्रै मूल्यांकन हुने समय छ । नयाँ काममा हात हाल्न सकिनेछ । प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ । यात्रागत कार्यमा विशेष लाभ होला । भौतिक साधनसमेत जुट्नेछ । आम्दानी तथा बचतको प्रवल सम्भावना छ । नया कामका योजनाहरु बन्नेछन् । सोख पूर्तिका लागि खर्च बढाउन सक्छ । सामथ्र्य वृद्धि हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – विभिन्न अवसरले पछ्याउने, काममा सहयोगीले साथ दिने, समस्याको समाधान मिल्ने र सुख विलास पनि बढ्ने समय छ । रोकिएका काम अघि बढ्नाले उत्साह जागृत होला । केही धन वा बहुमूल्य धातु संग्रह हुनसक्ने योग छ । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ, सजग रही व्यवहार गर्नुहोला । रसरागमा आकर्षण तथा दाम्पत्यसुख बढ्नेछ ।