आजको पञ्चाङ्ग एवम् राशिफल (६ फागुन २०८१ मंगलबार, १८ फरवरी २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ फागुन २०८१ मंगलबार, १८ फरवरी २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ फाल्गुण ६ गते तद्अनुसार सन् २०२५ फरवरी १८ तारिख मंगलबार फाल्गुन कृष्ण पक्षको षष्ठी तिथि स्वाती नक्षत्र गण्ड योग गर करण आनन्दादिमा ध्वज योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४१ मा भयो र सूर्यास्त साँझ १७ः५६ मा हुनेछ ।

आजको राशिफल

मेष – दिन शुभदायी छ । रोकिएका काम बनी, नयाँ काम सुरु हुनेछन् भने सामाजिक प्रतिष्ठा पाइनेछ । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन् । शत्रु परास्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । प्रेमभावका साथै दाम्पत्यसुख बढ्ला । अनुकूलता वृद्धि हुनेछ । रोकिएको काममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदमै दिन बित्ने योग छ ।

वृष – मिश्रित फलदायी दिन छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनसक्ने समय भएपनि परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनु होला । राजनीतिक पहुँच वृद्धि भइ रोकिएका काम अघि बढ्ने सङ्केत मिल्नेछ । भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निम्तन सक्छ । आत्मविश्वासका कारण महत्वपूर्ण योजनामा ठोस निर्णय लिन सकिनेछ । रचनात्मक एवम् यात्रापरक कार्य सार्थक बन्नेछन् ।

मिथुन – चुनौतीयुक्त समय छ । काममा आफन्तको सहयोग जुट्न सक्छ तर स्वास्थ्य केही कमजोर रहने देखिन्छ । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ । आजको दिन विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्ने योग रहेकोले सजगताका साथ व्यवहार गर्नुहोला । आम्दानीमा कमी हुनेछैन तर आर्थिक अभावले सताउन सक्छ । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । प्रतिष्पर्धी कमजोर बन्नेछन् ।

कर्कट – प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिने समय छ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्ने देखिन्छ । सुखद समाचारले काममा उत्साह जगाउला । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुने योग छ । आत्मीय जनसँग भेटघाट र विशेष उपहार हातलागी हुनसक्छ । नियमकानूनले साथ दिनाले सहजताका साथ दायित्व निर्वाह गर्नुहुनेछ ।

सिंह – भूमिबाट प्रशस्त फाइदा मिल्ने समय छ । साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला । प्रेम र मित्रताको बन्धन कसिने देखिन्छ । व्यापार–व्यवसायमा पनि राम्रै फाइदा होला । इष्टमित्र वा बन्धुबान्धवबाट विशेष सहयोग प्राप्त हुने योग छ । आरोग्यबल बढ्नेछ । पारिवारिक सुख बढ्नेछ ।

कन्या – सबल स्वास्थ्यका लागि खानपान एवम् अन्य विधि-व्यवहारमा विशेष सजगता अपनाउनुपर्ने समय छ । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । बोली र व्यवहारमा लचकता दर्शाउनु हितकर हुनेछ । चिताएको काममा ढिलासुस्ती हुने देखिन्छ । अस्वस्थताकै कारण राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । मातृ–स्वास्थ्यस्थितिप्रति पनि चिन्ता बढ्न सक्छ । ठगीमा परिने सम्भावना छ, सतर्क रहनुहोला । यात्रागत कार्य अघिबढाउन सकिनेछ ।

तुला – लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल मिल्ने देखिन्छ । व्यक्तिगत स्वास्थ्य सबल रहेपनि जीवनसाथीको स्वास्थ्यगत समस्याले पीडा दिने ग्रहयोग छ । दाजुभाइ तथा दिदीबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ, व्यवहारमा सरलता अपनाएर असमझदारीको बाधा मेटाउन सकिनेछ । आजको दिन समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला, सावधान रहनुहोला ।

वृश्चिक – राजनीतिक पहुँच बढ्ने तथा लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका जुर्ला । आर्थिक समस्या पनि समाधान हुनेछ । शत्रुहरूलाई परास्त गर्ने सामर्थ्य वृद्धि हुनेछ । तथापि, परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्नसक्ने योग रहेकोले बोली र व्यवहारमा विशेष सतर्कता अपनाउनु हितकर होला । सुख–सुविधाको बस्तु खरिदमा खर्च बढ्न सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – आजको दिन विभिन्न अवसरले पछ्याउनेछन् । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि होला । अध्ययन-अध्यापन तथा लेखन कार्यमा जाँगर बढ्नेछ । सन्तानपक्षबाट पनि प्रसन्नता मिल्नेछ । सुखद यात्राको सम्भावना पनि रहेको छ । यात्रा र सवारी साधन उपयोग गर्दा भने विशेष सावधानी अपनाउनुपर्ने समय छ । आय र आरोग्यबल बढ्नेछ । रसरागमा आकर्षण रहला ।

मकर – घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्ने समय छ । घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घर-जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउनसक्ने योग छ । तापनि, प्रतिष्ठित व्यक्तितवसँग मित्रता बढ्नेछ । स्वास्थ्य केही प्रतिकुल रहेपनि कर्मबल बढ्नेछ । बहुमूल्य धातु संग्रह गरिएला । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कुम्भ – मिश्रित फलदायी समय छ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्न सकिएला । आर्थिक समस्या समाधान हुनेछ तर पारिवारिक सम्बन्ध अलिक कमजोर बन्न सक्छ । आफन्तबाट टाढिनुपर्ने योग छ । घर खर्च बढ्नुका साथै व्यापारमा मन्दी आउला । तपाईंका कमी-कमजोरीप्रति आफन्तजनले टिप्पणी गर्न सक्छन् । तर, बोली र ब्यक्तित्वको प्रभाव बढ्नेछ ।

मीन – विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने समय छ । स्वास्थ्य सबल रहनाले पराक्रम बढ्नेछ भने धनलाभ पनि हुन सक्छ । आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादनको अवसर जुट्ने देखिन्छ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । सुख आनन्द बढ्ला ।