✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ फाल्गुण ७ गते तद्अनुसार सन् २०२५ फरवरी १९ तारिख बुधबार फाल्गुन कृष्ण पक्षको सप्तमी तिथि विशाखा नक्षत्र वृद्धि योग भद्रा करण आनन्दादिमा धूम्र योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४० मा भयो र सूर्यास्त साँझ १७ः५७ मा हुनेछ । राष्ट्रिय प्रजातन्त्र दिवस, निर्वाचन दिवस ।
आजको राशिफल
मेष – शुभदायी समय छ । रोकिएका योजना अघिबढ्नुका साथै नयाँ काम प्रारम्भ हुन सक्छ । विद्या, मान–प्रतिष्ठा प्राप्त होला । लाभदायी कामको अवसर जुर्ने देखिन्छ । प्राप्त हुनेछ । मनोरञ्जनात्मक यात्रा पनि हुन सक्छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुने योग छ । दाम्पत्यसुख बढ्नेछ । साझेदारीको काममा पनि अनुकुलता वृद्धि होला । इष्टमित्रको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।
वृष – ऋण, रोग र शत्रुसित लड्ने सामथ्र्य बढ्नेछ । केही खर्च लागे पनि चिताएको काम बन्ने समय छ । दीगो आर्जनका लागि व्यवसायमा लगानीको मौका जुर्ला । अरुले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउने योग छ । सहयोगीहरूको पूरै भर पर्दा सबै काम नबन्न सक्छ, ध्यान राख्नुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तसुख बढ्नेछ । यात्रापरक काम बन्नेछ ।
मिथुन – अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । चिताएको काम समयमा पूरा नहुनाले असन्तुष्टि बढ्न सक्छ । अस्वस्थताका बीच कामको बोझ बढ्ने देखिन्छ । आज कुनै अवसर प्राप्त भए पनि प्रतिष्पर्धीेहरूको फन्दामा परिने सम्भावना छ । बौद्धिकताले समस्याको समाधानमा मद्दत मिल्ने देखिन्छ । गोपनीयतामा विशेष ध्यान राख्नु हितकर होला । प्रेमभाव वृद्धि हुनेछ । यात्रागत कार्य सार्थक रहनेछ ।
कर्कट – मिश्रित फलदायी समय छ । ब्यस्तता बढ्नेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । आरोग्यबल बढ्नेछ भने विशेष उपहारका साथ प्रेमको प्रस्ताव पनि प्राप्त हुने योग छ । परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ । आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ । व्यापार–ब्याबसायमा हुनेहरूका लागि फाइदाको समय छ । साथीभाइको सहयोगले मनमा हर्ष छाउनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – नयाँ काममा हात हाल्ने समय आएको छ । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । अध्ययन तथा अध्यापन कार्यमा पनि अथक मेहनतले सुखद परिणाम दोखाउनेछ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आरोग्यबल र पराक्रम वृद्धि होला । सुखद एवम् मनोरञ्जनात्मक यात्राको योग छ । पारिवारिक सुख बढ्नेछ ।
कन्या – आजको दिन परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । कामका बाधाहरू बिस्तारै हट्नेछन् भने कुनैपनि समस्यामा साथीभाइले सहयोग दिनेछन् । नसोचेको ठाउँबाट धन प्राप्त हुने योग छ । लाभकारी लेनदेन हुनसक्छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउने देखिन्छ । रोकिएका काममा पुनर्प्रयत्न गर्दा सफलता मिल्ने समय छ ।
तुला – आजको दिन केही चुनौतीयुक्त रहला । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहन सक्छ । विशेष अवसर प्राप्त भए पनि इर्ष्या गर्नेहरूले सताउन सक्छन् । आफ्ना ठानिएकाहरूबाटै धोका मिल्नसक्छ, सजग रहनुहोला । अनायसै अनावश्यक खर्च पनि हुन सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी रहनसक्छ, तर विलासितामा धन खर्च हुने योग छ । कुनै महत्वपूर्ण काम गर्दैहुनुहुन्छ भने आजको लागि थाती राख्नु उचित हुनेछ ।
वृश्चिक – सार्थक कामहरू गर्न सकिने समय छ । आजको दिन ठूला ब्यक्तिबाट मान–प्रशंसा प्राप्त होला । नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग विशेष सम्बन्ध गाँसिने देखिन्छ । साहसिक काममा आकर्षण रहला । मिष्ठान्न भोजन प्राप्तिका साथै रसरागमा आकर्षण बढ्नेछ । सुख–सुविधाका लागि केही खर्च बढ्न सक्छ । अनावश्यक खर्च कटौतीको प्रयास गर्नु उचित हुनेछ । समस्याप्रति गम्भीर नबन्दा इष्टमित्र टाढिन सक्छन्, सजग रही व्यवहार गर्नुहोला ।
धनु – दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । विगतका कमजोरी सच्याउने मौका जुर्ला । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ भने धनलाभको योग छ । तथापि, काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्, सजग रही पाइला चाल्नु उचित हुनेछ । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत एवम् रसरागात्मक क्रियाकलापमा विशेष आकर्षण बढ्नेछ ।
मकर – कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिने समय भएपनि सहयोगीजनको उचित साथ नमिल्दा काममा धोका हुन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । अधैर्यपना बढ्नाले बन्न लागेको काम पनि प्रभावित हुन सक्छ । प्रयत्नका बाबजुद उठ्नुपर्ने रकम हात नलाग्दा महत्वपूर्ण कार्य रोकिनसक्ने योग छ । तथापि, श्रमको उचित मूल्य मिल्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त होला । योजना र बजेट बनाएरमात्र कार्य गर्नु बेस हुनेछ ।
कुम्भ – केही अवसर जुटे पनि आजको दिन परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । सोचेको काम समयमा नबन्नाले मन खिन्न रहला । निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ । सवारी साधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनु हितकर हुनेछ । लेनदेनको व्यवहार आज नगर्नुहोला ।
मीन – आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यावसायिक काममा खर्च र जोखिम बढ्न सक्छ । तर, विभिन्न सहयोग र उपहार हातपर्ने योग छ । सत्कार्यमा जुट्नाले फाइदै होला । पहिलेका सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ । साझेदारीको काम बन्नेछ भने प्रतिष्पर्धीसँग लड्ने सामथ्र्य रहनेछ । आफन्तको साथ मिल्नेछ ।
प्रतिक्रिया