एलजी नेपालमा चौधरी ग्रुपमार्फत आधिकारिक रूपमा वितरित हुन्छ । चौधरी ग्रुपले विगत चार दशकदेखि एलजीका उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । एलजी नेपालमा टीभी, रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिशनर, माइक्रोवेभ ओभन, तथा अन्य इलेक्ट्रोनिक्स उपकरणहरू को लागि एक लोकप्रिय ब्रान्ड हो । नेपालमा नविनतम प्रविधि, उर्जा-दक्ष उपकरणहरू र, उत्कृष्ट ग्राहक सेवाका लागि परिचित छ।
नवप्रवर्तन, उत्कृष्ट प्रदर्शन, र उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै, एलजी वाशिङ मेसिनले घरायसी लुगा धुने प्रविधिमा नयाँ मानक स्थापित गरेको छ। एलजी वाशिङ मेसिन नेपालकै सबैभन्दा विश्वासिलो तथा नम्बर १ ब्रान्ड हो, जसले आफ्नो विरासतलाई निरन्तर कायम राख्दै आएको छ ।
नवीनतम एलजी वाशिङ मेसिन मा समावेश एआई डाइरेक्ट ड्राइभ™ प्रविधिले स्वचालित रूपमा उपयुक्त धुने प्रक्रिया चयन गर्दछ। ६ मोशन डाइरेक्ट ड्राइभ™ प्रविधिले हातले धुने तरिकालाई नजिकबाट अनुसरण गरी उत्कृष्ट धुने अनुभव प्रदान गर्छ।
एलजी वाशिङ मेसिनका प्रमुख विशेषताहरू :
✅ स्टीम™ प्रविधि – एलर्जी हटाउन र कपडामा चिटिक्क राख्न सहयोगी ।
✅ टर्बोवाश™ ३६०° – केवल ३९ मिनेटमै छिटो र प्रभावकारी धुने प्रक्रिया।
✅ नो बेल्ट, नो पुली डिजाइन – प्रत्यक्ष मोटर ड्राइभ प्रविधि, बढी टिकाउ र प्रभावकारी ।
✅ थिनक्यू™ स्मार्ट कनेक्सन – मोबाइल एपमार्फत टाढाबाटै संचालन गर्न सकिने ।
✅ पूर्ण स्टेनलेस स्टिल ड्रम – स्वच्छ, टिकाउ, र दीर्घकालीन प्रयोगका लागि उपयुक्त ।
✅ टेम्पर्ड ग्लास ढोका – आकर्षक डिजाइन, स्क्र्याच-प्रतिरोधी र बलियो संरचना ।
‘एलजी सधैं नवप्रवर्तनमा अगाडि छ, जसले उपभोक्ताहरूलाई नवीनतम प्रविधि र उच्च गुणस्तर प्रदान गर्छ । नेपालकै सबैभन्दा विश्वासिलो वाशिङ मेसिन ब्रान्डको रूपमा चिनिनु हाम्रो लागि गर्वको विषय हो । यसले हाम्रा ग्राहकहरूको भरोसा र सन्तुष्टिलाई प्रमाणित गर्दछ ।’
चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स ले एलजी का उत्पादनहरूको आधिकारिक वितरण, बिक्री, र ग्राहक सेवा प्रदान गर्छ । नेपालभर विभिन्न सहरहरूमा एलजी का शोरूम र अधिकृत डिलरहरू छन् साथै आफ्ना ग्राहकहरूलाई बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता राखेको छ ।
एलजी इलेक्ट्रोनिक्स एक अग्रणी दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी हो, जसको स्थापना १९५८ मा भएको थियो। यसले गृह उपकरण, होम इन्टरटेन्मेन्ट, एयर सोल्युसन, र बिजनेस सोल्युसन जस्ता क्षेत्रमा नवीन प्रविधि प्रदान गर्छ । एलजी गुणस्तर, ऊर्जा दक्षता, र नवीन प्रविधिका लागि परिचित छ। यसको उत्पादनहरू १०० देशमा उपलब्ध छन् ।
प्रतिक्रिया