✍ अर्जुन राज पन्त
हैन भनम् नागरिकता नै हो
हो भनम् गाइजात्रा भैगो
भिसा लगाइ स्वदेशमा जाउ
आफ्नै खल्तिको मागेर खाउ !
नागरिक भनि संविधानले भन्छ
भिसा लगाउने कानुन बन्छ !
छ यस्तो अन्त हेर चारै दिशा
स्वदेशीमाथि को लाउँछ भिसा ?
बस्नु छ लाइन नागरिकता बोकि
देशैको पो नै उपहास भो कि !
विदेशी भैया त्यत्तिकै छिर्छ
नेपाली भने भिसालाई तिर्छ !
बहुपासपोर्टधारी बरु मन्त्री भाछन्
सहि बाटो हिँड्नेले ठक्कर खाछन्
रेमिट्यान्समा बाँच्दा नि के बदला लिए
नागरिकता भन्दै के दिए-दिए
देखाइ त्यहि केहि खोज्दा किन्न
चल्दैन भन्छ सिम कार्ड नि दिन्न !
मालपोतले भन्छ यो चाहिँ लिन्न
ब्याङ्कले नि भन्छ यो खाता दिन्न
न चिन्छ मालले न लिन्छ खालले
बेहत्तर बनायो सरकारी चालले
जिउँदो त हो रे तर प्राण छैन
नागरिकता हो रे अधिकार हैन !
सकिन्न भने अधिकार दिन
खोस्टा त्यसरी बाँड्नु पो किन ?
पढेर हेर संविधानमा के छ
देउ न त्यहि भनेको जे छ
नदेउ राजनीतिक अधिकार बरु
भोग गर्न देउ लेखेका अरु
बिर्को ढाकेर भर्न राखेर
भरिन्न भाँडो पानी थापेर
हराउँछ चङ्गा धागो चुँडले
फुल्दैन कमल तलाउ हुँडले
नागरिकता भन्दै एक खोस्टो दिए
भन्दिए त्यसलाई गैरआवासीय !
- बाग्लुङ, मुलपानी
प्रतिक्रिया