✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ फाल्गुण ९ गते तद्अनुसार सन् २०२५ फरवरी २१ तारिख शुक्रबार फाल्गुण कृष्ण अष्टमी ८ः३३ पर नवमी तिथि तिथि अनुराधा नक्षत्र व्याघात योग तैेतिल करण आनन्दादिमा राक्षस योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३८ मा भयो र सूर्यास्त साँझ १७ः५८ मा हुनेछ ।
आजको राशिफल
मेष – दौडधुप र जोखिम बढेपनि भाग्योदयको समय रहेको छ । उद्योग-व्यापारमा फाइदा मिल्नेछ भने प्रतिस्पर्धीहरू पछि पर्नेछन् । प्रशंसकहरू पनि बढ्नेछन् । नसोचेको ठाउँबाट केही लाभ प्राप्त होला । आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुखशान्ति मिल्ने देखिन्छ । खेलकूद, भ्रमण एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।
वृष – धैर्यधारण गरी परिश्रम गर्नेका लागि आजको दिन विशेष फलदायी रहनेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइएला । नसोचेको ठाउँबाट आर्थिक लाभ हुने योग छ, तर लाभप्राप्तिका लागि चनाखो रहनुपर्नेछ । अधुरो काम सम्पन्न हुने देखिन्छ । धर्मिक कार्यमा संलग्न हुने अवसर जुर्ला । साझेदारीको काम बन्नेछ । पैतृक सम्पतिबाट लाभ हुनुका साथै सन्तान पक्षबाट पनि सुख मिल्नेछ । दाम्पत्यसुख बढ्नेछ । यात्रापरक काम बन्नेछ ।
मिथुन – सहयोगको आशा देखाउनेले धोका दिन सक्ने सम्भावना रहेकोले आजको दिन विशेष सावधानी अपनाइ कार्य गर्नुहोला । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ तर केही विवादमा परिने योग छ । बोली र ब्यवहारमा संयमता राख्नु हितकर हुनेछ । जथाभावी खर्च नियन्त्रणको प्रयात्न गर्नुहोला । स्वास्थ्यका लागि खानपानमा विशेष सजग रहनुहोला । शत्रुपक्ष परास्त हुनेछ ।
कर्कट – मिश्रित फलदायी दिन छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिने छैनन् । परिस्थितिसँग केही सम्झौता गर्नुपर्नेछ । जगिरमा पनि केही समस्या आउन सक्छ, सजग रहनुहोला । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । सन्तान पक्षबाट भने सुख र प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने र नवीन रोजगारीको सम्भावना रहेको दिन छ । बौद्धिक क्षेत्रमा सफलता प्राप्त होला । व्यापार र रोजगारीका क्षेत्रमा विशेष लाभ मिल्नेछ, यात्रागत कार्यमा भने जोगिएर काम गर्नु उचित होला । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । दाम्पत्यजीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । खर्च केही बढेपनि समग्रमा दिन मनोरञ्जनपूर्ण रहनेछ ।
कन्या – नयाँ कामको लागि नयाँ अवसर आउने समय छ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु सार्थक रहनेछन् । विरोधिले पनि तारिफ गर्ने योग छ । दीगो फाइदा हुने काम सुरु हुन सक्छ । मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ । पराक्रम वृद्धि र पारिवारिक समस्याको समाधान हुने देखिन्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ । कार्यगति बढ्नेछ ।
तुला – दिन केही चुनौतीयुक्त छ । स्वास्थ्य कमजोर बन्नुका साथै नियमित कार्यमा ढिलासुस्ती हुन सक्छ । नयाँ कामको थालनी पनि आजको दिन नगर्नु उचित होला । इच्छाविपरीत बाध्यताका काममा जुट्नुपर्ने योग छ । धेरै बोल्ने बानीले दुःख पाइएला, बोली र व्यवहारमा नियन्त्रण राख्ने प्रयास गर्नुहोला । समस्यामा मित्रजनको साथ मिल्नेछ ।
वृश्चिक – रोकिएको काम मेहनतले अघि बढ्ने समय छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्ला । धनलाभका साथै प्रेमको प्रसङ्ग सुखद रहने योग छ । राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर र उत्साह-उमंग देखापर्नेछ । आफूभन्दा विशिष्ट ब्यक्तिको सल्लाहअनुसार चल्ने प्रयत्न गर्नु उचित हुनेछ । आरोग्यबल बढ्नेछ । ऋण, रोग र शत्रुलाई जित्ने क्षमता अभिवृद्धि होला ।
धनु – कर्मबल बढ्नेछ, आर्थिक क्षेत्रमा विशेष प्रगति हुने समय छ । परिवारमा खुशीको माहोल छाउला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ, प्रयासलाई जारी राख्नु उचित होला । गरिआएको कामबाट विशेष लाभ प्राप्त हुने तथा धनलाभको योग छ । जागीरमा केही समस्या देखापर्न सक्छ, सजग रहनुहोला । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफललता मिल्नेछ । सुख विलास बढ्नेछ ।
मकर – प्रतिकुलताहरू चिर्दै अधिकार र प्रतिष्ठा जोगाउन सफल भइने समय छ । बिस्तारै कामहरु बन्न थाल्ने छन् भने कमजोर स्वास्थ्यमा पनि सुधार आउनेछ । पढाइलेखाइमा मन जानेछ । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ । व्यावसायिक काममा केही बाधा देखापर्न सक्छ, तर विवेकको सही प्रयोगले समस्याको समाधान मिल्नेछ । पराक्रम र प्रेमभाव बढ्नेछ । आफन्त एवम् मित्रजनको साथले उत्साह बढ्नेछ ।
कुम्भ – चुनौतीयुक्त समय छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । सोचेअनुसार काम बन्न कठिन पर्ने देखिन्छ । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । खच अनपेक्षित रूपले बढ्ने योग छ । कामकै पछि लागे पनि कुन काम गर्ने कुन नगर्ने निर्णय भनी गर्न नसक्दा अलमल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा भने आंशिक सफलता प्राप्त होला । निकटका अफन्तजनको सहयोग प्राप्त हुनेछ । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला ।
मीन – दिन सामान्य नै रहेकोले प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाइने दिन छ । नोकरीमा ब्यक्तिगत बर्चस्व बढाउन सकिएला । प्रतिस्पर्धाको दौडमा विजयी बनिएला । धर्मकर्ममा आकर्षण बढ्नेछ । समस्यामा आफन्तजन सहयोगी बन्नेछन् । लेखन-प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ ।
प्रतिक्रिया