आजको पञ्चाङ्ग एवम् राशिफल (१० फागुन २०८१ शनिबार, २२ फरवरी २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० फागुन २०८१ शनिबार, २२ फरवरी २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ फाल्गुण १० गते तद्अनुसार सन् २०२५ फरवरी २२ तारिख शनिबार फाल्गुण कृष्ण पक्षको नवमी तिथि ९ः४८ पर दशमी तिथि ज्येष्ठा नक्षत्र १४ः४१ पर मूल नक्षत्र हर्षन योग वणि करण आनन्दादिमा मुशल योग चन्द्रमा वृश्चिक राशिमा १४ः४१ बजेसम्म त्यसपछि धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३७ मा भयो र सूर्यास्त साँझ १७ः५९ मा हुनेछ ।

आजको राशिफल

मेष – बन्न लागेको पनि बिग्रन सक्ने समय रहेकोले आजको दिन विशेष योजना गोप्य राख्नुहोला । घरेलु समस्याले सताउन सक्छ । निउमित काममा पनि अवरोध आउने सम्भावना छ । प्रतिकुलताका बाबजुद आत्मविश्वासमा कमी आउने छैन । मित्रजनहरू र खासगरी विपरीतलिंगीको साथ रहने छ । मिठो भोजन प्राप्ति र मनोरञ्जनात्मक क्रियाकलापमा मन जाने देखिन्छ ।

वृष – शुभदायी दिन छ । अधुरा काम बनी मन हर्षित रहला । आम्दानी बढ्नेछ भने नयाँ योजनाहरु पनि सिर्जना हुने समय छ । परिश्रमको माध्यमबाट अरुको विश्वास जित्न सकिनेछ । पठनपाठनमा पनि प्रगति हुनेछ । आर्थिक एवम् समाजिक लाभ मिल्ने योग छ । दाम्पत्यसुख बढ्नेछ । बौद्धिक र रचनात्मक काममा विशेष सफलताका साथै पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तजनको साथले उत्साह बढाउला ।

मिथुन – दिन मनोरञ्जनपूर्ण रहनेछ । भौतिक साधन जुट्नेछन् भने मित्रजनको साथ-सहयोग पनि रहनेछ । आश मारेको धन पनि प्रयास गर्दा उठ्नसक्ने योग छ । प्रेमजीवन उल्लासमय रहनेछ । कामको इच्छाशक्ति बढ्नेछ । रमाइलो यात्रा पनि होला । कामहरु सजिलैसँग बन्नेछन् । आरोग्यबल वृद्धि हुनेछ । बौद्धिकताको बलमा जस्तोसुकै समस्याको समाधान मिल्नेछ ।

कर्कट – दिन केही चुनौतीयुक्त रहला । इर्ष्या गर्नेहरू सक्रिय रहनेछन् । छरछिमेकमा विवाद वा झैझमेला पर्न सक्छ, सजगता अपनाउनुहोला । बोली र ब्यवहारमा संयमता अपनाउन सके अनिष्ट टर्नेछ । समयमा निर्णय नहुँदा महत्वपूर्ण अवसर फुत्कन सक्छ । सन्तान पक्षबाट सुख बढ्ला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – पारिवारिक सुखशान्ति बढ्नुको साथै विशेष योजनाले गति लिने समय छ । नोकरीमा जाँगर नचलेपनि व्यापार–व्यवसायमा सफलताले मन रमाउन सक्छ । राम्रैसँग धन आर्जनको अवसर जुर्ने योग छ । विशेष सभा-समारोहमा सहभागी बन्ने र मान-सम्मान मिल्ने योग छ । आरोग्यबल वृद्धि होला । रसरागमा आकर्षण रहनेछ ।

कन्या – व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्ने समय छ । ठूला व्यक्तिको आशा र भरोसा तपाईंप्रति रहला । बोलीकै भरमा धेरै कामहरु सहज हुनेछन् । धार्मिक काममा मन जानेछ । नियमित काममा पनि उत्साह जागृत होला । पराक्रम वृद्धि र धनलाभको योग छ । साथीभाइ र आफन्तजनको पनि सहयोग मिल्नेछ । यात्रागत कार्य सार्थक रहला । समग्रमा दिन रमाइलो रहला ।

तुला – सामाजिक कार्यमा मन जाने समय छ । विविध लाभ पनि होला । नयाँ मित्रको आगमनले मन प्रशन्न हुनेछ । व्यावसायिक यात्राको सम्भावना छ । धनको लाभ पनि होला । केही खर्च लागे पनि सोचेको काम बन्ने योग छ । तथापि, सन्तानबाट खोजेजस्तो सहयोग नपाउँदा केही पीडा हुन सक्छ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – परिश्रमले लक्ष्य पूरा गर्न सकिने समय भएपनि दिन चुनौतीयुक्त छ । स्वास्थ्य केही कमजोर रहनसक्छ, सबल स्वाास्थ्यका लागि खानपानमा होस पुऱ्याउनुहोला । नोकरी र राजनीतिमा केही अप्ठ्याराको सामना गर्नुपर्नेछ । सोच्दैनसोचेको ठाउँमा खर्च हुनसक्ने योग छ । मित्रजनको साथ-सहयोग रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

धनु – स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । विभिन्न अवसरले पछ्याउने समय छ । नयाँ काम पाउने र आय वृद्धि हुने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाढि बढ्न सकिनेछ । यात्रागत कार्य सार्थक रहला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक क्रियाकलापमा विशेष आकर्षण रहनेछ ।

मकर – पराक्रमी कार्यमा मन जाने र सफलता पनि मिल्ने दिन छ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्ला । आँटेगरेका काम पूरा हुनुका साथै धन लाभ हुने देखिन्छ । कमाइ वृद्धि हुनाले सुख बढ्ला । ब्यापारमा सामान्य लाभ नै हुने देखिन्छ । विगतको श्रमबाट पनि धनलाभ हुनेछ । मिष्ठान्न भोजनको आनन्द मिल्नेछ । सुख-सुविधाको वस्तु खरिदमा खर्च बढ्न सक्छ, योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ ।

कुम्भ – कर्मबल एवम् भाग्य वृद्धि हुनेछ । गरेका कामबाट राम्रै लाभ मिल्ने समय छ । यात्राको लागि पनि आजको दिन राम्रो छ । मित्रजनहरूसँगको भेटघाटका कारण यात्रा पनि रमाइलो रहला । ब्यापार-व्यवसायमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । रोकिएका कामहरु बन्नेछन् । धनलाभको योग छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – आजको दिन बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सोचेअनुसार काम बन्न कठिन छ । ब्यापार ब्यवसायमा घाटा बेहोर्नु पर्ला सावधान रहनुहोला । समय त्यति राम्रो छैन, गलत विचार बढ्ने सम्भावना छ । महत्वपूर्ण कामका लागि समयमै सही निर्णय गर्न नसक्दा पछि परिनेछ । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । सोच्दैनसोचेको ठाउमा धन खर्च हुने योग छ । प्रतिकुलताका बाबजुद धर्मकर्ममा आकर्षण बढ्नेछ । परिवारजनको साथ मिल्नेछ ।