शनिबार रिहा गर्ने भनिएका ६ मध्ये दुई इजरायली बन्धक रिहा

शनिबार रिहा गर्ने भनिएका ६ मध्ये दुई इजरायली बन्धक रिहा


प्यालेस्टिनी लडाकूहरूले दुई इजरायली बन्धकहरूलाई मुक्त गरेका छन् । शनिबार (२२ फेब्रुअरी) रिहा भएका ती व्यक्तिहरूलाई इजरायली सुरक्षा बलले बुझी इजरायली भूमिमा फिर्ता गरेको इजरायली सेनाले जनाएको छ।

गत जनवरी १९ मा सुरु भएको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत बन्धकहरूलाई मुक्त गरिएको हो । युद्धविरामको पहिलो चरणअन्तर्गत रिहाईका लागि योग्य अन्तिम जीवित बन्दीहरूमध्ये अन्य चारलाई पनि तत्काल रिहा गर्ने तयारी भइरहेको बताइएको छ ।

लडाकूहरूले शनिबार रिहा भएका ताल शोहम र एवेरु मेन्गिस्टुलाई दक्षिणी गाजाको राफाको एक मञ्चमा लगीसोहमलाई कालो पहिरनमा सजिएका सशस्त्र र नकाबपोश लडाकुहरूको उपस्थिति रहेको भेलालाई सम्बोधन गर्न लगाइयो र त्यसपछि दुवै जनालाई रेडक्रसको जिम्मा लगाइएको थियो ।

प्यालेस्टिनी लडाकूहरूले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि गरेको अकल्पनीय आक्रमणका क्रममा दर्जनौं बन्दीहरूलाई कब्जामा लिएका थिए जसका कारण गाजा पट्टीमा १५ महिनाभन्दा बढी युद्ध भएको थियो ।

इजरायली अभियान समूह द होस्टेज एण्ड मिसिङ फेमिलीज फोरमले रिहा हुने ६ जना इजरायलीको नाम सार्वजनिक गरेको थियो । यो सूचीमा एलिया कोहेन, ओमेर शेम टोभ, ओमेर वेनकर्ट र हिशाम अल-सैयदका साथै मेन्गिस्तु र शोहम पनि थिए, जसलाई तत्काल बन्धनमुक्त गरिने जनाइएको छ ।