आजको पञ्चाङ्ग एवम् राशिफल (११ फागुन २०८१ आइतबार, २३ फरवरी २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (११ फागुन २०८१ आइतबार, २३ फरवरी २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ फाल्गुण ११ गते तद्अनुसार सन् २०२५ फरवरी २३ तारिख आइतबार फाल्गुन कृष्णपक्षको दशमी तिथि मूल नक्षत्र वज्र योग बब करण आनन्दादिमा सिद्धि योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३६ मा भयो र सूर्यास्त साँझ १८ः०० मा हुनेछ ।

आजको राशिफल

मेष – मिश्रित फलदायी समय छ । महत्वपूर्ण ठानेर आज गर्न लागिएको काममा सफलता नमिल्न सक्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । सहयोगीजनहरू असन्तुष्ट रहन सक्छन् । नियमित कर्ममा पनि होसीयारीपूर्वक काम गर्नुपर्ने देखिन्छ । आजको दिन यातायातका साधनबाट जोगिनका लागि विशेष सावधानी अपनाउनु हितकर हुनेछ । धर्मकर्ममा मन जाला । रमाइलो जमघटबीच मिठो भोजन प्राप्त हुनेछ ।

वृष – आयआर्जनको दृष्टिले आजको दिन सन्तोषजनक रहने देखिन्छ । पारिवारिक समस्या बढेको अनुभूति भएपनि रुचिका विषयमा लगानी बढाउन सकिने समय छ । नसोचेको ठाउँबाट अनौठो तरिकाले आम्दानी हुने योग छ । सहयोगीहरूले काममा साथ दिनेछन् । आँट र आनन्द वृद्धि हुनेछ । आनन्द बढ्नेछ । तर कुनै पनि योजना कार्यान्वयनमा जोखिममा नपर्नु बेस रहला । मान पुरस्कार प्राप्ति हुने देखिन्छ । यात्रापरक काम बन्नेछ ।

मिथुन – व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा तथा आर्थिक लाभ हुने दिन छ । काममा जोश-जाँगर आउनाले मन प्रफुल्ल रहला । मनोरञ्जनात्मक तरिकाबाट काम बन्नाले मन हर्षित रहनेछ । पुराना साथीभाइको मद्दतले सेयरबजारका काममा पनि सफलता मिल्ने योग छ । साझेदारीको काम बन्नेछ । गीतसंगीत र रसरागात्मक क्रियाकलापमा आकर्षण रहला । स्वास्थ्य सबल रहनेछ । शत्रुलाई जीत्ने सामथ्र्य बढ्नेछ ।

कर्कट – चुनौतीपूर्ण समय छ । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले बोली र व्यवहारमा विशेष लचकता अपनाउनु उचित होला । आकास्मिकरूपले धनको क्षति वा खर्च बढ्ने सम्भावना, सचेत रहनुहोला । परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावक वर्ग पनि रुष्ट हुन सक्छन्, ध्यान राख्नुहोला । चुनौतीका बाबजुद मनोबल उच्च रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

सिंह – कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्ने तथा मानसम्मान पनि मिल्ने समय छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिएला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । आरोग्यबल र प्रेमभाव बढ्नेछ । मनोरञ्जनात्मक कार्यक्रममा आकर्षण बढ्नेछ । नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ, तर ब्यापारमा भने लाभ मिल्ला । बौद्धिक कार्यमा सफलता र पारिवारिक सुख रहनेछ ।

कन्या – सोचेको काम बन्नाले मन हर्षित हुने समय छ । मान्यजनको आगमनले आन्न्द प्रदान गर्नसक्छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त एवम् मित्रहरूसँग भेटघाटको योग छ । सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइनेछ । व्यस्तता वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता र मान–महत्व मिल्नेछ । कार्यगति बढ्नेछ ।

तुला – सामान्यतया दिन ठिकै छ । नोकरी, समाजसेवा वा राजनीतिमा गरेका प्रयासहरु फलदायी रहनेछन् । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख वृद्धि हुनेछ । कुनै नयाँ कामको स्रोत फेला पर्ने योग छ । आरोग्यबल र पराक्रम बढ्नेछ । मिठो भोजन प्राप्त होला । साहसिक काममा आकर्षण रहला ।

वृश्चिक – रोकिएको काम अथक मिहेनतले पूरा गर्न सकिएपनि आजको दिन सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । भौतिक साधनको क्षति हुन सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्य केही कमजोर रहला, खानपिनमा सावधान रहनुपर्नेछ । आज सोच्दैनसोचेको ठाउँमा धन खर्च हुनसक्छ, फजुल खर्च नियन्त्रणका लागि होसियार रहनु उचित होला । योजना र बजेट बनाइ कार्य गर्नुहोला । शत्रुपक्षलाई दबाउन सकिनेछ ।

धनु – दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् भने रोकिएका कामहरु बन्ने दिन छ । बोली र व्यक्तित्वले धेरैलाई आकर्षण गर्न सकिनेछ । ब्यापार-ब्यवसायबाट पनि राम्रो लाभ पनि लिन सकिने देखिन्छ । काममा सहयोगीजनले राम्रो साथ दिनेछन् । कृषिकर्ममा रहेकालाई विशेष लाभको समय छ । नोकरीमा नयाँ जिम्मेवारी पाइएला । यात्रागत कार्यमा सफलता मिल्नेछ । आमोदप्रमोदमा रम्ने अवसर जुर्ला ।

मकर – उत्साहवर्द्धक समय छ । काम गर्न जाँगर चल्नेछ भने कामको प्रशंसा गर्नेहरु बढ्नेछन् । ब्यापार–ब्यावसायबाट पनि राम्रै फाइदा हुने देखिन्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ धनलाभको योग छ । आम्दानी बढ्नाले दिन रमाइलो रहला । सफलता बढ्नेछ । शत्रुलाई जित्ने सामथ्र्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । खेलकूद र भ्रमणमा विशेष आकर्षण रहनेछ ।

कुम्भ – बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने समय छ । टाढाको यात्राबाट धनप्राप्त हुने देखिन्छ । आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ । अवसर आए पनि विचार गरेर मात्र नयाँ काम सुरु गर्नु उचित हुनेछ । कतै टाढाको यात्राको संभावना छ । आयबल बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धि भइ नियमित काममा सफलता हासिल हुनेछ ।

मीन – आजको दिन स्वास्थ्यगत कमजोरीले सताउला । मनमा घरायसी कारणबाट उत्पन्न पीडाले डेरा जमाउन सक्छ । भौतिक साधनको क्षति हुनसक्छ । अनावश्यक रुपमा पैसा खर्च हुने योग रहेकोले सजग रहनु हितकर होला । नियमित काममा खासै मन नजाला । लेखन प्रकाशनसित सम्बन्धित काममा भने सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ ।