आजको पञ्चाङ्ग एवम् राशिफल (१२ फागुन २०८१ सोमबार, २४ फरवरी २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ फागुन २०८१ सोमबार, २४ फरवरी २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ फाल्गुण १२ गते तद्अनुसार सन् २०२५ फरवरी २४ तारिख सोमबार फाल्गुन कृष्णपक्षको एकादशी तिथि पूर्वाषाढ़ा नक्षत्र सिद्ध योग कौलव करण आनन्दादिमा उत्पात योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३५ मा भयो र सूर्यास्त साँझ १८ः०० मा हुनेछ । विजया एकादशी व्रत ।

आजको राशिफल

मेष – अनावश्यक रूपले समय र धन खर्च हुनसक्ने दिन छ । । नियमित काममा बिघ्नबाधा आइपर्न सक्छन् । महत्वपूर्ण योजनामा ढिलासुस्ती र आर्थिक हानी हुनसक्ने योग रहेकोले सावधानी अपनाउनु उचित होला । भौतिक साधनको पनि क्षति होला । तथापि, धर्मकर्मले समस्या समाधानमा भूमिका खेल्ने देखिन्छ । कुनै कामका लागि यात्रा गर्दै हुनुहुन्छ भने आजका लागि थाती राख्नु उचित हुनेछ ।

वृष – ब्यस्तता र जोखिम केही बढेपनि तपाईंले अरुसँग गरेको बाचा पूरा हुने दिन रहेको छ । नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्नसक्छ । इमानका साथ मिहेनत गरेपनि सोचेअनुसार फाइदा नहुने देखिन्छ । टाढिएका आफन्तको यादले पिरोल्नेछ भने बाँकी विषयमासुखले साथ दिनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्या समाधानको दिशामा जानेछ । यात्रापरक काम बन्नाले उत्साह बढ्नेछ ।

मिथुन – नयाँ काम सुरु गर्ने समय छ । आयआर्जनको दृष्टिले दिन राम्रो देखिन्छ । कुनै नयाँ काम शुरु गर्दै हुनुहुन्छ भने परिवारजनको राम्रो सल्लाह तथ साथ मिल्नेछ । व्यापार–व्यवसायबाट राम्रै धनलाभ हुने तथा नउठ्ने पैसा पनि उठ्ने योग छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । साझेदारीको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट – नसोचेको ठाउँबाट धन आउने दिन छ । आज गरेको लगानीले राम्रो प्रतिफल देला । सामाजिक क्षेत्रका कार्यमा बढी मन जाने देखिन्छ । काममा मित्रजनले सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । साझेदारी र सट्टापट्टामा पनि विशेष लाभ मिल्ने योग छ । मन त्यसै-त्यसै फुरुङ्ग रहला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहनेछ ।

सिंह – आजको दिन केही चुनौतीयुक्त रहला । अनावश्यक वादविवादमा पर्ने सम्भावना रहेकोले विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा वादविवाद हुन सक्छ, संयमता अपनाउनु उचित हुनेछ । हातहतियारको प्रयोग गर्दा विशेष सजगता अपनाउनुहोला । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । तथापि, सन्तानपक्षबाट सुख मिल्नेछ । प्रेमभाव बढ्नेछ । आरोग्यता रहला ।

कन्या – जरुरी काममा पनि जाँगर नचल्ने सुस्त प्रकारको समय छ । आलस्यका कारण कामहरु अधूरै रहन सक्छन् । मान-सम्मानमा पनि आघात पर्ने सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । आजको दिन नयाँ कामको सुरुवात खासै राम्रो छैन, ध्यान राख्नुहोला । अनावश्यक ब्यस्तता बढ्न सक्छ । खर्च पनि वृद्धि हुने योग छ । योजना र बजेट बनाएरमात्र खर्च गर्नुहोला । आफन्तको साथ प्राप्त हुने र यात्रागत कार्यमा आंशिक लाभ मिल्ने देखिन्छ ।

तुला – सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनुपर्ने समय छ । मानप्रतिष्ठा वृद्धि हुनेछ । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ भने पारिवारिक आवश्यकता पूर्ति हुने देखिन्छ । आजको दिन चल-अचल सम्पत्तिको कारोबार हुनसक्छ । वैवाहिक जीवन सुखद रहला । आरोग्यबल एवम् पराक्रम बढ्नेछ । नियमित कार्यमा सहजता आउनेछ ।

वृश्चिक – सामर्थ्य वृद्धि हुने र कठोर मिहिनेतले रोकिएको काम बन्ने दिन छ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । यात्रागत कार्यबाट धनलाभ हुने देखिन्छ । प्रेममा सुखद मिलन अनुभव गर्न सक्नुहुनेछ । रचनात्मक तथा साहित्यिक कार्यमा मन जाने समय छ । मान-पुरस्कार प्राप्तिको योग छ । मिठो भोजन प्राप्त होला । आरोग्यबल बढ्नेछ । प्रतिष्पर्धी परास्त गर्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – आजको दिन स्वास्थ्यले पूरै साथ नदिन सक्छ, सावधान रहनुहोला । नसोचेको ठाउँमा धनको नाश हुने देखिन्छ । यात्राका क्रममा विशेष सावधानी अपनाउनु उचित हुनेछ । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । प्रतिकुल परिस्थितिका बाबजुद मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ भने रसरागात्मक कार्यमा आकर्षण रहला ।

मकर – आर्थिक लाभ मिल्ने खालको समय छ, आज कामहरु सजिलैसँग बन्नेछन् । मित्र एवम् आफन्तहरूबाट पनि साथ–समर्थन पनि पाइएला । बुद्धिविवेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । कठोर परिश्रमले अधुरा काम सम्पन्न हुनेछन् । पढाइलेखाइमा मन जानेछ । शत्रुपक्षलाई जित्ने सामथ्र्य वृद्धि होला ।

कुम्भ – आत्मविश्वास र पराक्रममा वृद्धि भइ धनलाभ हुने समय छ । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक लाभ भइ मन हर्षित हुनेछ । सोचेभन्दा बढी नै लाभ मिल्नसक्ने योग छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन जाला । आयबल वृद्धिका लागि मन लगाएर काम गर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – कर्म र भाग्यबल बढ्ने, आफन्तको साथले उन्नति हुने समय छ । आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै सावधानी अपनाउनुपर्नेछ । घरायसी समस्याले केही सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहला । खर्च वृद्धि भएपनि रमाइलो यात्रा हुनसक्छ । सानो प्रयासले रोकिएको काम बन्ने योग छ । लेखन प्रकाशनसित सम्बन्धित काममा विशेष सफलता मिल्नेछ ।