चार्जिङ स्टेसनको अभाव र मनोमानी असुलीले विद्युतीय सवारी प्रयोगकर्ता हैरान !

चार्जिङ स्टेसनको अभाव र मनोमानी असुलीले विद्युतीय सवारी प्रयोगकर्ता हैरान !


  • विकास रौनिया

नेपालमा पछिल्लो समय विद्यूतीय सवारी साधनहरुको संख्या दैनिक बढिरहेको छ । छोटो दुरीमा मात्र नभइ लामो दूरीमा पनि विद्यूतीय सवारी साधन गुडिरहेका छन् । तर, विद्यूतीय सवारी साधनको अनुपातमा चार्जिङ स्टेशन नहुँदा चालकहरुले समस्या भोग्न बाध्य छन् । त्यसमा पनि मनपरी चार्जिङ शूल्क असुल्ने गरिएको छ ।

देशको सङ्‍घीय राजधानी काठमाडौंबाट पृथ्वीराजमार्ग भएर दैनिक हजारोको संख्यामा विद्यूतीय सवारी साधन गुड्छन् । विद्यूतीय सवारी साधनलाई लक्षित गरि राजमार्गमामा चार्जिङ स्टेशन राख्ने क्रम पनि बढ्दो छ । तर अहिले भएका चार्जिङ स्टेशन पर्याप्त भने छैनन् । चार्जिङ स्टेशन पर्याप्त नभएको र सरकारले नियमन समेत नगरेकाले सञ्चालकले मनपरी शूल्क लिने गरेका छन् । कतिले सात रुपैयाँ युनिटका दरले चार्ज गरेको लिने गरेका छन् भने कतिले प्रतियुनिट १५ रुपैयाँसम्म लिने गरेको विद्यूतीय सवारी साधनका चालकहरुको गुनासो छ ।

विद्यूतीय सवारी चालक कतिपयले युनिटका दरले शुल्क लिँदा कतिपयले चार्ज प्रतिशतको आधारमा शुल्क असुल्ने गरेको सेवाग्राही बताउँछन् । सबैले युनिटका दरले शुल्क लिएमा एकरुपता हुने सेवाग्राही परितोष पौड्यालको भनाइ छ । सरकारले नियमन गरी एकरुपता कायम गर्न चालकहरुको माग छ ।

विद्यूत नियमन आयोगले विद्यूतीय सवारी साधन चार्ज गरेको शूल्क निर्धारण गर्ने विषयमा अहिलेसम्म कार्यविधि नबनाएकाले समस्या आएको नियमन आयोगकी प्रवक्ता मनदेवी श्रेष्ठको भनाइ छ । अहिलेसम्म गुनासो नआएकाले पनि ध्यान नपुगेको उनको तर्क छ ।

विद्यूतीय सवारी साधन चार्जिङ स्टेशनमा बत्ति जाने समस्याले समेत चालकहरु हैरानी खेप्न बाध्य छन् । पछिल्लो समय सवारीसाधनको संख्या बढेको अनुमातमा चार्जिङ स्टेशन पनि विस्तार गर्न र तिनलाई नियमन गर्न अत्यावश्यक देखिएको छ ।