लामिनार टाइल्सद्वारा ‘CENTO’ नेपालकै पहिलो फुल-बडी टाइल संग्रह सार्वजनिक

लामिनार टाइल्सद्वारा ‘CENTO’ नेपालकै पहिलो फुल-बडी टाइल संग्रह सार्वजनिक


नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टाइल ब्राण्ड लामिनार टाइल्सले अर्को कीर्तिमान कायम गर्दै देशकै पहिलो र एकमात्र फुल-बडी टाइल ‘CENTO’ संग्रहलाई सार्वजनिक गरेको छ । लामिनारले आफ्नो समग्र प्रिमियम संग्रहलाई विस्तार गर्दै ‘CENTO’ नामक अत्यधिक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तरको फुल-बडी टाइल संग्रहलाई बजारमा ल्याएको छ ।

फुल-बडी टाइलहरू प्राकृतिक ढुंगाजस्तै सतहदेखि पुरै अंश एउटै डिजाइनको हुने भएकोले सामान्य घर्षण वा चोइटिए पनि टाइलको रंग र बनावटमा कुनै फरक पर्दैन । लामिनार टाइल्सको उत्पादक, लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोश खेतानका अनुसार PEI रेटिङ्ग ५ (जसले कुनै पनि टाइल्सको अत्याधिक दिगोपन र मजबुतीलाई जनाउँछ) भएका कारण ‘CENTO’ टाइलहरू उच्च आवात-जावत हुने स्थानहरू जस्तै विमानस्थल, शपिङ्ग मल, होटल, अस्पताल, पार्किङ्ग, सडकपेटी लगायत अन्य व्यावसायिक र आवास क्षेत्रका लागि उपयुक्त छन् ।

आइएसओ र भारतीय मापदण्डअनुसार गरिएको आन्तरिक परीक्षणमा १५ मिलिमिटर सम्म मोटाइ भएका “CENTO” टाइलहरूले समान मोटाइका प्राकृतिक ग्रेनाइटको तुलनामा निम्न गुणहरूमा उल्लेखनीय प्रदर्शन गरेका छन्-

S.No.AttributesCENTO TileGranite
1.Modulus of Rupture (MOR)50.29 N/mm²14.75 N/mm²
2.Breaking Strength6056 N1588.0 N
3.MOH’s Hardness93
4.Surface Abrasion ResistanceClass 5Class 2

कम्पनीका अनुसार रासायनिक प्रतिरोध परीक्षणहरूमा समेत ‘CENTO’ले प्राकृतिक ग्रेनाइटको तुलनामा उत्कृष्ट नतिजा देखाएको छ । यस टाइलले दाग प्रतिरोध, घरेलु र स्विमिङ पूलका रसायन प्रतिरोध, तथा उच्च र न्यून सघनता भएका अम्ल र क्षारको प्रतिरोध लगायतका सबै परीक्षणहरू पास गरेको छ ।

नेपाली उपभोक्ताहरुको लागि अब घर वा कार्यालयका भऱ्याङका चिप्लिइने ग्रेनाइट वा मार्बलको विकल्पमा किफायती, कहिल्यै नखुइलिने, अधिक टिकाउ र दिगोका साथै अत्याधिक पकड सहितको ‘CENTO’ टाइल उपलब्ध भएको छ ।

‘CENTO’ फुल-बडी संग्रहलाई नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन समारोहको अवसरमा औपचारिक रूपमा सार्वजनिक गर्नुभएको थियो । आकर्षक डिजाइन र टिकाउपनाको संयोजनले यो संग्रह आर्किटेक्ट, इन्टेरियर डिजाइनर तथा व्यावसायिक र आवासीय परियोजनाहरूका लागि उत्तम विकल्प बनेको छ।