भारतीय सेनाका पूर्व स्थलसेनाध्यक्षहरु नेपालमा

भारतीय सेनाका पूर्व स्थलसेनाध्यक्षहरु नेपालमा


नेपाली सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका ६ जना पूर्व स्थलसेनाध्यक्ष नेपाल आइपुग्नुभएको छ । उहाँहरु नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन नेपाल आउनुभएको बताइएको छ ।

पूर्व स्थलसेनाध्यक्ष जनरल जोगिन्दर जसवन्त सिंह (अप्रा), जनरल दीपक कपुर (अप्रा), जनरल डा. विजयकुमार सिंह (अप्रा), जनरल दलवीर सिंह सुहाग (अप्रा), जनरल, डा. मनोज मुकुन्द नरवणे (अप्रा) र जनरल मनोज पाण्डे (अप्रा) मंगलबार (१३ फागुन) काठमाडौं आइपुग्नुभएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले जनाएअनुसार उहाँहरू सम्मिलित भ्रमण दलले विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ ।