आजको पञ्चाङ्ग एवम् राशिफल (१५ फागुन २०८१ बिहीबार, २७ फरवरी २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ फागुन २०८१ बिहीबार, २७ फरवरी २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ फाल्गुन १५ गते तद्अनुसार सन् २०२५ फरवरी २७ तारिख बिहीबार फाल्गुन कृष्णपक्षको चतुर्दशी ८ः३६ पर अमावश्या तिथि धनिष्ठा नक्षत्र शिव योग चतुष्पाद करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३२ मा भयो र सूर्यास्त साँझ १८ः०२ मा हुनेछ । दर्शश्राद्ध, निशि बार्ने ।

आजको राशिफल

मेष – आजको दिन व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च गर्नुपर्ने योग छ । अप्रिय समाचारले मन खिन्न तुल्याउला । आफू कमजोर भएको अनुभूति हुनसक्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु बुद्धिमता ठहरिनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा विशेष फाइदा होला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । मिठो भोजन प्राप्त होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष – प्रतिष्ठित काम गर्ने समय छ । अरूलाई प्रभावित पारेर काम लिन सकिएला । तर, विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख दिने देखिन्छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्ने तर काममा मातापिताको सहयोग प्राप्त हुने योग छ । प्रयत्न गरेमा कीर्तिमानी काम सम्पादन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ परिवारिक सुख रहनेछ ।

मिथुन – गर्दैआएको कामलाई निरन्तरता दिन सहिएपनि आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सजग रहनुहोला । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । विभिन्न सहयोग र उपहार पाइने योग छ । उठ्नुपर्ने रकम हातलागी होला । कृषि तथा पशुपालनमा कम र व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । पराक्रम बढ्नेछ, प्रतिष्पर्धीहरु परास्त होलान् । यात्रामा सफलता प्राप्त हुनेछ । मान पुरस्कार प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । तर, समयमा होश नपुग्नाले खर्च केही बढ्ने देखिन्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । विपरीतलिंगीको विशेष सहयोग प्राप्त हुने योग छ । रसरागमा आकर्षण रहला ।

सिंह – प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । कतै अतिथिका रूपमा सम्मान पाइएला । रमाइलो यात्रा हुनसक्छ । प्रेमभाव वृद्धिका साथै दामपत्यसुख बढ्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने सम्भावनाप्रति सजग रहनु हितकर होला । आफ्नै कमजोरीले विवादमा परिने योग छ, बोली र व्यवहारमा नरमपन अपनाउनु हितकर हुनेछ । आरोग्यबल बढ्नेछ ।

कन्या – न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । श्रमको भने उचित मूल्यांकन हुने देखिन्छ । पढाइमा पनि राम्रै प्रगति होला । आकस्मिक खर्च बढ्ने योग छ, नियन्त्रणको प्रयास गर्नुहोला । आफन्तको साथले कार्यप्रगति हुनसक्छ ।

तुला – लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ, तर स्वादिष्ट भोजनको आनन्द पाइएला । सबल स्वास्थ्यका लागि खानपानमा ध्यान राख्नुहोला । आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताउने योग छ । सहयोगीहरूले पनि त्यति साथ नदिन सक्छन् । प्रेमभाव बढ्नेछ । केही प्रतिकुलताका बाबजुद साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – अनुकूलता वृद्धिसँगै रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने उद्योग-व्यापारमा विशेष फाइदा होला । अरूले आलोचना गर्नसक्छन् तर प्रशंसक पक्षको दर्बिलो समथ रहनेछ । मानसम्मानमा आघात पुग्ने नदिन विशेष सजगता अपनाउनुहोला । पठन-पाठनमा त्यति समय दिन नसकिएला । व्यस्तता बढ्नेछ तर रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।

धनु – यात्राको व्यवस्थापनमा खर्च हुने समय छ । द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीका साथ जुट्नुपर्ने देखिन्छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । व्यापार तथा उद्योगतर्फ पनि फाइदाकै योग छ । आत्मविश्वास र पराक्रम वृद्धि हुनेछ । खेलकुद, भ्रमणजस्ता क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर – सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिएला । व्यापार–व्यवसायमा पनि राम्रै फाइदा हुने तथा धन बढ्ने देखिन्छ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्नसक्छ, सचेत रहनुहोला । पढाइलेखाइमा कमै समय दिन सकिएला । शत्रुलाई जित्ने सामथ्र्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कुम्भ – शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ने दिन छ । तपाईंका कमी-जोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ, सजग रहनु उचित हुनेछ । सफलताका लागि प्रतिस्पर्धामा विशेष जोड लगाउनुपर्ला । तर, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्ने योग छ ।

मीन – चाहेको योजनामा अवरोध आउनसक्ने समय भएपनि सन्तान, अनुयायी र मातृशक्तिको सल्लाह तथा सहयोगले काममा फाइदा हुन सक्छ । प्रतिष्ठित काम गर्ने मौका जुर्ला, आयआर्जन पनि राम्रै हुने देखिन्छ । विशिष्ट व्यक्तित्वसँगको भेटघाटले आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउला । खर्च केही वृद्धि हुनेछ भने सुख विलास पनि बढ्नेछ ।