चीनद्वारा दुई नयाँ उपग्रह प्रक्षेपण

चीनद्वारा दुई नयाँ उपग्रह प्रक्षेपण


चीनले बिहीबार लङ मार्च-२सी क्यारियर रकेट प्रक्षेपण गरेको छ, जसले दुईवटा भू-उपग्रहलाई अन्तरिक्षमा पुऱ्याएको छ ।

लङ मार्च-२सी क्यारियर चिनियाँ कक्षीय प्रक्षेपण वाहन हो । यसलाई चाङ्ग झेङ्ग २सी (सीजेड-२सी)पी पनि भनिन्छ ।

दिउँसो ३ः०८ मा रकेट प्रक्षेपण गरिएको थियो । उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट सिवेई गाओजिङ–१ ०३ र सिवेई गाओजिङ–१ ०४ नामक उपग्रहहरूको जोडीलाई तिनीहरूको पूर्वनिर्धारित कक्षमा प्रक्षेपण गरियो ।

यो लङ मार्च शृङ्खलाका रकेटहरूको ५६१औँ उडान अभियान थियो ।