आजको पञ्चाङ्ग एवम् राशिफल (१७ फागुन २०८१ शनिबार, १ मार्च २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ फागुन २०८१ शनिबार, १ मार्च २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ फाल्गुन १७ गते तद्अनुसार सन् २०२५ मार्च १ तारिक शनिबार फाल्गुन शुक्ल पक्षको द्वितीया तिथि उत्तराभाद्रपद नक्षत्र साध्य योग बालब करण आनन्दादिमा काल योग चन्द्रमा कुम्भ राशिमा ८ः२ बजेसम्म त्यसपछि मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३० मा र सूर्यास्त साँझ १८ः०३ मा हुनेछ । त्रिपुष्कर योग १३ः४१ बजेसम्म ।

आजको राशिफल

मेष – बोलीको भरमा काम सम्पादन हुनसक्ने समय छ । विचारले धेरैलाई आकर्षण गर्न सकिएला । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला । पशुपालन तथा कृषि क्षेत्रबाट विशेष लाभ मिल्ने देखिन्छ । कुनै काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ नै मिल्नेछ । मान-सम्मान बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष – विचारले धेरैलाई आकर्षण गर्ने समय छ प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । शुभता बढ्नेछ । आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुने योग छ । तथापि, धेरै श्रमपछि कममात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा पनि सफलता मिल्नेछ ।

मिथुन – अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिने समय छ । धर्मकर्ममा आकर्षण बढ्ला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । प्रतिष्पर्धी पछि पर्नेछन् । परिवारका लागि खर्च बढ्ने योग छ ।

कर्कट – आजको दिन धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्ने देखिन्छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । रोकिएका काम सम्पादन हुनेछन् भने बौद्धिक कार्यमा राम्रै प्रगति हुनेछ । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुर्ला । केही जोखिम बढेपनि व्यापार तथा उद्योगतर्फ फाइदा हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – विगतको श्रमबाट राम्रै धनलाभ हुने समय छ । प्रतिस्पर्धा वा मुद्दा-मामिलामा विजयी भइएला । व्यावसायिक काममा राम्रै फाइदाको योग छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ र तिनबाट राम्रै आश्वासन मिल्ने देखिन्छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन् । दाम्पत्यसुख र प्रेमभाव बढ्नेछ । आरोग्यबल बढ्नेछ । रसरागको कार्यक्रममा आकर्षण रहला ।

कन्या – दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । पढाइलेखाइमा पनि प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । काममा महत्वपूर्ण व्यक्तित्वको सहयोग प्राप्त हुने योग छ । प्रतिष्ठित काम गर्ने मौका जुर्ला । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । प्रतिष्ठा कमाउने बेला छ । प्रेमभाव वृद्धि हुनेछ । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ ।

तुला – दिन चुनौतीयुक्त छ । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । मिथ्या भ्रमणमा समय बित्न सक्छ । विगतका समस्या बल्झिन सक्छन् भने स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ । प्रतिकुलताका बाबजुद पारिवारिक जमघटमा मन रमाउने योग छ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइएला । प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ ।

वृश्चिक – आजको दिन प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछ । इष्टदेवको पूजा–उपासना गर्नाले फाइदा होला । केही विवादमा परिने योग छ, सचेत रहनुहोस् । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा आजको दिन अलिक सावधानी अपनाउनु उचित हुनेछ । ब्यस्तता बढेपनि रोकिएको काम मिहेनतले बन्नेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि होला ।

धनु – ब्यस्तता बढेपनि आजको दिन रोकिएका काम सम्पादन हुनेछ भने विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुर्नेछ । आर्थिक अभावले चाहिँ अलिक सताउन सक्छ, ध्यान राख्नुहोला । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि-चौपायाबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । मिठो भोजन प्राप्त होला । रसरागात्मक कार्यमा आकर्षण रहनेछ ।

मकर – परिश्रम परे पनि नियमित काममा सफलता नै मिल्नेछ । भाग्योन्नतिको समय भएकोले आर्थिक उपार्जनमा पनि सुधार आउला । सहयोगीहरूले साथ दिनेछन् र सोचेजस्तै सफलता मिल्ने योग छ । नयाँ काममा हात हाल्दा फलदायी नतिजा आउनेछ । धन आर्जन गर्ने मौका जुर्नाले उत्साह बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – अलिक बाध्यताका काममा जुट्नुपरे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । आज व्यावसायिक यात्राको सम्भावना छ । आम्दानी पनि बढ्नेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । प्रतिस्पर्धी परास्त हुने तथा सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने योग छ । कृषिकर्ममा भने केही चुनौती सामना गर्नपर्ला, ध्यान राख्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका जुर्ला । आरोग्यबल बढ्नेछ । तथापि, पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्ने सम्भावना छ, सजग रहनुहोला । सुख-सुविधाको बस्तुमा खर्च बढ्नेछ ।