आजको पञ्चाङ्ग एवम् राशिफल (१८ फागुन २०८१ आइतबार, २ मार्च २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ फागुन २०८१ आइतबार, २ मार्च २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ फाल्गुन १८ गते तद्अनुसार सन् २०२५ मार्च २ तारिख आइतबार फाल्गुन शुक्ल पक्षको तृतीया तिथि उत्तराभाद्रपद नक्षत्र शुभ योग तैतिल करण आनन्दादिमा स्थिर योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२९ मा भयो र सूर्यास्त साँझ १८ः०४ मा हुनेछ ।

आजको राशिफल

मेष – शैक्षिक व्यवसाय गर्नेहरूका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ । शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्यजीवन सुखमय रहनेछ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष ख्याल राख्नु हितकर हुनेछ । उद्योग तथा व्यापारमा विशेष फाइदाको योग छ । यात्रा मनोरञ्जनपूर्ण रहनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ । पारिवारिक सुखशान्ति रहला ।

वृष – प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । विगतको श्रमबाट धनलाभ हुने योग छ । यात्रागत कार्य सार्थक रहला । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । चरित्रसम्वन्धी आरोप आउन सक्ने भएकोले विपरितलिङ्गीबाट टाढा रहनु हितकर हुनेछ । उद्योग–व्यापारमा विशेष फाइदा हुने देखिन्छ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – दिन खासै अनुकुल नरहन सक्छ । माता, पिता र सन्तानपक्षसँग विवाद तथा मतभेद हुनसक्छ । पढाइलेखाइका कार्यमा अवरोध आउने देखिन्छ । आजको कुनै निर्णय खराब हुनसक्छ, निर्णय गर्दा विचार गर्नुपर्ला । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । विगतको श्रमबाट भने लाभ मिल्नेछ । मानसम्मानमा आघात पुग्न सक्छ, बोली र व्यवहारमा विशेष संयमता अपनाउनु हितकर हुनेछ । यात्रामा सफलता मिल्नेछ ।

कर्कट – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । जोखिम बढेपनि आर्थिक कार्यमा राम्रै फाइदाको योग छ । आजको दिन बलभन्दा बुद्धिको काममा जोड दिनु उचित होला । आय-व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । विभिन्न उपहार प्राप्त हुने सम्भावना छ । मिठो भोजन प्राप्त होला । साथीभाइको सहयोग प्राप्त हुनेछ । ग्रहको प्रवलताले शत्रुमाथि विजय प्राप्त हुनेछ ।

सिंह – सफलता र असफलता मिश्रितरूपले अनुभूत हुने समय छ । धार्मिक कार्यमा मन नजाने, भाग्यले खासै साथ नदिने, विश्वासघात हुने सम्भावना प्रवल रहेकोले गोपनीयतामा एकदमै सावधानी अपनाउनु उचित हुनेछ । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सोसम्बन्धी कार्य सहज रूपले अघि बढ्नेछ । पति-पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुने योग छ । प्रेमभाव बढ्नेछ भने आरोग्यता रहनेछ ।

कन्या – बौद्धिक, रचनात्मक तथा कलात्मक काममा विशेष सफलता मिल्ने समय छ । घर तथा सवारीसाधन जोड्ने अवसर मिल्ने देखिन्छ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त हुनेछ । तर महत्वपूर्ण योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने सोचेको समयमा सम्पादन गर्न नसकिएला । आत्मीयजनसँग असमझदारी बढ्ने देखिन्छ । निर्णायक क्षमतामा कमी आउला । प्रेमभाव वृद्धि हुनेछ भने यात्रा सार्थक रहला ।

तुला – आम्दानीका अवसरहरू प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झने तर कसैसँग विवाद वा झगडा हुन सक्छ, सजग रहनुहोला । विद्यार्थीहरुका लागि दिन राम्रो छ । सन्तान वा अनुयायीले प्रशन्नता दिलाउनेछन् । प्रेमभाव बढ्नेछ । गोपनियतामा निरन्तर रहनु उचित होला । स्वास्थ्य केही कमजोर रहनसक्छ । सबल स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनुहोला ।

वृश्चिक – मिश्रित फलदायी समय छ । घरेलु समस्याले पिरोल्ने, पति-पत्नीबीच विवाद बढ्नसक्ने देखिन्छ । मित्रजन एवम् आफन्तहरुले धोका दिन सक्छन्, तपाईंका कमजोरीमाथि टीका-टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवादको सम्भावना छ, संयमता अपनाउनु उचित होला । प्रेमको बन्धन भने कसिने योग छ । बोलीको भरमा काम सम्पादन हुनसक्छ । सुख-सुविधाको वस्तुमा खर्च हुने देखिन्छ ।

धनु – ब्यस्तता बढ्ने र परिश्रमअनुसारको परिणाम हासिल हुने समय छ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । धन आर्जनको योग छ । मिष्ठान्न भोजनको अवसर जुर्ला । महत्वपूर्ण कार्यमा आवश्यकताअनुसार लगनशील बन्न नसक्ता आलोचनाको शिकार बन्ने सम्भावना छ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर – भाग्योदयको समय छ । बोली र ब्यवहारको प्रभावमा अरुलाई विश्वास दिलाइ आफ्नो कार्य अघि बढाउन सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अघि बढ्नेछन् । तर, खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउनसक्छ, ध्यान राख्नुहोला । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ, सजगताको दरकार छ । सन्तानपक्ष एवम् अनुयायीले प्रशन्नता दिलाउनेछन् । पराक्रम बढ्नेछ । मिठो भोजन प्राप्त होला । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता आउनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कुम्भ – विगतको श्रमबाट धनलाभ भएपनि आजको दिन आम्दानी सीमित हुनाले आर्थिक कठिनाई आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, साथीसंगीसँगको सम्बन्धमा खटपट भइरहने हुनसक्छ । प्रेम प्रसङ्गका कारण अध्ययन–अध्यापनमा दखल पर्नसक्छ, संयमताको जरुरत छ । स्वास्थ्य पनि खासै सबल नरहला । रचनात्मक कार्यमा आंशिक प्रगति हुनेछ ।

मीन – आजको दिन केही चुनौतीयुक्त रहला । स्वास्थ्य समस्याले सताउन सक्छ । आर्थिक कारोबारमा पनि समस्या आउने देखिन्छ । धार्मिक कार्यमा खासै रुचि नहोला । तथापि, अरुको विश्वास भने सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनेछ भने चुनौतीका बाबजुद जोश-जाँगर पनि कमी हुनेछैन । पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।