आजको पञ्चाङ्ग एवम् राशिफल (२० फागुन २०८१ मंगलबार, ४ मार्च २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० फागुन २०८१ मंगलबार, ४ मार्च २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ फाल्गुन २० गते तद्अनुसार सन् २०२५ फरवरी ४ तारिख मंगलबार फाल्गुन शुक्ल पक्षको पञ्चमी तिथी अश्विनी नक्षत्र ८ः५४ पर भरणी नक्षत्र ब्रम्हा योग बब करण आनन्दादिमा अमृत योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२७ मा भयो र सूर्यास्त साँझ १८ः०५ मा हुनेछ । माझी समुदायको लदी पूजा ।

आजको राशिफल

मेष – मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । सानातिना काममा आजको समय व्यतीत भएपनि त्यसबाट राम्रै लाभ मिल्नेछ । पढाइलेखाइमा सुधार आउनेछ । यात्रागत कार्यमा सफलता प्राप्त मिल्नेछ । खेलकूद एवम् रसरागमा आकर्षण बढ्नेछ । अनुकूलता वृद्धि हुनाले रोकिएको काममा सफलता मिल्नेछ ।

वृष – आर्थिक पक्ष सुदृढ रहने समय छ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त होला । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नु उचित होला । कतैबाट शुभ समाचार प्राप्त हुने योग छ । आनन्द वृद्धि हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – पराक्रम बढ्ने र नियमित कार्यमा पारिवारिक सहयोग प्राप्त हुने देखिन्छ । आजको दिन विशेष लाभदायी यात्राको सम्भावना छ, तर अनावश्यक भ्रमणबाट जोगिनु हितकर हुनेछ । खेलकुदसँग सम्बन्धित क्रियाकलापमा सरिक भइएला । कामधन्दाको चापले प्रेमी–प्रेमिकासंग तथा दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन पैदा हुन सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट – परिणाममुखी काममा लगानीको समय छ । कर्मबल वृद्धिका साथै साथीभाइको पनि सहयोग प्राप्त हुनेछ । कल्पना र भावनामा केन्दित भइएला । बोलीको विपरीत अर्थ लाग्नसक्ने समय रहेकोले बोली र ब्यवहारमा विशेष संयमताको जरुरत छ । नचिताएको स्थानबाट धनागमनको योग छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । रोकिएको काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त होला । खेलकुद एवम् रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आजको दिन पारिवारिक वातावरण तपाईंको अनुकूल नरहन सक्छ, तर उत्साह–उमङ्ग प्राप्तिको समय छ । स्वास्थ्य सबल रहला । नियमित काममा पनि फाइदाको योग छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग तथा व्यापारमा विशेष फाइदा हुने देखिन्छ । प्रतिस्पर्धी परास्त हुनेछन् । भाग्यबल बढ्नेछ । रसरागका क्रियाकलापमा आकर्षण रहनेछ । बौद्धिक काम बन्नेछन् ।

कन्या – चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ, धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी मित्रसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने देखिन्छ । पढाइलेखाइमा प्रगति हुनुका साथै बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । खर्च भने केही बढ्ने देखिन्छ । जस्तोसुकै समस्याको समाधान मिल्नेछ । यात्रागत कार्य सार्थक बन्नेछ ।

तुला – सहयोगीहरूले साथ दिनाले काममा सोचेजस्तै सफलता मिल्ने समय छ । आर्थिक लाभ प्राप्त होला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । कृषिकर्म र व्यावसायिक काममा केही चुनौतीको सामना गर्नुपर्ला । आरोग्यबल बढ्नेछ । खानपानको आनन्द प्राप्त होला । साहसिक काममा आकर्षण बढ्नेछ । व्यवसायिक सफलताको योग छ । धन सम्पदामा बढोत्तरी हुनेछ ।

वृश्चिक – आजको दिन बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । रोकिएका काम बन्नेछन् । परोपकार तथा धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल हातपर्ला । आजको दिन कसैसँग सामान्य विवाद वा झगडा पनि हुन सक्छ, बोली र व्यवहारमा संयमिता अपनाउनु उचित हुनेछ । सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । खर्च नियन्त्रणको लागि सहजग रहनुपर्ने देखिन्छ ।

धनु – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नुछ भने आजको दिन शुभदायी रहला । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानी गर्न सक्नेछैनन् । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्तिले सुख बढ्नेछ । बौद्धिक एवम् रचनात्मक कार्य बन्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण रहला ।

मकर – ब्यस्तता केही बढेपनि उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुने दिन छ । नियमकानुनले सथ दिनाले दायित्व निर्वाहमा विशेष सहजताको अनुभूति होला । आफूभन्दा वरिष्ठ व्यक्तित्वका साथमा अति सुमधुर सम्बन्ध रहने समय छ । बन्दव्यापारबाट फाइदा हुनेछ भने आर्थिक पक्ष सबल रहनेछ । तथापि गरगहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु आवश्यक छ, अन्यथा ठगीमा पर्ने योग छ । प्रतिष्पर्धीलाई सहजै पराजित तुल्याउन सकिएला ।

कुम्भ – आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्ने समय छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्ने देखिन्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी तथा व्यवसायसँग सम्बद्ध कुनै कार्यको ठोस परिणाम देखापर्नेछ । चुनौती झेल्दै बाधा-ब्यवधान पन्छाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको योग छ । यात्रागत कार्यबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

मीन – मान-महत्व वृद्धि हुनुका साथै नयाँ काम र जिम्मेवारी हात पर्ने समय छ । अध्ययन तथा अध्यापन कार्यमा पनि राम्रै प्रगति होला । आर्थिक पक्ष सबल रहनेछ । स्वास्थ्यमा भने केही समस्या देखापर्ने सम्भावना छ । सबल स्वास्थ्यका लागि आहारबिहारमा ध्यान दिनु उचित होला । पाहुनाको खातिरदारीमा समय बित्नसक्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । सुख सुविधाको वस्तु बढ्नेछन् ।