एलजीको निःशुल्क ए.सी. सर्भिस र एक्स्चेन्ज क्याम्प

एलजीको निःशुल्क ए.सी. सर्भिस र एक्स्चेन्ज क्याम्प


गर्मी मौसमको तयारीलाई ध्यानमा राख्दै, एलजीले ग्राहकहरुलाई विशेष सेवा प्रदान गर्न ‘FREE AC SERVICE CAMP’ सञ्चालनमा ल्याएको छ।

सबै मौसमका लागि एलजी एसी नाराका साथ अघि बढिरहेको अन्तररास्ट्रिय ब्राण्ड एलजीले गर्मी बढेसँगै यही फाल्गुन २० गतेदेखि सिमित अवधिको लागि नेपालका सम्पूर्ण एसीका ग्राहकहरुलाई लक्षित गरी ‘निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प’ योजना अघिसारेको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको एसीमा निःशुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीमा विगतको भन्दा ५० प्रतिशतसम्मको थप मूल्याङ्कनका साथ एलजीको उच्च गुणस्तरिय एसीसँग साट्न सक्नेछन् । ग्राहकवर्गले www.cgelex.com/exchange मा गई आफ्नो पुरानो एसीको मूल्याङकन आफै पनि गर्न सक्ने कम्पनीले जनाएको छ।

यो सुविधा र सर्भिस लिनको लागि ग्राहकहरुले टोल फ्री नं १६६-००-१००-२११ वा ०१-५९७०२११ मा अथवा एलजीको सामाजिक सन्जाल पेजमार्फत आफ्नो विवरण रजिस्टर गराउनु पर्नेछ। रजिस्टरपश्चात एलजीका टेक्नीसियन ग्राहकहरुका घरमै गई यो सुविधा प्रदान गर्नेछन् । यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टस्मा ५० प्रतिशतसम्म छुटका साथै नयाँ एलजीको एसी खरिद गर्दा २० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको छ । साथै ग्राहक वर्गले नयाँ एसीमा रु। ४००० बराबरको फ्री इन्स्टलेशन पनि पाउनेछन्। यसका साथै, एक्सचेन्ज योजनामा सहभागी हुने ग्राहकहरुले दुईवटा निःशुल्क सेवा कुपन पाउनेछन्, जसको मूल्य रु. ३००० सम्म हुनेछ।

चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्सले एलजी का उत्पादनहरूको आधिकारिक वितरण, बिक्री र ग्राहक सेवा प्रदान गर्छ । नेपालभर विभिन्न सहरहरूमा एलजी का शोरूम र अधिकृत डिलरहरू छन् साथै आफ्ना ग्राहकहरूलाई बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता राखेको छ ।

एलजी इलेक्ट्रोनिक्स एक अग्रणी दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी हो, जसको स्थापना १९५८ मा भएको थियो । यसले गृह उपकरण, होम इन्टरटेन्मेन्ट, एयर सोल्युसन र बिजनेस सोल्युसन जस्ता क्षेत्रमा नवीन प्रविधि प्रदान गर्छ । एलजी गुणस्तर, ऊर्जा दक्षता र नवीन प्रविधिका लागि परिचित छ। यसको उत्पादनहरू सयभन्दा बढी देशमा उपलब्ध छन् ।