✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ फाल्गुन २१ गते तद्अनुसार सन् २०२५ मार्च ५ तारिख बुधबार फाल्गुन शुक्ल पक्षको षष्ठी तिथि भरणी नक्षत्र ७ः१६ पर कृतिका नक्षत्र ऐन्द्र योग ०ः२७ पर वैधृति योग कौलब करण ०ः५२ पर गर करण आनन्दादियोगमा काण योग चन्द्रमा मेष राशिमा १२ः५२ बजेसम्म त्यसपछि वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२६ मा भयो र सूर्यास्त साँझ १८ः०६ मा हुनेछ ।
आजको राशिफल
मेष – आजको दिन सहयोगीहरूले काममा विशेष सहयोगको तत्परता देखाउनेछन् । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । मनमा आध्यात्मिक भाव पैदा होला । अनुकूलता वृद्धि हुनेछ ।
वृष – प्रयत्न गर्दा समयको सदुपयोग हुने एवम् आश मारेको फल पुनः प्राप्त हुनसक्ने दिन छ । तर, सानातिना काम गरेरै दिन गुज्रनसक्छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । रोकिएका काम अघि बढाउन परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । बौद्धिक काम सफल हुने देखिन्छ । यात्रापरक काम बन्नेछ ।
मिथुन – कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । विशेष योजना अघि बढाउँदै हुनुहुन्छ भने केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । व्यापार–व्यवसायमा लाभ मिल्नेछ । व्यावसाय विस्तारका लागि यात्रा पनि हुनसक्छ । स्वास्थ्य केही कमजोर रहन सक्छ, ख्याल राख्नुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रचनात्मकता बढ्नेछ ।
कर्कट – दिन मनोरञ्जनपूर्ण रहला । प्रेमको बन्धन कसिने तथा दाम्पत्य सम्बन्धमा रमाउने समय छ । सोख पूर्तिका लागि खर्च केही बढ्न सकिन्छ । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनु हितकर होला । आलस्यले गर्दा अवसर गुम्न सक्छ, जागरुक रहने प्रयत्नले नसोचेको लाभ दिलाउन सक्छ । आफ्ना अभिव्यक्ति एवम् विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । आय र आरोग्यबल बढ्ने योग छ ।
सिंह – मिश्रित फलदायी समय छ । महत्वपूर्ण कार्यमा अरूको भरपर्दा काम रोकिन सक्छ । योजना कार्यान्वयनका लागि हिम्मत जुटाउनु अपरिहार्य देखिन्छ । समयले नयाँ ज्ञान सिकाउला । आम्दानी बढ्ने र नयाँ सवारी साधन प्राप्तिको योग छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । आरोग्यबल बढ्नेछ । रसरागको कार्यक्रममा आकर्षण रहला । कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – संघर्ष गरेर अधिकार स्थापित गर्न सकिने समय छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिएला । सहयोगीहरूले राम्रो साथ दिनाले अनुकुलता वृद्धिको अनुभूति हुनेछ । दायित्व निर्वाहमा नियमकानूनले साथ दिनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
तुला – केही चुनौतीयुक्त दिन छ । इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । जुझारु स्वभावका कारण चुनौती चिर्दै काम सम्पादन गर्न सकिएला । खर्चको मात्रा केही बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना छ, ख्याल राख्नुहोला । जोखिम बढेपनि साहसिक काममा आकर्षण रहनेछ ।
वृश्चिक – बुद्धि-विवेकको प्रयोगले रोकिएको काम अघि बढ्नसक्ने समय छ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्ने देखिन्छ । पठनपाठनमा राम्रै प्रगति होला । व्यापारलगायत आर्थिक लाभ हुने काममा पनि सुखद लक्षण मिल्ने खेखिन्छ । स्वादिष्ट भोजनमा मन रमाउला । आजको दिन मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना रहेकोले व्यवहारमा संयमता अपनाउनुहोल । आरोग्यबल कका साथै आत्मविश्वास बढ्नेछ ।
धनु – रोकिएका काम बिस्तारै बन्नेछन् । खेलकुद, भ्रमण एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । पहिलेको कुनै सम्झौता-सहमतिले अप्ठ्यारो पार्न सक्छ, ध्यान राख्नुहोला । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा मिल्ने देखिन्छ । भेटघाटका कार्यक्रमलाई सकभर टार्नु उचित हुनेछ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भावना छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
मकर – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । तर, कमजोर मानसिकताले पछि परिने सम्भावना छ । आत्मविश्वास जगाउन स्वप्रयत्नको दरकार छ । हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुनसक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुने देखिन्छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । आफन्त एवम् मित्रजनको साथले प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । रसरागात्मक काममा आकर्षण रहला ।
कुम्भ – गरिएका कर्मको उचित प्रतिफल पाइनेछ, तर पुरानो गतिले काम बिग्रन सक्ने देखिन्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । कसैलाई बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । समय प्रतिकुल जस्तो अनुभूति भएपनि धन आर्जनको योग छ । पारिवारिक जमघटमा मन रमाउनेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।
मीन – विशिष्टजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । लगनशीलताले राम्रै उपलब्धि दिलाउने देखिन्छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।
प्रतिक्रिया