उपभोक्ता इलेक्ट्रोनिक्सको क्षेत्रमा अग्रणी नाम ‘सीजी ब्राण्ड्स’ले ग्राहक सन्तुष्टि सुनिश्चित गर्न र देशभरका एसीको मर्मत सम्भारको लागि एक महत्त्वपूर्ण घोषणा गरेको छ।
कम्पनीले राष्ट्रव्यापी रूपमा आफ्ना सबै आधिकारिक सेवाकेन्द्रहरूबाट फल्गुन २० गतेदेखि सीमित समयको लागि निःशुल्क एसी सेवा शिविर सञ्चालन गरिरहेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले आफ्ना कुनै पनि ब्राण्डको एसीको निःशुल्क सर्भिसिङ गर्न सक्नेछन् । यसका लागि ग्राहकले टोल-फ्री नम्बर १६६० ०१०२२११ वा १६६००१००२११ वा ०१५९७०१२२ मा कल गरेर, वा [email protected] मा इमेल गरेर दर्ता गर्न सक्नेछन्।
ग्राहकहरूले निःशुल्क एयर फिल्टर प्रतिस्थापन र आफ्नो एसीको उत्कृष्ट कार्यक्षमताको लागि प्राविधिक विज्ञको सल्लाह पाउन सक्नेछन् । यसका अतिरिक्त, स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुट र कुनै पनि एसी साट्नमा ५० प्रतिशत अतिरिक्त मूल्याङ्कन हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार सीजीका विज्ञ प्राविधिकहरूले उच्च गुणस्तरको सेवा र व्यावसायिकताको सुनिश्चितता गर्दै सेवा शिविरहरू सञ्चालन गर्नेछन् । कम्पनीका कर्मचारीहरूले नयाँ एसीको खरीदमा वा पुराना एसीहरूको साट्नमा ग्राहकलाई सहयोग गर्नेछन् ।
कम्पनीद्वारा दिइएको जानकारीअनुसार शिविरमा सहभागीहरूले नयाँ एसी यन्त्र खरिदमा २० प्रतिशतसम्म छुट, रु ४००० को निःशुल्क जडान र exchange मा रु ३००० को दुई निःशुल्क सेवा कुपनको फाइदा उठाउन सक्नेछन् ।
प्रतिक्रिया