✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ फाल्गुण २२ गते तद्अनुसार सन् २०२५ मार्च ६ तारीख बिहीबार फाल्गुन शुक्ल पक्षको सप्तमी तिथि रोहिणी नक्षत्र विषकुम्भ योग भद्रा करण आनन्दादिमा उत्पात योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२५ मा भयो र सूर्यास्त साँझ १८ः०६ मा हुनेछ ।
आजको राशिफल
मेष – व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला, तर अन्ततः परिणाम तपाईंकै पक्षमा हुनेछ । परिवार एवम् साथीभाइको सहयोग प्राप्त होला । धनलाभको योग रहेको छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । यात्रागत कार्यमा अनुकूलता वृद्धि हुनाले सफलता मिल्नेछ । आमोदप्रमोदको भाव जागृत होला ।
वृष – शुभदायी समय छ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुने देखिन्छ । परिवारजनका आवश्यकता पूरा हुनाले मन प्रशन्न रहला । शुभ समाचार प्राप्तिले आनन्द वृद्धि हुनेछ । पढाइलेखाइमा पनि प्रगति नै होला । ब्यापारबाट राम्रै धनलाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान हुनेछ ।
मिथुन – लाभदायी कार्ययोजना प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ भने गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । घर–जग्गा तथा बन्धुबान्धवसँग चाहिँ असमझदारी बढ्ने योग छ । काममा स्थानान्तरण हुन सक्छ, यात्राको सम्भावना छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रमका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
कर्कट – मिश्रित फलदायी दिन छ । अति आवश्यक अवस्थामा बाहेक आर्थिक कारोवार नगर्नु नै उचित होला । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । विपरीतलिंगीप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धनमा कसिनेछ । आजको दिन खर्च भने केही बढ्ने देखिन्छ । नियमित कार्यमा बाधा–ब्यवधान आइपर्न सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथीभाइको सहयोगले कर्मबल बढ्नेछ ।
सिंह – अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन । आजको दिन सवारीसाधन वा हातहतियार उपयोग गर्दा विशेष सावधानी अपनाउनु उचित होला । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । तथापि, भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । कर्मबलमा कमी आउनेछैन । रसरागप्रति आकर्षण रहला । समस्यामा इष्टमित्रको साथ मिल्नेछ ।
कन्या – दौडधुप केही बढेपनि यशवर्चश्व बढ्ने र साहसिक काममा लगाव रहने देखिन्छ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन होला । प्रेमजीवन सुखद रहनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता वृद्धि होला । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि एवम् पशुधनबाट यथेष्ट लाभ मिल्ने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनुहोला ।
तुला – नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा मिल्ने समय छ । प्रतिभाको उच्च मूल्यांकन होला । कुनै विशेष कार्यका लागि समयमै निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ, ध्यान राख्नुहोला । मान–सम्मानमा चोट पुग्ने सम्भावना पनि छ, बोली र व्यवहारमा नियन्त्रणको दरकार छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । धन सम्पदामा बढोत्तरी हुने योग छ ।
वृश्चिक – दिन केही चुनौतीयुक्त रहला । समयमा काम पूरा नहुनाले महत्वपूर्ण अवसर गुम्न सक्छ । जाँगर नचलेपनि जिम्मेवारी भने बढिरहने देखिन्छ । जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउने योग छ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ, ख्याल राख्नुहोला । रोकिएको काम कठोर मिहेनतले बन्नेछ । आरोग्यता रहनेछ ।
धनु – सुखदायी–शुभदायी समय छ । मानसम्मानका साथमा आम्दानी पनि राम्रै बढ्ला । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्ने देखिन्छ । राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुने योग छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट होला । मंगलमय काम सम्पादन हुनेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । व्यावसायिक काममा भने केही खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।
मकर – उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । परिवारजनको सहयोगले उत्साह बढाउला । प्रेम र मित्रताको बन्धन कसिने समय छ । प्रतिस्पर्धी सहजै परास्त हुनेछन् भने खास योजना अघि बढाउँदै हुनुहुन्छ भने उचित समय छ । सबल स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनु हितकर होला । प्रेमभाव बढ्नेछ । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ ।
कुम्भ – शुभदायी समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि रहला । अध्ययन–अध्यापनमा रहेकाहरूलाई फाइदाको दिन रहेको छ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मीन – रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् भने विलासितामा खर्च बढ्ने देखिन्छ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ, सजग रहनुहोला । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदाको योग छ । स्वास्थ्य केही कमजोर रहनसक्छ । पराक्रम वृद्धिका बाबजुद सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला । तथापि, सुख विलास बढ्नेछ ।
प्रतिक्रिया