खोजेजस्तो मूल्यमा सेन्साइका कुलर !

खोजेजस्तो मूल्यमा सेन्साइका कुलर !


नेपालकै प्रतिष्ठित ब्यापारिक घराना चौधरी ग्रुपअन्तरगत सेन्साई ब्राण्डले आउँदो गर्मी महिनालाई लक्षित गर्दै विभिन्न किसिमका नया नया मोडलका कुलरहरु नेपाली बजारमा भित्र्याएको छ ।

‘स्टे कुल स्टे कम्फर्ट’ भन्ने नाराका साथ सेन्साइले डेसर्ट, मिनि डेसर्ट, पर्सनल र टावर कुलरहरु विभिन्न मोडल र क्षमताका साथै नयाँ-नयाँ आकर्षक विशेषताहरु सहित बजारमा ल्याएको छ । अब उपभोक्ता वर्गले रोजेको मूल्यमा खोजेजस्तो कुलरहरु पाउनसक्ने उल्लेख गर्दै कम्पनीले यी कुलरहरुमा १२ महिनाको वारेण्टी समेत प्रदान गरेको छ ।

जापनिज प्रविधिबाट निर्मित यी कुलरहरुमा इन्भर्टर कम्प्याटिबल, हनिकम्ब फर इफेक्टिब कुलिङ, कास्टोर हुइल फर इजी मोबिलिटी, ४वे सुइङ डिफ्लेक्सन, आइस च्यामबर, वाटर लेबल इन्डिकेटर आदि जस्ता आकर्षक विशेषताहरुले भरिपूर्ण छन् । इन्भर्टर कम्प्याटिबल भएको कारणले गर्दा यी कुलरहरु बत्ति नभएको बेलामा पनि इन्भर्टरबाट सजिलै चल्दछ । यिनीहरुमा हनिकम्ब भएकोले एकदमै चिसो दिन्छ । चारैतिर हावा प्रवाह गर्न यसमा ४वे सुइङ डिफ्लेक्सन जस्ता विशेषता पनि जडान गरिएको छ । कुलरलाई एक ठाउँबाट अर्को ठाउँमा लैजानलाई यसमा कास्टोर हुइल राखिएको छ । वाटर लेबल इन्डिकेटको मार्फतबाट कुलरमा कति पानी छ भन्ने सजिलै थाहा पाउन सकिन्छ । त्यस्तै अझै धेरै चिसोको लागि यसमा आइस च्याम्बर पनि राखिएको छ । यी कुलरहरुले ५००० m3/hr सम्म हावा प्रवाह गर्ने हुनाले यसले उपभोक्तालाई थोरै समयमा नै कुल बनाउँछ ।

चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स् डिभिजनमा नेपालकै एकमात्र आधिकारिक बिक्रेताको रुपमा ई.ओ.एल. प्राइभेट कम्पनिमार्फत सेन्साईका कुलरहरु बिक्री वितरण भइरहेको छ ।