आजको पञ्चाङ्ग एवम् राशिफल (२३ फागुन २०८१ शुक्रबार, ७ मार्च २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ फागुन २०८१ शुक्रबार, ७ मार्च २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ फाल्गुण २३ गते तद्अनुसार सन् २०२५ मार्च ७ तारिख शुक्रबार फाल्गुण शुक्ल पक्षको दशमी तिथि रोहिणी नक्षत्र ऐन्द्र योग तैंतिल करण आनन्दादिमा मित्र योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४९ मा भयो र सूर्यास्त साँझ १७ः४८ मा हुनेछ । शल्यदशमी ।

आजको राशिफल

मेष – शुभदायी दिन छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् भने परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । चित्त शान्त रहनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् । धनलाभको योग छ । मिठो भोजन प्राप्त होला । यात्रापरक काम बन्नेछ । परिवारिक सुख बढ्नेछ भने आफन्तको साथले उत्साह वृद्धि होला ।

वृष – समय नराम्रो नभएपनि आजको दिन दैनिक व्यवहारमा विशेष सजगता अपनाउनु उचित हुनेछ । अनावश्यक खर्च वृद्धि हुनसक्छ, ध्यान राख्नुहोला । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ । परिवारिक समस्याले चिन्तित तुल्याउन सक्छ । शत्रुपक्षले सताउने योग रहेकोले सावधान रहनु हितकर हुनेछ । कुनै शुभ समाचार प्राप्त हुने देखिन्छ । विपरीतलिंगीको साथ रहनेछ ।

मिथुन – दिन रमाइलै रहनेछ । पढाइलेखाइमा प्रगति हुनेछ भने व्यवसायिक कार्य पनि सुखदरूपले अघि बढ्ला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिएला । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ । धनलाभको योग छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्य सफल रहनेछ । समग्रमा दिन खुशी साथ बित्ने देखिन्छ ।

कर्कट – आत्मविश्वासका साथै कर्मबल वृद्धि हुने समय छ । आयआर्जनको दृष्टिले विशेष प्रगति होला । केही नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । नियमित कार्यमा थप सहजताको अनुभूति होला । नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ । मिठो भोजन प्राप्त होला । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण रहनेछ ।

सिंह – आजको दिन पारिवारिक सुखशान्ति बढ्नुका साथै नियमित कार्यमा जाँगर बढ्नेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय तथा सुखद यात्राको योग छ । कर्मबल वृद्धिका साथै धनार्जनको अवसर जुर्ला । कृषिको कामबाट विशेष लाभ हुने देखिन्छ । रसरागको भाव वृद्धि हुनेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा थप सफलता मिल्नेछ ।

कन्या – अरूको भर पर्दा काममा धोका हुन सक्ने समय छ । कुनै कामविशेषले टाढाको यात्रा गर्दै हुनुहुन्छ भने आजको लागि थाती राख्नु उचित हुनेछ । व्यर्थको खर्चले मन पिरोल्न सक्छ । स्वास्थ्य केही कमजोर रहनसक्छ, खानपान र शारीरिक व्यवहारमा सजगता अपनाउनु उचित हुनेछ । चुनौतीका बाबजुद कार्यगति बढ्नेछ ।

तुला – मिश्रित फलदायी समय छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्ने सम्भावना छ । आत्मविश्वास कायम राखी अघि बढ्ने प्रयत्न गर्नुपर्ला । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । नियमित कार्यमा दौडधुप बढ्ने देखिन्छ ।

वृश्चिक – आजको दिन धन आर्जनका नयाँ बाटा खुल्नेछन्, खर्चभन्दा कमाई नै बढी हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको लगानीबाट विशेष लाभ मिल्ने देखिन्छ । दाम्पत्यसुख बढ्नेछ । रसरागको भाव वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । नियमित कार्यमा जाँगरका साथै सामर्थ्य वृद्धि हुनेछ । आरोग्यबल बढ्नेछ । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – आजको दिन आफ्नो दायित्वप्रति विशेष सजग रही व्यवहार गर्नु हितकर होला । कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने आजको दिन उचित रहनेछ । काममा जोश र जाँगर बढ्नेछ भने कामहरू सजिलै बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्नेछ । अध्ययन-अध्यापनमा प्रगति होला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहनेछ ।

मकर – समय खासै राम्रो छैन । अनावश्यक डर पैदा हुनेछ भने अनावश्यक वादविवादको सम्भावना छ । पेशागत रुपमा समस्या देखिन सक्छ । घरपरिवारमा पनि केही मनमुटाव हुने देखिन्छ, संयमपूर्ण व्यवहार गर्नुहोला । नियमित कार्यमा दबाबको परिस्थिति पैदा हुनसक्छ । तथापि, नियमकानूनले साथ दिनाले दायित्व निर्वाह गर्नुहुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कुम्भ – व्यस्तता वृद्धि हुनेछ, धन पनि बढ्ने देखिन्छ । सामाजिक काममा नाम रहने छ । जागिर एवम् ब्यापारमा दिन ठिकै छ । मनमा दुविधा रहन सक्ने देखिन्छ । नयाँ र विशेष योजनाको सुरुवात खासै राम्रो छैन, ख्याल राख्नुहोला । तथापि, कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने देखिन्छ ।

मीन – घरमा पाहुनाको आगमन हुने, मनोरञ्जनको माहोल बन्ने र वैवाहिक जीवन सुखी हुने खालको दिन छ । चल–अचल सम्पत्तिको कारोबार हुने देखिन्छ । सुखद यात्राको पनि योग रहेको छ । आरोग्यबल बढ्नुका साथै पराक्रम वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ ।