आजको पञ्चाङ्ग एवम् राशिफल (२४ फागुन २०८१ शनिबार, ८ मार्च २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ फागुन २०८१ शनिबार, ८ मार्च २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ फाल्गुण २४ गते तद्अनुसार सन् २०२५ मार्च ८ तारिख शनिबार फाल्गुन शुक्ल पक्षको नवमी तिथि आद्र्रा नक्षत्र आयुष्मान योग तैतिल करण आनन्दादिमा मुद्गर योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२३ मा भयो र सूर्यास्त साँझ १८ः०८ मा हुनेछ । अन्तर्राष्ट्रिय नारी दिवस ।

आजको राशिफल

मेष – नसोचेको काम बन्ने र परोपकारको क्षेत्रमा मन आकर्षित हुने समय छ । मिष्ठान्न भोजनको अवसर आउनेछ भने मित्रजनहरूसंग पनि रमाइलो भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुने देखिन्छ । मान-महत्व बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । अनुकूलता वृद्धि होला । इष्टमित्रको सहयोग प्राप्त भइ रोकिएको काममा सफलता मिल्नेछ ।

वृष – दिन केही चुनौतीयुक्त छ । महत्वपूर्ण कार्यहरू थाती राख्नु उचित हुनेछ । भौतिक साधनको क्षतिले अनावश्यक धन नाशको योग छ, सजग रहनुहोला । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ । सबल स्वास्थ्यको लागि खानपानमा सचेत रहनुपर्नेछ । अनावश्यक झमेलाबाट जोगिने प्रयास गर्नुहोला । अति आवश्यक अवस्थामा बाहेक यात्रागत कार्य स्थगन गरेकै हितकारी हुनेछ ।

मिथुन – शुभदायी समय छ । महत्वपूर्ण व्यक्तिको साथ-सहयोगले धनजनमा वृद्धि हुने योग छ । मित्रजनबाट समर्थन पाइएला । ठुला ब्यक्तिसंगको भेटघाट फलदायी हुनसक्छ । अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । सकारात्मक तर अनौठो खबर सुन्न पाइएला । मिठो भोजन प्राप्ति र सुख वृद्धि हुनेछ । पराक्रम वृद्धि भइ शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट – थाती रहेका कामहरू सम्पन्न हुनसक्ने समय छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्ला । आयआर्जन हुने दिन छ । सुखद यात्राको सम्भावना छ । डुबेको धन उठ्नसक्ने योग छ । आरोग्यता रहनेछ । कर्मबल बढ्नेछ । साथीभाइको सहयोग प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – घरमा पाहुना आगमनको दिन छ । साथै रमाइलो यात्राको सम्भावना पनि रहेको छ । धनको लाभ होला, तर आज कुनै पनि नयाँ काम नथाल्नु उचित हुनेछ । लेनदेको काम पनि नगरेकै बेश होला । रसरागका कार्यक्रममा आकर्षण रहनेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुखशांति बढ्नेछ ।

कन्या – सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा खास ध्यान राख्नुहोला । प्रेम सम्बन्धमा खटपन या चिसोपन पैदा हुनसक्छ । यात्रागत कार्य भने बन्ने दिन छ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

तुला – आजको दिन महत्वपूर्ण कार्यमा सफलता प्राप्त हुनेछ । नियमित काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने देखिन्छ । स्वास्थ्य केही कमजोर रहनसक्ने योगका कारण आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुनेछ । सोचेकोे काम समयमै सम्पन्न हुन अतिरिक्त शक्ति खर्चनुपर्ला । सुख-सुविधाको वस्तु खरिदमा धन खर्च हुनसक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

वृश्चिक – दौडधुप बढेपनि परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । कृषिक्षेत्रबाट लाभ लिन अलिक बढी नै परिश्रम र लगानी गर्नुपर्ला । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ । मातापितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ । सामथ्र्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता प्राप्त हुनेछ ।

धनु – आजको दिन विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । काम गर्नमा थप जांगर थपिने देखिन्छ । पैसो कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ । ब्यापार-व्यवसायमा फाइदाकै योग छ । दाम्पत्यसुख बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । साहस वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मकर – दिन चुनौतीयुक्त रहने देखिन्छ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने देखिन्न । निरर्थक काममा श्रम लगाएर ब्यर्थै समयको नाश होला । मनमा उदासिनता बढ्ने सम्भावना छ । काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनेछन् । विशवास गरेकाले धोका दिने सम्भावना रहेकोले सवधानी अपनाउनु उचित होला । प्रतिकुलताका बाबजुद रसरागमा आकर्षण बढ्नेछ । साझेदारीको काम बन्नेछ ।

कुम्भ – बौद्धिक र रचनात्मक कार्य बन्ने समय भएपनि मनमा दुविधा रहन सक्छ । सामाजिक काममा नाम रहने छ, तर जागिरमा भने सजक रहनु उचित होला । स्वास्थ्यका दृष्टिकोणले दिन राम्रो छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ । प्रेमभाव वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ ।

मीन – प्रेम र मित्रताको बन्धन कसिने दिन छ, विभिन्न सहयोग र उपहार पाइएला । महत्वपूर्ण काम बन्नाले मन रमाृउला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ । पराक्रम वृद्धि हुनेछ । शत्रुसित लड्ने सामथ्र्य बढ्नेछ । आरोग्यबल बढ्ला । आफन्तको साथ मिल्नेछ ।