आफ्नो आधारभूत आवश्यता पनि पूरा नहुने देखेपछि अन्तिम युद्ध ‘विद्रोह’ हो । राजतन्त्रतिरको झुकाव पनि यस्तै विद्रोहको संकेत हो । एकपटक मन र मानसिकता नै विद्रोही बनेपछि ‘राजतन्त्र, लोकतन्त्र, प्रजातन्त्र’ केही पनि बाँच्दैन । झोलावादको पूर्वाग्रहभित्र उपयुक्त विमर्शको कुनै मूल्य नै हुँदैन ।
✍ प्रा.डा. गोविन्द उपाध्याय
पूर्वप्रधानमन्त्री प्रचण्ड स्वायत्त नागरिक हुन् । प्रचण्डमात्रै होइन नेपालको संविधानले हरेक नेपाली नागरिकलाई यही स्वतन्त्रता प्रदान गरेको छ । आफ्नो इच्छाले धर्मकर्म गर्न पाउने व्यवस्था संविधानले नै गरेको छ । प्रचण्ड महाकाल मन्दिर जाउन् वा कुनै मस्जिद वा चर्चमा, उनको निजी स्वतन्त्रता हो । नेपालको संविधान अमेरिका, भारतसहित मुस्लिम, बौद्ध तथा इसाईराष्ट्रको भन्दा निकै प्रगतिशील छ – राजनैतिक नेतृत्वले यही भनिरहेको छ । तर, नेपालभित्र भने हिन्दूहरूप्रति यही राजनैतिक संयन्त्र निकै अनुदार र होस गुमेको छ ।
भविष्यमा नेपाल हिन्दूराष्ट्र हुनुपर्छ कि पर्दैन ?- यो राजनैतिक बहसको विषय हो । भारतको राष्ट्रिय स्वयंसेवक संघका नेपाली संस्थाहरू हिन्दूराष्ट्रका पक्षमा उभिएका छन् भने भारतकै शिव सेना, आदित्यनाथ तथा पुरीका शंकराचार्य राजासहितको हिन्दूराष्ट्रको पक्षमा उभिएका छन् । नेपालभित्र नै जरोकिलो भएका केही दलहरू राजाका सवालमा जनताको अभिमत बुझेर निर्णय गर्ने पक्षमा छन् भने राप्रपाजस्ता केही राजनैतिक पार्टीहरू संवैधानिक राजतन्त्रका पक्षमा उभिएका छन् । भविष्यमा राजतन्त्र स्थापित हुन्छ कि हुँदैन- भविष्यका हातमा छोडौँ, तर ‘हामीलाई राजा चाहिन्छ’ भन्ने र ‘हामीलाई राजा चाहिन्न’ भन्ने दुवै पक्षहरू नेपाली संविधानले दिएको अधिकार प्रयोग गरिरहेका छन् ।
सन् १९४१ को २७ डिसेम्बरका दिन भागलपुरमा बसेको २३औं बैठकमा तत्कालीन हिन्दु महासभाले ‘विश्वको एकमात्र हिन्दू राष्ट्र नेपालका राजा जसले हिन्दूराष्ट्रका पक्षमा काम गरेका छन्, धन्यवाद दिने निर्णय गरिन्छ’ भन्दै नेपाललाई विश्वको एकमात्र हिन्दुराष्ट्र भन्ने मान्यता दिएको छ । डा. हेदेगवरले आफ्नो प्रसिद्ध पुस्तक स्वराजमा पनि यही तत्थ्य उल्लेख गरेका छन् । त्यसैले सन् १९५१ पहिले नेपाल हिन्दुराष्ट्र थिएन भन्नु धुर्त्याइँ हो र अन्य समुदायलाई हेप्थे भन्ने तत्थ्यलाई स्वयं पृथ्वीनारायण शाहले लखनउबाट मुस्लिम बोलाएर गोरखामा बसाएको तत्थ्य अस्वीकृत हुन्छ । हिन्दू राष्ट्रका सवालमा नेपालीहरूको आवाजलाई तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङले धोका दिएको प्रष्ट नै छ । जनमतसंग्रहको नाटक गरेर, जनताको अभिमतलाई सधैंका लागि लुकाइएको थियो ।
भ्रष्टाचार, नातावाद, फरियावाद, झोलावाद तथा घृणावादीहरू र धर्मपरिवर्तनवादीहरूसँग सरकारको साँठगाँठ देखेर नेपालीहरू गम्भीर बिरामी पर्न थालेका छन् । देशको बढ्दो ऋण, जति कर तिरे पनि सुविधाको अभाव र आर्थिक असुरक्षाले मान्छे आत्तिएको छ ।
भारतले आफ्नो स्वार्थ हेर्छ । यदि भारतको स्वार्थ नेपाल हिन्दूराष्ट्र बन्दा पूरा हुन्छ भने त्यही गर्छ र गणतन्त्रबाट पूर्ण हुन्छ भने उसलाई केही आपत्ति हुँदैन । भारत वा विश्वका अन्य कुनै देशले उचालेको भरमा राजतन्त्र, हिन्दूतन्त्र वा गणतन्त्र आए पनि अर्थविहीन हुन्छ । नेपाली जनताको सम्मान गर्ने र नेपालीलाई बुझ्ने राजतन्त्र वा लोकतन्त्र जुनसुकै भए पनि जनताका लागि स्वीकार्य नै हुन्छ । त्यसमा पनि आलंकारिक राजाका विपक्षमा नेपाली जनता हुँदैनन् । वाम–समाजवादीहरूले यो तत्थ्य बुझेका छन् तर जेलनेलको ‘कपट’ र ‘अहङ्कार’ले दल र दलीय व्यक्तिहरूको स्वार्थलाई बुझ्ने गर्छ, राष्ट्रको स्वार्थलाई होइन ।
नेपाली जनसंख्याको ८१ प्रतिशत हिन्दुहरू छन् । महाकाल पुगेर पूजाआजा गरेका प्रचण्डले त्रिभुवन हवाई अड्डाको विशिष्ट कक्षबाट नै ‘आपूु धर्मनिरपेक्षतावादी’ भएको स्पष्टिकरण दिए । बाबुराम भट्टराई, केपी ओली, शेरबहादुर देउवाहरूलाई ८१ प्रतिशत हिन्दू जनताको विपक्षमा उभिन र धर्मनिरपेक्षताको वकालत गर्न निकै महत्वपूर्ण लाग्छ । देउवा, ओली, प्रचण्ड, भट्टराईहरू चर्च, मस्जिदमा गएर ‘टोपी र क्रस’को पक्षमा बोल्दा ‘धर्मनिरपेक्षता’मा कुनै आघात हुँदैन । आफ्नो कट्टरपन्थी विचार र क्रियाकलापका लागि वदनाम ‘इसाई-मुस्लिम’ले धर्मनिरपेक्षताको रक्षा कसरी गर्ला ? विश्वका ठूलाठूला विद्वानसँग यसको जवाफ छैन, तर नेपाली बाम-समाजवादीहरूसँग छ । तर, त्यो ती स्वयंले पनि पत्याउन सक्ने अवस्थामा छैन ।
निश्चय नै नेपाली नागरिकका रूपमा जुनसुकै धर्ममा विश्वास गर्ने र मान्नेप्रति कुनै पनि प्रकारको भेदभाव गर्नु हुँदैन । तर गणतन्त्रपछि खुलेका ७७३५ चर्चहरू र ३५८० वटा नयाँ मस्जिदहरूले नेपाली समाजमा ‘कट्टरपन्थ’ बढ्दैछ भन्ने प्रष्टसँग सङ्केत गरिरहेको छ । कुनै पनि रैथाने नेपालीले यहुदी, इसाई वा मुस्लिमहरूप्रति अपमान गर्ने, उहाँका पुजस्थलहरूमा क्षति पुऱ्याउने कल्पनासम्म गर्न सक्दैन । तर जब आफ्नै छिमेकको चर्च र मदरसा वा मस्जिदबाट प्रष्टरूपमा गालीगलौज गरेको, आराध्य तथा आराधना शैलीको आलोचना गरेको सुनिन्छ, त्यसले चित्त दुख्छ । गालीगलौज गर्नेहरूलाई ‘धर्मनिरपेक्षता’का नाममा राज्यले संरक्षण गरेको देखेपछि ‘हातमा दही जमाएर बस्ने’ अवस्था रहन्न । कट्टरपन्थीहरूको उग्र स्वभावको दोष हिन्दूहरूमा थोपर्ने राजनैतिक ‘धर्मनिरपेक्षता’वादीसँग हिन्दू जनसंख्या खुसी हुँदैन ।
नेपालको संविधानले धर्मपरिवर्तन गराउन पाइँदैन भन्छ तर सन् १९८६ सम्म केवल ४ वटा रहेका चर्च सन् २०२५ मा ७८७७ वटा पुग्छन् । यही गतिमा मस्जिद बढिरहेका छन् । आदिवासी-जनजातिहरूको आवरणमा हिन्दुधर्मलाई नै गालीगलौज गरिन्छ ।
अमेरिका, बेलायत र हालका दिनहरूमा भारतीय संचारमाध्यमहरूले पनि ‘उग्रपन्थी’हरूको नाम नै लिएर समाचार प्रसारण गर्न थालेका छन् । नेपालमा भने ‘दुई समुदाय’ भन्नेजस्ता काइते शब्दावली प्रयोग गरेर कट्टरपन्थीहरूलाई संरक्षण प्रदान गरिन्छ । एकातिर उग्रपन्थीहरूको कुनै धर्म हुँदैन भन्ने अर्कोतिर तिनै उग्रपन्थीहरूको बचाउँका लागि हिन्दुहरूलाई दोष दिने ! ‘देओप्र’हरूले यो कुरा नबुझेका होइनन् तर घृणावादीहरूलाई जोगाउनुपर्ने र ‘विशेष समुदाय’का मान्छेहरूको संरक्षण गर्नुपर्ने मानसिकता अचम्मको छ । विश्वास गरौँ, वर्तमान लोकतन्त्रको चिहान पनि यसै मानसिकताका कारणले खनिने छ ! ८१ प्रतिशत हिन्दुहरूको अपमान गरेर लोकतन्त्र सुरक्षित रहला भन्ने नसोचे हुन्छ ।
भारतमा मुस्लिम तथा इसाई आक्रान्तताले धेरै शताब्दिसम्म बूट बजारेको कारण र अंग्रेजहरूले शिक्षानीति नै ‘विभाजन गर र राज गर’ भन्ने लक्ष्यका साथ तयार गरेको हुँदा हिन्दुहरू विभाजित छन् । नेपालमा त्यस्तो परिस्थिति थिएन र छैन । नेपालीहरूको आफ्ना रैथाने आस्था र विश्वासप्रतिको स्वाभिमान मरेको छैन । गरिवीबाट मुक्ति पाइन्छ कि भनेर गणतन्त्र, लोकतन्त्र, राजतन्त्र वा अन्य तन्त्रहरूलाई स्वीकार गरेको हो । जुन मिति वा समयमा यी तन्त्रहरूप्रतिको विश्वास पूरै उठ्नेछ, त्यसैबेला हिन्दूहरूलाई हरदम दोषी देख्ने वर्तमान लोकतन्त्रको अन्त्य हुने छ । त्यसपछि कुन तन्त्र आउने छ भन्न सकिन्न, तर त्यो हिन्दूराष्ट्र पनि हुन सक्छ ।
नेपाली हिन्दुहरूको चित्त त्यसै दुखेको होइन । नेपालको संविधानले धर्मपरिवर्तन गराउन पाइँदैन भन्छ तर सन् १९८६ सम्म केवल ४ वटा रहेका चर्च सन् २०२५ मा ७८७७ वटा पुग्छन् । यही गतिमा मस्जिद बढिरहेका छन् । आदिवासी–जनजातिहरूको आवरणमा हिन्दुधर्मलाई नै गालीगलौज गरिन्छ । अल्पसंख्यकका नाममा निरन्तर हिन्दुलाई गालीगलौज गरिरहने एक व्यक्तिको लागि राज्यले कानुन नै फेरिदिन्छ, तर हिन्दुहरूको आस्था वा पूजास्थलहरू, प्रतिमानहरूको अपमान हुँदा राज्य चूप लाग्छ र घृणावादीहरूको पक्षपोषण गर्छ । पूर्वप्रम बाबुराम भट्टराई, पूर्वप्रम प्रचण्ड, पूर्वप्रम माधव नेपाल तथा वर्तमान प्रम ओली सबैले ‘चर्च’हरूको सेवा गरेका छन् । एउटा राजनैतिक व्यक्तिका लागि विभिन्न धार्मिक समूहहरूसँग समताको व्यवहार गर्नु उचित नै हो तर महाकालको दर्शन गरेर फर्केका प्रचण्डले ‘सफाइ’ दिनु निकै अनौठो तत्थ्य हो । युनिभर्सल चर्चको कार्यक्रममा समावेश भएकोमा नेपाल-ओलीले आत्मालोचना गरेका छैनन् तर हिन्दुहरूको अपमान नै गरेका छन् ।
नेपालीहरूको आफ्ना रैथाने आस्था र विश्वासप्रतिको स्वाभिमान मरेको छैन । गरिवीबाट मुक्ति पाइन्छ कि भनेर गणतन्त्र, लोकतन्त्र, राजतन्त्र वा अन्य तन्त्रहरूलाई स्वीकार गरेको हो । जुन मिति वा समयमा यी तन्त्रहरूप्रतिको विश्वास पूरै उठ्नेछ, त्यसैबेला हिन्दूहरूलाई हरदम दोषी देख्ने वर्तमान लोकतन्त्रको अन्त्य हुनेछ ।
आजको मितिमा नेपाल बिरामी छ । मिडियामा आएका भ्रष्टाचार, नातावाद, फरियावाद, झोलावाद तथा घृणावादीहरू र धर्मपरिवर्तनवादीहरूसँग सरकारको साँठगाँठ देखेर नेपालीहरू गम्भीर बिरामी पर्न थालेका छन् । देशको बढ्दो ऋण, जति कर तिरे पनि सुविधाको अभाव र आर्थिक असुरक्षाले मान्छे आत्तिएको छ । मनभित्र निकै तनाव छ भने बाहिरको दबाबले मन फुट्लाजस्तो भएको छ । राजनैतिक अवस्था र व्यवस्था हदैसम्म तरल हुँदैछ । युवाहरू कि पलायन हुँदैछन् या त राजनैतिक शक्तिहरूसँग ‘अन्तिम लडाइँ’को तयारी गर्दैछन् । आफ्नो आधारभूत आवश्यता पनि पूरा नहुने देखेपछि अन्तिम युद्ध ‘विद्रोह’ हो । राजतन्त्रतिरको झुकाव पनि यस्तै विद्रोहको संकेत हो । एकपटक मन र मानसिकता नै विद्रोही बनेपछि ‘राजतन्त्र, लोकतन्त्र, प्रजातन्त्र’ केही पनि बाँच्दैन । झोलावादको पूर्वाग्रहभित्र उपयुक्त विमर्शको कुनै मूल्य नै हुँदैन ।
हिन्दुहरूको माइन्ड–सेट नै उदारवादी र वैचारिक रूपमा सबैलाई ‘स्वीकार’ गर्ने हुँदा हिन्दूहरूले ‘छोड यार’ भन्दै बेवास्ता गरेको अवस्था छ । सधैं यस्तै रहन्छ भन्ने छैन । कांग्रेस, एमाले, माओवादीजस्ता दलका सदस्यहरू हिन्दू नै छन् र ती धेरै छन् । जुन दिन हिन्दुहरूले आफ्नो अस्मिता र पहिचानसँग अनुचित ब्यवहार गरेको ‘अनुभूति’ गर्छन्, त्यो दिन वर्तमान प्रणालीलाई धेरै नै गाह्रो हुनेछ । हिन्दुहरूले समाजवाद, मार्क्सवादजस्ता ट्यागहरू निकालेर फाल्नेछन् । त्यसबखत पार्टीका ह्वीपहरूले काम गर्ने छैनन् । झुक्ने बानी नभएको नेपालीले ‘झोलेवाद’को त्याग गरेर आफ्नो पहिचान खोज्न थाले भने सत्तामा बसेर ‘धर्मनिरपेक्षता’को नाममा हिन्दुहरूलाई गालीगलौज गर्नेहरू समाप्त हुनेछन् । ‘अल्पसंख्यकलाई माया गर्नु भनेको हिन्दुहरूलाई अपमान गर्नु हो’ भन्ने वर्तमान राजनैतिक सोचको आयु छोटो हुँदैछ ।
सबैको सहने क्षमताको सीमा हुन्छ । सीमा समाप्त हुँदासाथ पड्किन्छ । कट्टरपन्थी, घृणावादी र राजनैतिक शक्तिहरूका बीचको प्रत्यक्ष गठबन्धनले नेपालका रैथाने शक्तिहरू आहत भएका छन् । मर्का परेपछि मान्छेसँग विकल्प रहन्न । आफ्नो मौलिक संस्कृतिमा निरन्तर प्रहारले हिन्दुहरू आहत भएका छन् । हिन्दुहरू विस्फोट हुँदा बाम-समाजवादका सबै सीमाहरूको अन्त्य हुनेछ । समयमा नै उचित ब्यवस्थापन गरौँ, विस्फोट र त्यसले निम्त्याउने परिवर्तन घृणावादीका लागि पथ्यकर हुने छैन र यस्तो विस्फोटले द्वन्द्व बलियो बनाउने छ किनभने ८१ प्रतिशत हार्ने जनसंख्या होइन । ‘उठ, जाग र आफ्नो श्रेष्ठ कर्तव्यलाई स्वीकार गर’ भन्ने वैदिक आह्वान आज पनि सान्दर्भिक छ ।
झुक्ने बानी नभएको नेपालीले ‘झोलेवाद’को त्याग गरेर आफ्नो पहिचान खोज्न थाले भने सत्तामा बसेर ‘धर्मनिरपेक्षता’को नाममा हिन्दुहरूलाई गालीगलौज गर्नेहरू समाप्त हुनेछन् ।
भारतीय राजनीतिझैँ आजको नेपाली धर्मनिरपेक्षताले केवल बहुसंख्यक हिन्दुहरूलाई ‘धर्मनिरपेक्ष’ रहेर अल्पसङ्ख्यकको घृणा र राजनैतिक शक्तिहरूको घोचपेच सहनुपर्ने सल्लाह दिन्छ । संविधानमा लेखिएको समानता र अधिकारको प्रत्याभूति हिन्दुले दिनुपर्ने ‘माइन्ड–सेट’ राजनैतिक वृत्तमा छ भने अल्पसंख्यकको श्रेणीमा भएका व्यक्ति वा समुदायले बहुसंख्यकविरुद्ध जस्तोसुकै अपराध गरेपनि राज्यले आँखा चिम्लिन्छ भने हिन्दुहरूले सानो रक्षात्मक प्रतिक्रिया दिँदासमेत ‘धर्मनिरपेक्षताको सम्मान गर्न र अल्पसंख्यकको अधिकारको पक्षमा उभिन’ मिडिया-उपदेशहरू बर्सिन थाल्छन् । देश, राष्ट्र, समाज, संस्कृति, धर्मनिरपेक्षता, सहृदयताप्रति अल्पसंख्यकको कुनै उत्तरदायित्व हुँदैन ।
जब पूर्वप्रम प्रचण्डले महाकाल मन्दिरको दर्शन गरे, नेपालको धर्मनिरपेक्षतावादी मिडिया र घृणावादलाई मलजल गर्ने ‘बुद्धिजीवी’हरू उनका विरुद्ध सक्रिय देखिए । पत्नीको बिमारीबाट दुःखी प्रचण्डले धर्मनिरपेक्षता र अल्पसंख्यक विरोधी नभएको स्पष्टीकरण दिनु पऱ्यो । तत्कालीन मीडियाहरू गुगलमा सर्च गरे पुग्छ तर जब यिनै प्रचण्ड, ओली, नेपाल, भट्टराईहरू चर्च वा मस्जिदमा हाजिरी लगाउँछन्, धर्मनिरपेक्षताको सवालमा गरिन्न । पहेँलो टोपी हिन्दु कट्टरपन्थको सम्मान तर बिर्के टोपी धर्मनिरपेक्ष ! क्या गजवको भाष्य छ – नेपाली बुद्धिजीवी र सेक्युलर मिडियाहरूको ! हुन त प्रचण्ड आफै ती पात्र हुन् जसले आरम्भ गरेको तथाकथित ‘जनयुद्ध’मा हिन्दु धार्मिक आस्थाहरू, प्रतीकहरूप्रति खुला आक्रमण गरिएको थियो । यसको अर्थ, मस्जिद र चर्चमा आक्रमण गर्नु पर्थ्यो भन्ने कदापि होइन ।
अन्त्यमा, यदि कसैले हिन्दुहरूको अपमान गरेर सधैं सत्ताका टिक्न सकिन्छ भनेर विश्वास गर्छ भने त्यो गलत छ । जुनसुकै पार्टी वा मतमा लागेपछि जब मनमा चोट लाग्छ, त्यसले ‘झोलावाद’को अन्त्य गरिदिन्छ । अल्पसंख्यकको सम्मान गरौँ तर हिन्दुहरूलाई अपमान नगरौँ । कुनै पनि वैदिक सनातनी हिन्दूले ‘हातमा दही जमाएर बसेको छैन ।’ ‘अति गरे खति हुन्छ’ भन्ने उखानको सम्मान गरौँ ।
स्वस्त्यस्तु !
प्रतिक्रिया