आजको पञ्चाङ्ग एवम् राशिफल (२५ फागुन २०८१ आइतबार, ९ मार्च २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ फागुन २०८१ आइतबार, ९ मार्च २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ फाल्गुण २५ गते तद्अनुसार सन् २०२५ मार्च ९ तारिख फाल्गुन शुक्ल पक्षको दशमी तिथि १०ः४६ पर एकादशी तिथि आइतबार पुनर्वसु नक्षत्र सौभाग्य योग वणि करण आनन्दादिमा ध्वज योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२२ मा भयो र सूर्यास्त साँझ १८ः८ मा हुनेछ ।

आजको राशिफल

मेष – रमाइलो दिन छ । महत्वपूर्ण काम बन्नाले सुखको अनुभव हुनेछ । धनलाभको योग छ । विशेषगरी पशुधनबाट राम्रै फाइदा हुने देखिन्छ । यात्रागत कार्य सफल रहनेछ । आरोग्यता र अनुकूलता वृद्धि हुनाले रोकिएको काम सुचारु हुने योग छ । इष्टमित्र आफन्तजनको सहयोग प्राप्त हुनेछ ।

वृष – शुभ समाचार प्राप्त हुने एवम् शान-समृद्धि बढ्ने समय छ । महत्वपूर्ण काम बन्नाले सुखको अनुभूति होला । नोकरीमा दिन सामान्य रहने छ । अनेक किसिमका फाइदा हुने तथा अप्रत्याशित लाभ हुने योग छ । बौद्धिक र रचनात्मक काममा प्रगति होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । आफन्तजनको साथले उत्साह वृद्धि होला ।

मिथुन – दिन केही चुनौतीयुक्त रहने देखिन्छ । नियमित काममा समस्या देखिने तथा अनेक किसिमका झमेलामा परिने सम्भावना छ । खर्च बढ्ने, साथीभाइको सम्बन्धमा चिसोपन आउने योग रहेकोले सतर्कता अपनाउनु उचित हुनेछ । स्वास्थ्य सबल रहनेछ । बौद्धिक कर्मले सुखद परिणाम दिनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट – ब्यवहार र विचारले धेरैलाई आकर्षण गर्ने समय छ । परोपकारका काममा मन जाला । धनआर्जनको दृष्टिले राम्रो दिन छ । आरोग्यबल बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनाले लक्ष्यप्राप्तिमा सहजताको अनुभूति होला । रसराग एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।

सिंह – पारिवारिक सुखशान्ति बढ्नुको साथै नियमित कार्यमा सफलतमा मिल्ने समय छ । बौद्धिक कार्यमा विशेष काममा सफलता मिल्नेछ । अनौठो तरिकाले कमाइ भइ मन खुशी रहने देखिन्छ । रमाइलो यात्राको योग रहेको छ । यात्रागत कार्यबाट राम्रै परिणाम प्राप्त होला । रसरागमा आकर्षण रहनेछ । विपरीतलिंगीको साथ मिल्ला ।

कन्या – मिश्रित फलदायी समय छ । अचानक कमाइ हुने तथा आयबल बढ्ने देखिन्छ । टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । शुभता बढ्नाले जस्तोसुकै समस्या पनि समाधान भएर जाला । कार्यगति बढ्नेछ । यात्रागत कार्यमा सफलता ििमल्नेछ । आफन्तको साथ प्राप्त होला ।

तुला – कर्मबल वृद्धि भएपनि आजको दिन नसोचेको ठाउँमा खर्च हुन सक्छ । ब्यर्थको खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । नियमित कार्यमा सफलता नै देखिन्छ । तथापि, गरेका कामबाट ठूलो उपलब्धि लिन सकिंँदैन, समयको ब्यर्थ नाश भएको अनुभूति हुनसक्छ ।

वृश्चिक – अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला, तर सुखको अनुभव हुने देखिन्छ । आफन्तमिलनले सुख दिने समय छ । रोकिएको काम अथक मिहिनेतले बन्नेछ । सामर्थ्य वृद्धि हुनेछ । आरोग्यबल बढ्नेछ भने मिष्ठान्न भोजनको अवसर जुर्ला । सुख–सुविधाको वस्तु खरिदमा खर्च बढ्न सक्छ । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

धनु – स्वास्थ्यमा केही कमजोरी अनुभव भएपनि आजको दिन श्रद्धा र परोपकारमा मन जानेछ । खर्चभन्दा कमाई नै बढी होला । अध्ययन तथा अध्यापन कार्यमा राम्रो प्रगति हुनेछ । दौडधुप केही बढ्न सक्छ, तर धनलाभ हुने देखिन्छ । गीतसंगीत एवम् रसरागात्मक कार्यमा विशेष आकर्षण रहनेछ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ ।

मकर – मनोरञ्जनात्मक तरिकाबाट काम बन्ने दिन छ । प्रेमभाव बढ्नेछ भने विपरितलिङ्गीको हौसलाले मन रमाउनेछ । दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । मिठो भोजन र धनप्राप्तिको योग छ । ब्यस्ततासँगै सफलताको दर पनि बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ । खेलकूद, भ्रमण तथा मनोरञ्जनात्मक क्रियाकलापमा विशेष मन जानेछ ।

कुम्भ – आजको दिन केही प्रतिकूल भएकाले काममा बाधाहरुका सामना गर्नुपर्ने देखिन्छ । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिलामा पर्न सकिने योग रहेकोले बोली, व्यवहार र कार्यशैलीमा अत्यन्त सजगता अपनाउनुहोला । वादविवादबाट बच्न चनाखो रहनुपर्नेछ । बिहान काम बन्नेछ भने बेलुका सामान्य तनाव हुने देखिन्छ । तथापि, सामर्थ्य कायम रहनेछ

मीन – केही सुख केही दुःखको अनुभूति हुने तथा मिश्रित फलदायी समय छ । नोकरीमा झमेला ब्यहोर्नु पर्ला । पेशागत रुपमा समस्या देखिनसक्ने योग छ । आरोग्यबल बढ्नेछ । आफन्तजनको साथ मिल्नेछ । लेखन तथा प्रकाशनसित सम्बन्धित कार्य सार्थक रहला । साझेदारीको काम बन्नेछ । मनमा विलासको भाव पैदा हुनेछ ।