आजको पञ्चाङ्ग एवम् राशिफल (२९ फागुन २०८१ बिहीबार, १३ मार्च २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२९ फागुन २०८१ बिहीबार, १३ मार्च २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ फाल्गुण २९ गते तद्अनुसार सन् २०२५ मार्च १३ तारिख बिहीबार फाल्गुण शुक्ल पक्षको चतुर्दशी तिथि १०ः३२ पर पूर्णिमा तिथि पूर्वाफाल्गुणी नक्षत्र धृति योग भद्रा करण आनन्दादिमा गद योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१८ मा भयो र सूर्यास्त साँझ १८ः११ बजे हुनेछ । पूर्णिमा व्रत, राति भद्रान्तमा चीरदाह, पहाडी जिल्लामा होली, थकाली तोरन्ल पर्व ।

आजको राशिफल

मेष – धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । पारिवारिक भेटघाटको योग छ । टाढिएका आफन्तहरू नजिकिनेछन । विशेष सभा-समारोहमा भाग लिने मौका जुर्ला । रोकिएको काम बन्नेछ । दैनन्दिन कर्ममा अनुकूलता वृद्धि हुने देखिन्छ ।

वृष – विभिन्न अवसरले पछ्याउनेछन्, हिम्मतले काम लिने समय छ । व्यापार-व्यवसायमा लगानी बढाउन सकिनेछ । पढाइलेखाइमा प्रगति होला । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान हुनेछ ।

मिथुन – परिवारिक सुख वृद्धिका कारण उत्साह बढ्ने समय छ । आफन्तको साथ मिल्नेछ । आत्मीयजनसँग भेटघाट होला । साजसज्जा एवम् वागबगैंचा सम्बन्धी कर्यमा विशेष आकर्षण रहनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । मित्रजनसँग आत्मीयता बढ्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने योग छ । बुद्धिको सही उपयोगले प्रतिष्पर्धीलाई परास्त गर्न सकिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कर्कट – मिश्रित फलदायी समय छ । कामका केही राम्रा अवसर फुत्कने सम्भावना छ, सजग रही मौकाको लाभ उठाउने प्रयत्न गर्नुहोला । कृषि तथा पशुपालनमा खासै लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । खर्च बढ्नाले आर्थिक अभावले सताउने योग छ । प्रेम र मित्रताको बन्धन कसिएला । विपरीतलिंगीको सहयोगले काम बन्नेछ । आरोग्यता रहनेछ । रसरागको भाव जागृत होला ।

सिंह – बौद्धिक प्रभाव बढ्नुका साथै कामका विभिन्न अवसर पाइने समय छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम अघि बढाउन सकिनेछ । ज्यादा मिहेनत नगरी विभिन्न कार्य सम्पादन गर्न सकिने योग छ । धैर्यले काम लिने प्रयत्न गर्नु अझ हितकर हुनेछ । मित्रजन एवम् नाता-कुटुम्बको सहयोग प्राप्त हुनेछ । रसराग तथा मनोरञ्जनात्मक क्रियकलपमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ ।

कन्या – श्रमको उचित मूल्यांकन हुनुका साथै दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । रोकिएका काम सुरु हुनेछन । सन्तानपक्षबाट सुख मिल्ने योग छ । कृषि तथा पशु व्यवसायबाट पनि सामान्य लाभ हुने देखिन्छ । प्राकृतिक पर्यावरणमा रमाइएला । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । मित्रता र प्रेमको बन्धन कसिएर जाला । आरोग्यबल वृद्धि होला । कार्यगति बढ्नेछ ।

तुला – समय सुखदायी नै छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । लाभदायी यात्राको योग छ । पठनपाठनमा प्रगति होला । क्षमता-प्रतिभा प्रदर्शन गरेर अरुको मन जित्न सकिनेछ । लाभदायीे यात्राको प्रक्रिया अघि बढ्ने देखिन्छ । धनलाभको योग छ । बौद्धिक तथा रचनात्मक कार्यमा विशेष सफलता मिल्नेछ । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

वृश्चिक – धेरै परिश्रमबाट कममात्र लाभ मिल्ने दिन छ । व्यक्तिगत एवम् घरखर्च पनि बढ्न सक्छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग रहे पनि समाधान भने हुने नै छ । तपाईंको विचारलाई धेरैले मन पराउनेछन् । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ ।

धनु – धेरैको भलाइ हुने काम गर्न सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । कर्मबल बढ्नेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । स्वास्थ्यगत समस्याले भने सामान्य सताउन सक्छ, सचेत रहनुपर्नेछ । रोकिएका काममा दोहोऱ्याएर प्रयास गर्दा पूर्णता मिल्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्ने दिन छ । रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । भाग्यबल बढ्नेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्न सकिनेछ । तार्किक क्षमता बढ्नेछ भने बुद्धि-विवेकको प्रशंसा हुनेछ । पढाइलेखाइमा प्रगतिको योग छ । शत्रुपक्ष परास्त हुनेछ । बौद्धिक एवम् रचनात्मक कार्यमा विशेष सफलता मिल्ने देखिन्छ ।

कुम्भ – आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिने समय छ । ब्यस्तता बढेपनि अवसरले पछ्याउने छन् भने बोलीको प्रभाव पनि बढ्ने देखिन्छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका जुर्ला । चिताएको काम बन्ने र धनलाभ हुने योग छ । रमाइलो स्थान भ्रमणको सम्भावना छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्नेछ ।

मीन – आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । पुरानो समस्या बल्झिएर झमेला आइलाग्न सक्छ । पारिवारिक समस्याहरू देखापर्ने योग छ । दाम्पत्य सम्बन्धमा केही नराम्रो होला, सजग रहनुहोला । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ । तथापि, साझेदारीको काम बन्ने तथा खर्च लागे पनि दिगो फाइदा हुने योजनामा लगानी गर्ने अवसर जुट्न सक्छ । समस्यासँग जुध्ने सामर्थ्य कायम रहला । आफन्तको साथ मिल्नेछ ।