युक्रेनका लागि युद्धविराम ‘राहत’ मात्र हुने !

युक्रेनका लागि युद्धविराम ‘राहत’ मात्र हुने !


पुटिनका एक उच्च तहका सहयोगीले रुस र युक्रेनबीच युद्धविरामका लागि अमेरिका-युक्रेनी प्रस्तावको आलोचना गर्दै यसले युक्रेनी सेनाका लागि ‘राहत’ मात्र हुने प्रतिक्रिया दिएका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जसँग फोनमा कुरा गरेपछि पुटिनका विश्वासप्राप्त युरी उशाकोभले सरकारी सञ्चारमाध्यमसँग भनेका छन्, ‘यो युक्रेनी सेनाका लागि अस्थायी ‘विश्राम’ बाहेक अरू केही हुनेछैन ।’

रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार सम्भवतः थप विशिष्ट र ठोस आँकलन गर्ने प्रतिक्रिया दिँदै उशाकोभले रुसले ‘दीर्घकालीन शान्तिपूर्ण समाधान’को लक्ष्य राखेको र यसले रुसको ‘वैध हित’ सुरक्षित गर्ने बताए ।

‘हामी त्यसैका लागि प्रयासरत छौँ । साथै, शान्तिपूर्ण कदमको नक्कल गर्ने कुनै पनि कदम अहिलेको परिस्थितिमा कसैलाई पनि आवश्यक छैन भन्ने मलाई लाग्छ’, उनको भनाइ छ ।

वासिङ्टनले मस्कोलाई तीनवर्षे द्वन्द्वलाई ‘बिनाशर्त’ रोक्न दबाब दिइरहेका बेला अमेरिकी वार्ताकारहरू युक्रेनमा ३० दिने युद्धविरामको आफ्नो योजना प्रस्तुत गर्न बिहीबार (१३ मार्च) रुस पुगेका छन् ।