✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ चैत्र ९ गते तद्अनुसार सन् २०२५ मार्च २२ तारीख शनिबार चैत्र कृष्ण अष्टमी तिथि मूल नक्षत्र व्यतिपात योग बालव करण आनन्दादिमा गद योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः८ मा भयो र सूर्यास्त साँझ १८ः१५ मा हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा, शीतलाष्टमी, जलदिवस वासेरा ।
आजको राशिफल
मेष – आजको दिन केही चुनौतीयुक्त रहला । कामहरु सजिलोसँग नबन्ने, बनिहाले पनि मेहनतअनुसारको फल नपाइने देखिन्छ । स्वास्थ्यमा केही समस्या आउन सक्छ, सजगता अपनाउनु होला । नियमित कार्यमा पनि बाधा आउनुका साथै आर्थिक हानी हुने योग छ । मित्रहरूसँगको सम्बन्धमा चिसोपन आउे सम्भावना छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
वृष – प्रयासअनुसारको कार्य-सफलता मिल्नुका साथै आइपरेका समस्याहरूको समाधान हुने समय छ । मित्रजनसँगको भेटले मन रमाउने योग छ । नियमित कार्यमा जाँगर बढ्नुका साथै आफन्तले पनि सहयोग गर्नाले रोकिएका कामहरु बन्नेछन । आर्थिक कारोबार सकारात्मक परिणामदायी रहला । मिठो भोजन प्राप्त हुनेछ । पारिवारबाट मिलेको सहयोग प्रेरणादायी रहनेछ । आफन्तको साथले उत्साह बढ्नेछ ।
मिथुन – समस्याहरु आफै किनारा लाग्ने दिन छ, धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रमका परिणामहरू उत्साहवर्द्धक रहनेछन् । अर्थलाभ र प्रगतिको प्रशस्त सम्भावना देखिन्छ । रमाइलो यात्रा पनि होला साझेदारीको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ । सभा–समारोहमा मान मिल्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
कर्कट – यात्रागत कार्यको लागि उचित समय रहेको छ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ला । घरपरिवार एवम् मित्रजनबाट सुखशान्ति मिल्नेछ । काममा चुनौतीका बाबजुद साहस बढ्नेछ । प्रेमभाव वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहनेछ ।
सिंह – मिश्रित फलदायी समय छ । सफलता र असफलताको बराबर अनुभूति होला । नियमित कार्यमा सोचेअनुरुप परिणाम प्राप्त नहुने र लेनदेनमा समस्या पैदा हुने देखिन्छ । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनसक्छ । खर्च पनि केही वृद्धि हुने योग छ, अनावश्यक खर्च नियन्त्रणको प्रयास गर्नु हितकर हुनेछ । सन्तान पक्षबाट सुख बढ्नेछ । आरोग्यता रहनेछ ।
कन्या – आँटेगरेका काम पूरा हुनुका साथै जटिल समस्याको समाधान मिल्ने समय छ । तर, नियमित कर्ममा खासै जाँगर चल्नेछैन । प्रेम प्रसंगमा बिग्रेको सम्बन्धमा केही सुधार आएपनि मानसिक तनाव कायम रहन सक्छ । व्यस्तता वृद्धि हुनेछ । खर्च पनि केही बढ्ने देखिन्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – लाभदायक समय छ । अर्थिक क्रियाकलापमा प्रगति हुनुका साथै व्यवसायमा विशेष फाइदा हुनेछ । पारिवारिक सुख मिल्नुका साथै आत्मबल वृद्धि होला । ब्यापारमा सोचेअनुरुपकै फाइदा मिल्ने देखिन्छ । शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । यशवर्चश्व बढ्नेछ ।
वृश्चिक – आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । नियमित कार्यमा जाँगर चलेपनि अन्य क्रियाकलापमा खासै मन नजाने देखिन्छ । प्रयास गरे अधुरा कामहरु बन्नेछन् । रुपैयाँपैसाको कारोबार हुने योग छ । सुख–सुविधाको वस्तुमा खर्च हुनसक्छ । खर्च नियन्त्रणका लागि विशेष सजगता अपनाउनु उचित हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।
धनु – समय खासै राम्रो नहुनाले अनावश्यक वादविवाद हुने, मन भयभित रहने हुन सक्छ । इमानदार प्रयासका बाबजुद कामहरु अधुरै रहन सक्छन् । स्वास्थ्यले पनि खासै साथ नदिन सक्छ । वादविवादको सम्भावना रहेकोले संयमता अपनाउनु हितकर हुनेछ । हरेक कदममा सावधानी अपनाउनु उचित हुनेछ । बौद्धिक एवम् रचनात्मक क्रियाकलापमा मन जाने दिन छ ।
मकर – ब्यस्तता र चुनौती बढ्ने समय छ । पारिवारिक खटपट निम्तिनुका साथै व्यवहारिक समस्याले सताउने सम्भावना छ, सजगता अपनाउनु उचित होला । आँटेका कामहरु अधुरै रहनाले खिन्नता बढ्न सक्छ, धैर्यको दरकार छ । आफन्त र मित्रजनबाट खासै सहयोग पाइने छैन । खर्च वृद्धिको योग छ । लेखन तथा प्रकाशनसित सम्बन्धित काममा भने प्रगति हुने देअिन्छ । साझेदारीको काम बन्नेछ ।
कुम्भ – आजको दिन रमाइलोको साथ बित्ने देखिन्छ । रोकिएका कामहरु प्रयास गर्दा पुरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुनेछ । घरायसी मामलामा परिवारजनसँग सुमधुर सम्बन्ध कायम हुनेछ । केही नयाँ काम थाल्न सकिनेछ । धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउला । आयबल बढ्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मीन – सामाजिक कार्यमा संलग्न हुनुपर्नेख समय छ । सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुने देखिन्छ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा होला । दान पुण्यका कार्यमा मन जानेछ । नयाँ योजनाका लागि साथीभाइसित छलफल हुनुका साथै संवादले धनलाभको बाटो पत्ता लाग्ने योग छ । कर्मबल बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
प्रतिक्रिया