ज्ञानेन्द्र शाहको जबर्जस्ती ‘खलनायकीकरण’मा देशी-विदेशीबाट लाभ लिएका, फन्डिङ लिएकाबाट एकोहोरो रटान हुँदा पनि राजाको स्वागतमा देशभरजसो मान्छे उर्लंदा निभ्न लागेको बत्तीजस्तो अभिव्यक्ति नेताहरूबाट आएको पाइन्छ । बीपीले आफ्नो कमजोर अवस्थामा राष्ट्रिय मेलमिलापको नीति लिएर राजासँग हात बढाएझैँ अब राजासहितको प्रजातन्त्रमा देश जाँदा सबैको कल्याण हुने देखिन्छ ।
✍ कमल बहादुर महत
सनातनदेखि चलिआएका हाम्रा धार्मिक ग्रन्थहरूले राजसंस्थालाई भगवान्को अवतारको रुपमा लिएको पाइन्छ । जीवित कुमारीलाई राजाले पूजा गर्ने चलनलाई शाहवंशीय राजाहरूले निरन्तरता दिएको त्यसैले नै हो । जयप्रकाश मल्ललाई तलेजु भगवतीसँग पासा खेल्दा तलेजु भगवतीले राज्य सञ्चालनमा सल्लाह दिनेगरेको मिथक पनि छ ।
काठमाडौं मन्दिरहरूको शहर थियो, भलै आजकल कंक्रिटको अव्यवस्थित शहरमा रुपान्तरण भएको छ । यो देशमा मानिसहरू ढुंगा-ढुंगामा देउता मानेर विश्वास गर्छन् । त्यसैले त राजसंस्थालाई बदनाम गर्नेहरूले राजसंस्थालाई विष्णुको अवतार मान्न सकिँदैन भनी बदनाम गर्दछन् । हातमा करोड रूपैयाँ मूल्य पर्ने घडी पहिरिने ‘सर्वहारा’ र ‘समाजवादी’हरू छ्यापछ्याप्ती भएको देशमा मानिसहरू स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकताहरूको व्यापक निजीकरण गरिएको अनौठो दृष्टान्त यहीँ छ ।
सन् २००७ मा हिन्दुस्तान टाइम्समा छापिएको समाचारमा नेपाल सरकारले संगठित अपराधी ग्याङ्ग र भारतविरोधी धारणा बढिरहेको सन्दर्भमा नेपालका मारवाडी समुदायले चासो व्यक्त गरेको समाचार प्रकाशित गरेको थियो । जसमा श्री एयरलाइन्सका मालिक बनवारीलाल मित्तललाई उद्धृत गर्दे पहाडी समुदायको मानिस अपहरण भएमा मिडियाले हङ्गामा मच्चाउने तर मारवाडी समुदायको मानिस अपहरणमा परेमा कसैले एक्सन लिँदैनन् भन्ने समाचार छापेको छ । मारवाडी समुदायका व्यक्तिहरू सीमाक्षेत्रमा अपहरणमा पर्दा विहार र उत्तर प्रदेशका ग्याङ्स्टरलाई दोष लगाउने गरेकोमा काठमाडौं जस्तो सुरक्षित शहरमा पनि त्यस्तो हुनु उनीहरूको चासोको विषय भएको उनीहरूले माग उठाएका छन् ।
नेपालका एकमात्र अर्बपति विनोद चौधरी जो त्यतिबेला एफएनसिसिआईका अध्यक्ष पनि थिए– नेपालगंजमा क्रिसमसपछि भएको पहाडे र हिन्दू समुदायको नेपाल सद्भावना पार्टीको संविधानमा तराईवासीहरूको भावनाको प्रतिनिधित्व भएन भनी बन्द आह्वानपछि फैलिएको हिंसामा सयभन्दा बढी ज्यादाजसो मारवाडी समुदायको पसलहरू तोडफोड भएको दाबी गरेका थिए ।
जुम्लामा पनि बाहिरका व्यापारीहरूको अस्वस्थ्य प्रतिस्पर्धा देखिन्छ ।
यसरी काठमाडौंमा पनि रैथाने व्यापारीहरू बाट व्यापार, मिडिया, धर्मशाला मारवाडी लगायतले हात पारेको देखिन्छ । नेपाल इन क्राइसिस पुस्तकमा नेवार व्यापारीहरूबाट मारवाडीहरूले हात पारेको व्यापार वा मलेशियामा एकबेला प्रतिबन्धित पुस्तक मले डिलेमाले रैथानैहरूप्रति बाहिरको एट्याक महाथिर मोहम्मदले विश्लेषण गरेकै छन् ।
कर्णालीप्रति कर्णालीबाटै नेपालका अरु क्षेत्र र नेपाल बाहिर गएकाहरूको एकखाले पूर्वाग्रहपूर्ण धारणा, प्रवृत्ति छ । हालै एमाले सांसद रघुजी पन्तले जुम्लाबाट संसदमा प्रतिनिधित्व गरेका सांसद ज्ञानेन्द्र शाहीलाई ‘इतिहास पढेर आउनु’ भनेको सन्दर्भमा नवीन क्षेत्री भन्ने एक फेसबुक प्रयोगकर्ताले ज्ञानेन्द्र शाहीको फेसबुक कमेन्टमा त्यस्तै एटिच्यूड देखाएका छन् । उनी लेख्छन्– ‘ज्ञानेन्द्र राउटे नजन्मिँदै पञ्चायत ढल्यो, राजतन्त्र ढल्यो । राउटेले राजारानीको कथा पढ्यो, बिष्णुको अवतार झैँ बुझ्यो । जुम्लामा कट्टु लाउन नपाएको राउटे कागताली परेर सांसद बन्यो, अहिले आफूलाई राजा समान सम्झेर हाहाहोहो गर्छ । घरकी बुढी थला परेर अस्पताल बसेको २ वर्ष भो तर अरुलाई आफू अविवाहित भएको झाँसा दिँदै हिँड्छ ।’
यसरी हाल मदिराले बिग्रे तापनि घुमन्ते समूहको पहिचान पाइरहेका राउटे समुदायप्रति अपमानित गर्ने भाषा किमार्थ उपयुक्त होइन नै । उनीहरूले शाही आफनो थर भने भन्दैमा त्यसो गर्नु राउटे समुदायहरूको अपमान हो । हाल राउटेहरूलाई विदेशी सहयोग जस्तै सिभिलाइज्ड मिशन चलिरहेको छ नै ।
जाजरकोट जिल्लामा रहेर विद्यावारिधि गरेकी मानवशास्त्री जाना फोर्टियर (२००९) ले किंग्स अफ फरेष्ट पुस्तक मार्फत् राउटेहरूका धेरै सकारात्मक पक्षहरू उजागर गरेकी छन्, जुन हामी सभ्य समाजका भनाउँदाले सिक्न जरुरी छ । हामी एक जमानामा सबै राउटेजस्तै घुमन्ते फिरन्ते थियौँ अनि त हालको चिनीरोग जस्तो समस्या आविष्कार नै भएको थिएन । जुन कथित सिभिलाइज्ड समाजको अंगझैँ हुन पुगेको छ । एउटा जनस्वास्थ्य विज्ञले त खुला ठाउँको अभावमा लन्डनलाई मोटोपनाको राजधानी नामकरण गरेकी छन् ।
वीरेन्द्रनगर, जुम्ला, काठमाडौंमा हामीले आधुनिक, विकसित हुने नाममा खुला ठाउँ व्यापक मात्रामा अतिक्रमण गरेका छौं, त्यसको परिणाम त हामीले भोग्दैछौँ तर चेत्ने नामोनिसान देखिँदैन ।
भलै मैले हालैमात्र वीरेन्द्रनगर बजारमा राउटे महिलाहरूलाई पसल पसलमा सहयोगको लागि गएको देखे । उनीहरूमाथि दुर्व्यवहारको अन्त्य, उनीहरूको आवश्यकताको आधारमा सहयोग न कि दातामुखी सहयोग अनि जथाभावी डिजिटलाइजेशनको काम पनि बन्द गर्नुपर्ने देखिन्छ । उनीहरूलाई हामीले बाँच्न दिनुपर्छ, गायिका विष्णु माझीको पछिल्तिर मिडिया हात धोएर लागेजस्तो लाग्न हुँदैन ।
केपी शर्मा ओलीले सन् २०२० मा भारतीय खुफिया एजेन्सी र का प्रमुख सामन्त गोयललाई मध्यरातमा प्रधानमन्त्री निवास बालुवाटारमा भेटेका थिए । जसको लागि गोयल विशेष विमानमार्फत् काठमाडौं आएका थिए । साह्रै गोप्य भनिएको भ्रमण पनि पछि मिडियामा कुरा चुहियो ।
नेपालमा नेताहरूले फोन अफ् गरेर वा पर्सनल सेक्युरिटी अफिसरलाई छलेर पनि विदेशी खुफिया एजेन्सी लगायतबाट बच्न गोप्य भनिएका भेटघाट, सरकार ढाल्ने, बनाउने खेल खेल्ने गरेका नै छन् ।
त्यस्तै वाईड बडी काण्डले नेपालमा भ्रष्टाचारका डिलको अन्तर्राष्ट्रियकरण भएको छ जसको जश हाम्रा नेता लगायतलाई दिनैपर्छ ।
हातमा करोड रूपैयाँ मूल्य पर्ने घडी पहिरिने ‘सर्वहारा’ र ‘समाजवादी’हरू छ्यापछ्याप्ती भएको देशमा मानिसहरू स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकताहरूको व्यापक निजीकरण गरिएको अनौठो दृष्टान्त यहीँ छ ।
भारतले २०७२ को संविधान जारी गर्न विभिन्न नेताहरूसँग इन्गेजमेन्टमा रहेको भारतीय नेता सुषमा स्वराजले उल्लेख गरेकी छन् । भारत २००७ सालदेखि विस्तारै नेपाललाई आफ्नो मुट्ठीमा कस्ने दाउमा छ । जसको लागि राजसंस्था बाधक हुने उनीहरूको एसेसमेन्ट छ ।
नेपाललाई अन्यत्र हतियार किन्न बन्देज लगाउने दिल्लीले हालै अमेरिकी राष्ट्रपतिलगायत ट्रम्प प्रशासनले अब रुसबाट भारतले किन्दै आएको हतियार अमेरिकाबाट किन्नुपर्छ भनेकोमा कोअर्सिभ डिप्लोमेसी कसरी भन्न मिल्ला र !
नेपाललगायत दक्षिण एशियामा हिमालयान सुरक्षा छाता, कालापानीमा भारतीय सेना, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सुरक्षा चेकजाँच, राति सुतेको नेपाली भोलिपल्ट भारतीय भूमिभित्र हुने, कन्चनपुरमा गोविन्द गौतमलाई गोली हानेर मार्ने जस्तो दर्जनौँ कोअर्सिभ डिप्लोमेसीले उसलाई छिमेकीहरूमाझ अविश्वसनीय बनाएको छ नै । भारतमा कसैको हत्या भएमा रानी ऐश्वर्यतर्फ औंलो सोझ्याउने अनि तराईका नेताहरूलाई लालु यादवले प्लाष्टिकको कुर्सीमा गरेको भव्य स्वागत पनि चाखलाग्दो छ नै ।
हामी जति उफ्रे पनि हाम्रो उफ्राइ केही होइन भनेजस्तो मुख्यमन्त्री वा भारतको एक प्रान्तजति पनि हैसियत नदिएको हामीलाई दिल्लीको व्यवहारले देखाएको छ ।
आए सत्ता गए सामन्ती राज्य त हाम्रो नेताहरूको गायत्री मन्त्र भएको छ ।
नेपालमा नियन्त्रित अस्थिरतामार्फत् फुटाऊ र राज गर अनि एउटा पात्रमार्फत् स्वार्थ पूर्ति नभएमा अर्को पात्रलाई सत्ता वा लोभमा जाक्ने उसको औपनिवेशिक नीति सन् १९४७ मा ब्रिटिशको कब्जाबाट मुक्त भएको दिल्लीको नीति छ । त्यसैले त तमिलको आक्रमणबाट एउटा आँखा गुमाएकी तत्कालीन श्रीलंकाली राष्ट्रपति चन्द्रिका कुमारातुंगाले सन् २००२ मा अमेरिकी विदेशमन्त्री कोलिन पावेल नेपाल आएर नेपाललाई सैनिक सहायता दिने भन्दा दिल्लीले सन् १९५० को सन्धि तेर्स्याउँदै दिल्लीका धारणा प्रतिनिधित्व गर्ने टाइम्स अफ इन्डियाले सम्पादकीयमार्फत् असहमति प्रकट ग¥यो (सौभाग्य शाह, ए हिमालयन रेड हरिङग ? माओइस्ट रिभोलुशन इन दि स्याडो दि लिगेसी राज, सन् २००४) ः ।
नेपालमा धार्मिक भ्रमण वा विभिन्न नाममा दिल्ली आवतजावत बाक्लो छ । आरजु राणाले त सरकार परिवर्तनमा भारतको हाल चासो नरहेको अभिव्यक्ति सार्वजनिक गरिन् । यसरी दिल्लीदास हुन हाम्रा नेताहरूलाई कसले सिकायो ? राजसंस्था हुँदा उपराष्ट्रपति भारतीय राजदूतसँग प्रोटोकलको ख्याल नगरी सामान्य टेबुलमा गफगाफ गर्ने हुँदैन । अनि नेपाली नेताहरू लालु यादवसँग प्लाष्टिकको कुर्सीमा बसी अनुनयविनय गर्दैनन् ।
तराईमा इलिटहरू पहाडे कथित जुम्लाका बाहुन क्षेत्री, ठकुरी भन्दा पनि बढी पहुँचप्राप्त छन् । तराईमा दलितहरू लगायत केही जात, समुदाय, लिङ्गका व्यक्तिहरूको अवस्था तन्नम छ ।
हालैको दुर्गा प्रसाईं, पशुपति शमशेर वा आरजु राणाको नै किन नहोस् ? आरजु राणाले त रायसिना डायलगको साइडलाइनमा एस. जयशंकरको दर्शन पाइन्, तर केपी ओलीले फेरि सामन्त गोयलझैं ‘रअ’ प्रमुखलाई बालुवाटारमा बोलाउनुपर्ला जस्तो देखिन्छ । भारतले पत्याइहाल्ला जस्तो छैन नै । भारतले रातो कार्पेट, नर्तकीहरूको नाच देखाउलाजस्तो छाँटकाँट छैन । वा गिरिजा प्रसाद कोइरालालाई वा त्रिभुवनलाई भारतको स्वार्थ पूर्ति गर्ने बेलामा जस्तो एयरपोर्टमै आएर स्वागत गर्लाजस्तो पनि लक्षण देखिन्न ।
इसाई धर्मप्रचार बेरोकटोक र विश्वमै रफ्तारमा भैरहेको देशमा भोलि इसाई राष्ट्रपति बनाउने खेलो देखिन्छ, भोलि इसाई राष्ट्रपति भएमा फेरि कुमारीपूजा गर्न जाँदा साह्रै नै नसुहाउने हुन्छ नै ! तर, गणतान्त्रिक राष्ट्रपतिले पूजा गर्नु पनि एक हिसाबले अमिल्दोे नै देखिएला ।
राजसंस्थालाई ऐतिहासिक रुपमा नै भारतको स्वार्थमा काम गर्दैन भनी हालै नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेले एउटा टेलिभिजन कार्यक्रममा भने । यस्तो खालको नेपाली राजसंस्था रहँदा नेताहरू चप्पल र ट्राउजर लगाएर बहालवाला प्रधानमन्त्रीलाई भेट्न जान पाउँदैनन् ।
धार्मिक राजनीतिको खेल हालको महाकुम्भमा पनि देखियो । नेपालको पशुपतिनाथ, मुक्तिनाथ, चन्दननाथ, पाथिभरा लगायतमा व्यापारीहरूलाई पोस्ने खेल चाहे त्यो केबलकार निर्माणमा होस् वा पशुपतिको गर्भगृहमा अनधिकृत रुपमा भारतीयहरूलाई छिराउने खेल होस् वा पशुपति विकास कोषका पदाधिकारीको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्ने कृयाकलाप होस् वा चन्दननाथ मन्दिर, जुम्लाको मूर्ति चोरी हुने विषय होस् नेपालीहरूमा भारतीय तीर्थस्थल वा धार्मिक स्थलहरूलाई धेरै नै महत्व दिएको पाइन्छ ।
मार्क ट्वेनले राजनीति भनेको त्यस्तो पेशा हो जहाँ तपाईं ढाँट्ने, छल्ने र चोर्ने गर्नुहन्छ तथापि सम्मान पाउनुहुन्छ भनेर भनेको पाइन्छ सामाजिक सञ्जालको पोष्टमा । सायद पश्चिमा लोकतन्त्रको सन्दर्भमा यो भनाइ सान्दर्भिक होला जुन आजको प्रजातन्त्रबाट दिल्लीनिर्देशित ‘लोकतन्त्र’ नाम राख्ने नेपाली सन्दर्भमा ठ्याक्कै सोह्रै आना मिल्छ ।
भारतका पूजाआजालाई धेरै महत्व दिइनु यसैको परिणाम हो । हाल एक से एक गणतान्त्रिक र इसाई धर्मप्रचारविरुद्ध एक शब्द उच्चारण नगर्नेहरूले धार्मिक स्थलहरू भ्रमणको फोटो प्रतिस्पर्धाको हिसाबले हाल्ने गरेको पाइन्छ नै ।
नेपालमा पशुपतिनाथ मन्दिरलगायतको मूर्ति, भेटी व्यवस्थित गर्न नसक्नेले भारतका धार्मिक स्थलहरूमा जंगबहादुरले बेलायत र फ्रान्समा यौनकर्मीहरूलाई बक्सिस दिएको प्रसंग झैँ धेरै महत्व र चढाउने गरेको पाइन्छ । जुम्लामा एकजनाले नेपाली तीर्थयात्रीहरूलाई उही पण्डा मोट्याउने खेलो भनेका थिए । भारतीयहरूले बोर्डरबाट अनि नेपालीहरूले नेपालीहरूलाई ठग्न घर छोडेपछि नै शुरु हुन्छ नै । हालै जाजरकोटमा एकजना भारतबाट काम गरेर घर फर्केकालाई जुत्तासहित लुटेको, नेपालीहरूले नै लुटेको खबर छ ।
भारतमा पनि सन् १८०३ मा आसायेमा मराठा साम्राज्यले तत्कालीन इष्ट इन्डिया कम्पनीसँग हार्दा भारतमा तत्कालीन मुगल साम्राज्यको सामाजिक राजनीतिक संरचना नराम्रोसँग धरमराएको विश्लेषण छ जसले गर्दा भारतमा व्यापक मात्रामा इसाईकरण लगायत पश्चिमा प्रचलन भित्रिएको विश्लेषण छ (राज बहादुर शर्मा, सन् २००५, हिस्ट्री अफ क्रिस्टियन मिशन्सः नर्थ इन्डिया पर्सपेक्टिभ्स) । नेपालमा पनि इसाई धर्मप्रचार विश्वमै सबैभन्दा ठूलो रफ्तारमा हुनुमा २०६२÷०६३ पछि राज्य कमजोर हुनु हो ।
सन् २००८ मा कम्युनिष्ट स्कूल (जवाहरलाल नेहरू विश्वविद्यालय) मा पढेका बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला इन्द्रजात्राको थोरै, सांकेतिक बजेट कटौती गर्दा काठमाडौंको नेवार समुदायको विरोधले गल्न पुगेको दृष्टान्त छ । उनले त्यतिबेला गृहमन्त्री बामदेव गौतममार्फत् सो विरोध दबाउन कोशिस गरेका थिए जसमा त्यतिबेलाको माओवादी भातृ–संगठन योङ्ग कम्युनिष्ट लिग, नेपाली सेना र नेपाल प्रहरी परिचालन गर्ने धम्की दिएका थिए तर नाकाम भए ।
त्यतिबेलाका कमरेड लालध्वजले कान्तिपुरको लेखमार्फत् राजसंस्था लगायत नेपाललाई कमजोर बनाउने, चीनको राष्ट्रपतिको भ्रमणको खबर लिक गर्ने, नेपाल मर्ज गर्ने, साम्प्रदायिक अभिव्यक्ति दिने, कथित आफ्ना सन्तान र आसेपासेहरूलाई डोनाल्ड ट्रम्पको जिन्दगी दिएर गरिबमारा युद्धमा एकाध घूनहरू मार्ने, आफू बुर्जुवा शिक्षा लिने अरुलाई बोर्डिङ्ग स्कूल जान नदिने जस्ता ‘बाबुराम प्रवृत्ति’हरू दिएकै छन् । राजदरबार हत्याकाण्डपछि बाबुराम भट्टराईले कान्तिपुरमा लेख लेख्दै राजा वीरेन्द्रलाई ठूलै राष्ट्रवादी करार गरे । सो लेखमा उनले अमेरिकी र भारतीय जासूसी संस्था क्रमशः सिआईए र ‘रअ’लाई दरबार हत्याकाण्डमा मुछ्दै राजा ज्ञानेन्द्रसम्मलाई लपेटे । सो अब आएर उनी गलत भन्छन् अनि प्रचण्डको भाषामा भारतीय स्वार्थपछि प्रधानमन्त्री भएका उनले दरबार हत्याकाण्डको छानबिन गर्न जरुरी देखेनन् । पछि पनि बेबी किङ्ग वा राजा वा राजसंस्थाप्रति फाइदाअनुसार राष्ट्रवादी वा राष्ट्रघातीको उपमा दिने चलन सबैले देखेकै छन् ।
एक जमानाको बनारसको केन्द्र हाल दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयमा सरेको छ । जहाँ सिताराम यचुरी, एसडी मुनि लगायतबाट नेपालका एलिटहरूलाई एकाधबाहेक दिल्लीदासको मन्त्र पढाएर, बनाएर पठाइन्छ । वा, दिल्लीमा पानी पऱ्यो भने काठमाडौंमा छाता ओढिन्छ । अनि छाता ओड्ने रहर गर्नेले आफैं ओढ्नुपर्छ भनी सत्य वचन बोल्ने नरहरिनाथलाई जेलमा हालिन्छ ।
त्यतिबेला टाउको झोलामा, जीउ खोलामा र मतदान स्थलमा दूरबीनबाट कसलाई भोट हाले भनेर पत्ता लगाउने भनी साम, दाम, दण्ड, भेदको नीति अपनाएर बहुमत ल्याएको थियो । सबै राजनीतिक पार्टीहरूले पाएसम्म गर्ने त्यही नै हो । संसद् भनेको खसीको मासु देखाएर कुकुरको मासु बेच्ने थलो हो भन्ने उक्ति त्यत्तिकै चलाएका होइनन् ।
धादिङ, धुनीबेसी ७, तोप्लाङ गाउँको ‘भ्वाङ टावर’ करोडका हाल चर्चित छन् । कर्णालीमा सुत्केरीहरू गतिलो उपचार नपाएर मरेका छन् । मानिसहरू दैनिक लाश, अपमान भोगेर विदेशबाट आइरहेका छन् । केही मुट्ठीभरका लागि जीवन शर्माका गीत झैं यो देश स्वर्ग छ ।
म आफैं जुम्लाको एक मतदान स्थलमा सहभागी हुँदा सो मतदान स्थलमा बिरामी, भारतमा भएकाहरू आदिको नाममा फर्जी मतदान गर्दा ९९ प्रतिशत भोट खसेको थियो । मतदानमा आफूले नजितेपछि पैसा फिर्ता माग्ने अभियान पनि जुम्ला लगायत ठाउँमा चल्छ नै अझ मष्टोको घण्ट लिएर ।
सायद हिन्दू अधिराज्यमा हिन्दू, बौद्ध होस् वा विश्वमा सबैभन्दा थाहा पाइएको धर्म भनेको राजाहरूको देवत्वमा विश्वास हो भनी अध्येता आर्थर मौरिस होकार्टले औंल्याएको पाइन्छ । विश्वमा पाइएको सबैभन्दा पहिले अभिलेखित तथ्याङ्कअनुसार मानिसहरूले देउता पूज्ने गर्दथे र देउताको पृथ्वीमा प्रतिनिधिको रुपमा राजाहरूलाई मानिसहरूले पूज्ने गर्दथे । त्यसैकुरालाई ध्यान राखेर होला २०४६ सालको आन्दोलनअघि नेपालमा आएको भारतीय नेता चन्द्रशेखरले त्यतिबेलाको विरोधसभालाई राजदरबारभन्दा एक किलोमिटर कम दूरी भएको ठाउँबाट सम्बोधन गर्दे राजा वीरेन्द्र र पञ्चायत व्यवस्थालाई लक्षित गर्दै कुनै पनि मानिसले आफूलाई भगवान् ठान्नु हुँदैन । त्यसैले त भारतीय प्रधानमन्त्री चन्द्रशेखरको निधनमा नेपाली काङ्ग्रेस लगायत नेताले उच्च सम्मान देखायो ।
नेपालका पनि दिल्लीका पिछलग्गु नेताको निधनमा भारतले ठूलै समवेदनाको कर्मकाण्ड पूरा गर्ने गर्दछ ।
चिनियाँ कम्युनिष्ट प्रोपोगाण्डा अनुसार तिब्बत भनेको चीनको हत्केला हो । नेपाल, भुटान, सिक्किम, लद्दाख र आसामको उत्तरपूर्वी फ्रण्टियर एजेन्सी (अरुणाचल) पाँच औंलाहरू हुन् । चीनसँग हत्केला यानेकि तिब्बत आइसक्यो अब औंलाहरू यानेकि नेपाल, भुटान, सिक्किम, लद्दाख र आसामको उत्तरपूर्वी फ्रण्टियर एजेण्सी (अरुणाचल) हरू जानुपर्छ ( जोन रोल्याण्ड, ए हिस्ट्री अफ सिनो इन्डियन रिलेशन्सः होस्टाइल कोएक्जिस्टेन्स, १९६७) ।
दिल्ली, बेइजिङ वा कुनै पनि देशले हाम्रो स्वार्थ हेर्देनन् नै नेपालको स्वार्थ हेर्ने नेपालीले नै हो आखिर । नेपालभित्र शान्ति, अमनचयन, रोजगारी सृजना गर्ने दायित्व हाम्रो नै हो ।
त्यतिबेला नागरिक समाजका एकजना अगुवा दाबी गर्ने पत्रकारले दिल्लीमा बाह्रबुँदे समझदारी हुँदा दिल्लीको भीडमा सो समझदारी गर्ने नेताहरूलाई भारतका प्रहरी लगायतले पहिचान गर्न गाह्रो हुने दिउँसै रात पार्ने कथन लेखेका थिए ।
डोरबहादुर विष्टको पिपुल अफ नेपाल तत्कालीन पञ्चायत सरकारले छापिदिएकै हो तर उनी कालान्तरमा पश्चिमाहरूको स्वार्थपूर्तिका मतियार भए । सोभन्दा अघि ब्रिटिश सेनाका जनरलसँग विष्ट तिब्बत युद्धको पृष्ठभूमिमा सेक्रेट मिशनमा डोल्पो गएको देखिन्छ । यसरी उबेलाका खाँटी पञ्चहरू अहिले ठूलै गणतन्त्रवादी भएर जता बलियो उतै ढलियो भएका छन् ।
राजसंस्थालाई ऐतिहासिक रुपमा नै भारतको स्वार्थमा काम गर्दैन भनी हालै नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेले एउटा टेलिभिजन कार्यक्रममा भने । यस्तो खालको नेपाली राजसंस्था रहँदा नेताहरू चप्पल र ट्राउजर लगाएर बहालवाला प्रधानमन्त्रीलाई भेट्न जान पाउँदैनन् । अनि कुर्सीको लागि दिल्ली, बेइजिङ वा पश्चिमा कार्ड खेल्न पाउँदैनन् । सत्ताबाट हटेपछि प्रचण्डको भारतीय पत्रिका हिन्दूसँगको अन्तरवार्ता त्यसैको उपज हो ।
यसरी जहिले पनि नेपाली नेताहरूले भारतीय भूमि, हतियार, सहयोग लगेर नेपालमा राजसंस्था, नदी बुझाउने, नेपाली सूचनाहरू बुझाउने खेल हुँदैन । भारतीय अध्येता अनि बाबुराम भट्टराई लगायतका गुरु एस.डी. मुनिले हाल रछ्यानमा मिल्काएको अवस्थामा रहेको इमिनेण्ट पर्सन ग्रुप रिपोर्टलाई भारततर्फका समिति सदस्यहरूले हस्ताक्षर गरेको छैनन् भनी दाबी गरेका छन् ।
प्रचण्डको कुम हल्लाइमा नेपाली गरिब जनताले अब दुख पाउनुहुँदैन वा उनका जुट्ने फुट्ने सहयात्री बाबुराम भट्टराईका शब्दमा नारायणघाटका साहुलाई देखाउनलाई हुँदाखाँदाको देशलाई कमजोर बनाउन पाइँदैन । अब प्रचण्ड, केपी, शेर बहादुर, दाइ–भाउजू प्रवृत्ति वा ‘सम्राटको पोशाक’ को चलन बन्द हुने संकेत नेपालीहरूले फागुन २५ मा उच्चतम् अभिव्यक्तिमार्फत् वा इनफ् इज इनफ् भन्दै देखाइसकेका छन् ।
नेपाललाई भारतमा मर्ज गरिनुपर्छ वा तराईका २२ जिल्ला भारतमा मिलाउनुपर्छ वा दिल्ली भनेको नेपाली नेताको लागि मक्का मदिना हो भन्ने अभिव्यक्ति नेपाली नेताहरूबाट आइरहन्छ । त्यस्तै ब्लकेडको बेला सीमामा खगेन्द्र संग्रौला र सिके लालहरूहरूले धर्ना दिन जान्छन् । ओपन सोसाइटी फाउण्डेशनका हर्ताकर्ता देशमा कर्मकाण्डी पारामा चलेका कथित साहित्यिक सम्मेलनहरू जहाँ एलिट वक्ताहरूको जमघट हुन्छ मा विद्वत् मन्त्रमुग्ध वा हो–हो झैं लाग्ने प्रवचन दिन पुग्छन् ।
नेपालमा संविधान बनाउने बेलाको जात्राको बेला–बेला चर्चा भैरहन्छ । त्यतिबेला क–कसको नाममा दलित, महिला लगायतको छुट्टै प्रदेश बनाउने कुरा आएको रमाइलो चर्चा पाइन्छ । नेपाली समाज चीन, भारतजस्तो एकै जात, एक भाषा भएको छैन । सबै सांसदहरूलाई मन्त्री वा सबै सांसदहरूलाई कहिल्यै नपुग्ने अन्तहीन लोभ, सुविधा वा भिभिआईपी सुविधाको लागि हुम्लामा एउटाले तुइनबाट खसेर ज्यान गुमाउनु हुँदैन ।
अब धनीलाई कर, कम सुविधा खोसेर अमेरिका जस्ता देशको सहयोग हठात् बन्द हुन सक्छ तसर्थ आत्मनिर्भरता, स्वाभिमानको यात्रा शुरु हुनुपर्दछ । आखिर विश्व स्वास्थ्य संगठन र युसएडको स्वास्थ्य क्षेत्रको सहयोग ट्रम्प प्रशासनको टार्गेटमा छ नै यसले नेपाललाई असर पार्ने देखिन्छ नै ।
त्यसै, नेपाल निर्माता पृथ्वीनारायण शाहले उनको प्रख्यात उक्ति नेपाल चार वर्ण छत्तीस जातको साझा फूलबारी हो भनेका होइनन् । फेरि नेपालमा भारतीय राष्ट्रिय स्वयम्सेवक संघ वा नेपालीहरू नेता लगायतले लाखौं खर्च गर्ने जस्तो पण्डावादी होइन, असली हिन्दूस्तान नेपालमात्रै छ । जहाँ सनातनदेखि चलिआएका थान, मष्टो, गुम्बा, गुरुवा, धान नाच, मुन्धुम, मुक्कुमलुङ, माघी लगायत थुप्रै इसाई र इस्लाम प्रभावबाट अलग रहेका प्रचलनहरू विद्यमान् छन् । भलै पछिल्लो समय नेपालमा ओम शान्ति, इस्कोनः हरेकृष्ण आन्दोलन, रामदेव, सन्तोषी माता, सद्गुरु लगायतको चर्चा र गतिविधि नेपालमा देखिन्छ । जसको अगुवाई यतैका सम्भ्रान्तहरूले गरेको देखिन्छ ।
अझ इसाईहरूले त नेपालका तीनै तहका सरकारहरूबाट सहयोग पनि हात पार्नमा टपेको देखिन्छ । आखिर स्रोतसाधनमा जसले सक्छ उसले कालीनाच वा जसको हातमा डाडुपन्यू उसैको राज त चलिआएकै छ ।
पश्चिम नेपाल एकजना किशोरले आफ्नी आमालाई ‘आमा… क्रिश्चियनहरूले एकअर्कालाई त जल शाह भन्दा रहेछन्’ भन्दै थिए । यसरी नेपालमा इसाईहरूको विभिन्न सेक्टहरू चाहे त प्रोटेस्टेण्ट होस्, क्याथोलिक, बिलिभर्स, यहोभाको साक्षी वा विभिन्न पसलहरू खोलिएको जनतालाई थाहा नै छैन ।
दैलेखमा वादीहरूको उद्धार गर्न भनेर आएका विदेशीहरू तल्लो डुङ्गेश्वरको होटलमा भएको गणेशको मूर्तिलाई गाली गरेको भेटिन्छन् ।
नेपालमा कलाकारिता, लेखनमा सनातन आस्थामाथि मात्रै प्रहार हुने इसाई धर्म प्रचारलगायतमा आँखा चिम्लिने प्रवृत्तिले गर्दा मह जोडीले टोकाइ खानुपरेको हो भनि अध्येता कलाकारहरूले सत्यलाई आत्मसात् गर्नुपर्छ । मान्छे स्वभावैले प्रशंसा, चिप्लोपन रुचाउँछ त्यसभन्दा पनि स्वस्थ्य आलोचनालाई सकारात्मक रुपमा लिनुपर्छ ।
धापाखेलमा हाल मेन्डिज हेभन भन्ने अनाथालय चलाइरहेका इसाई अभियन्ता चार्ल्स मेन्डिजले प्राध्यापक सौभाग्य शाहको निधनअघि सौभाग्य शाह संयोजक रहेको द्वन्द्व र शान्ति अध्ययन विभागमा उनको संगम इन्ष्टिच्यूटमार्फत् सहकार्य गरिरहेको थियो । संगम इन्ष्टिच्यूट ठूलै तामझाम गरी चाँडै नै डुबेर बन्द भयो । हाल सो मेन्डिज हेभनले त्यहाँ कार्यरत कमल थापाको उपचारको लागि गोफन्ड लगायतबाट रकम सहयोग मागिरहेको देखिन्छ । तसर्थ नेपालमा विदेशीहरूलाई कुवेर वा देउता मान्ने प्रवृत्तिको पनि अन्त्य हुनैपर्दछ ।
दरबारबाट मनग्य फाइदा लिएकाहरू अहिले राजसंस्थाको विरुद्ध लागेको पाइन्छ । चाहे विनोद चौधरी होस्, डोरबहादुर विष्ट होस् वा भेषबहादुर थापा, सूर्यबहादुर थापा, कमल थापा लगायत सबैले राजसंस्थालाई युज एण्ड थ्रो गरेकै छन् । डोरबहादुर विष्टको पिपुल अफ नेपाल तत्कालीन पञ्चायत सरकारले छापिदिएकै हो तर उनी कालान्तरमा पश्चिमाहरूको स्वार्थपूर्तिका मतियार भए । त्यसैले त सो पुस्तक किंगलाई पनि डेकिकेट गरेको देखिन्छ । अनि सोभन्दा अघि ब्रिटिश सेनाका जनरलसँग विष्ट तिब्बत युद्धको पृष्ठभूमिमा सेक्रेट मिशनमा डोल्पो गएको देखिन्छ । यसरी उबेलाका खाँटी पञ्चहरू अहिले ठूलै गणतन्त्रवादी भएर जता बलियो उतै ढलियो भएका छन् ।
त्यसैलै त तत्कालीन माओवादीहरूको पक्षमा लविङ गरेका जिम्मी कार्टरलाई मेरी छोरी मञ्जुश्री थापाको पुस्तक दिएर आएँ भनी राजसंस्थाबाट कुस्त फाइदा लिनेमध्येका एक भेषबहादुर थापाले ज्ञानेन्द्रकै पालामा पत्रकारहरूको प्रश्नमा कार्टरलाई होटलमा भेटेर आएपछि भनेका थिए । यसरी मौकामा पश्चिमा लबीमा हिँडेकी छोरीहरूको प्रचार राजाकै पालामा लिनेलाई पनि दरबारले च्यापेर गल्ती गरेकै छ । भेषबहादुर थापा लगायतद्धारा सम्पादित पुस्तकमा नेपालको जलविद्युत् भारतलाई दिनुपर्छ भनी लेखेकोमा उतिबेलै सौभाग्य शाहले शुरुमा नेपाली बजारमा सस्तो र सुलभ दरमा बेच्नुपर्ने भनी पुस्तक समीक्षा गरेका थिए ।
त्यस्तै, मञ्जुश्री थापाले मुस्ताङको सन्दर्भमा पुस्तक लेख्दै हिन्दूवाइजेशन, रोमान्टिसाइजेशनको बारेमा उल्लेख गर्दा सौभाग्य शाहले गोपालसिंह नेपालीको पुस्तक नेवारको सन्दर्भ उल्लेख गर्दै सबै जातहरूमा त्यहाँ वर्ग हुने उल्लेख गरेका थिए । अनि अमेरिक रिटर्नहरूको मानसिकतामा बदलाव ल्याउनुपर्ने उल्लेख गरेका थिए ।
काठमाडौं र पश्चिमा एलिट शैक्षिक संस्थाहरूमा अध्ययन गरेकाहरूमा नेपाली समाजमा आफू अब्बल, पहिलो दर्जाको अधिकांशमा व्यवहार पाइन्छ । कम्तीमा त्यो कर्णाली जस्ता भुइँतहबाट हेर्दा एलियनजस्तो वा अपाच्य देखिन्छ । तेजश्री थापाले ह्युमान राइटर्स वाचमार्फत् नेपाली राज्यविरुद्ध रिपोर्ट उत्पादन लगायतमा दखल दिइरहेकै थिइन् ।
हालको आन्दोलन पनि अर्को फाइदा लिन प्रपञ्च नहोस् भनेर नेपाली जनताहरू सचेत हुनैपर्छ ।
व्यापारी र देश लुटेको भनेर सञ्चारमाध्यम, नागरिक समाज, नेता लगायतले ठूलै होहल्ला गरेको भन्दा विगतमा राजसंस्थाबाट व्यापक फाइदा लिएका एकमात्र फोर्ब्स् म्यागाजिनको अर्बपतिको सूचीमा नेपालबाट सूचीकृत विनोद चौधरीले सरकारी जग्गा, बिमा अपचलन, संसद्मा आफूअनुकूल कानून निर्माण लगायतमा ठूलै दखल दिइरहेको पाइन्छ नै ।
नव युवराजहरूले काठमाडौं लगायतमा मदिराको तालमा पारसलाई माथ गर्ने गतिविधि पनि सबैले देखेकै छन् । माइतीघर मण्डलामा गाडी काण्डमा पूर्वसभामुखका छोरा र मिडिया टाइकूनको फासफूस सबैलाई थाहा भएकै कुरा हो । मिडियाले कसलाई उचाल्ने कसलाई पछार्ने त्यो खेल त संसारभरकै चलन हो । पारस वा ज्ञानेन्द्र शाहको जबर्जस्ती ‘खलनायकीकरण’मा देशी-विदेशीबाट लाभ लिएका, फन्डिङ लिएकाबाट एकोहोरो रटान हुँदा पनि राजाको स्वागतमा देशभरजसो मान्छे उर्लंदा निभ्न लागेको बत्तीजस्तो अभिव्यक्ति नेताहरूबाट आएको पाइन्छ ।
बीपीले आफ्नो कमजोर अवस्थामा नेपालमा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आएर राजासँग हात बढाए भmैँ अब राजासहितको प्रजातन्त्रमा देश जाँदा सबैको कल्याण हुने देखिन्छ । आखिर कृष्णप्रसाद भट्टराईले भारतीय भूमि प्रयोग गर्दा दिल्लीले युज गर्ने लेखेकै छन् उतिबेलै । त्यो जिल्ला, गाउँसम्म पुगेको छ । हिजो पञ्चायती व्यवस्थाबाट कुस्त फाइदा लिएकाहरू अहिले ठूलै गणतन्त्रवादीहरू देखिएका छन् ।
हालै पाकिस्तानको बलोचिस्तानमा रेल हाइज्याकिङमा भारत पाकिस्तान र अफगानिस्तान बीच वाकयुद्ध चलिरहेको छ । भारत श्रीलंकाको तामिल आन्दोलन वा नेपालमा माओवादी, काङ्ग्रेसको प्लेन हाइज्याकिङ वा तराईमा हुने नक्सलवादी, मधेशी वा पहाडी भगाओ आन्दोलन वा हिन्दू मुस्लिम दंगामा जोडिएकै छ । तसर्थ खुला सिमाना व्यवस्थित गर्नुपर्छ नै ।
तराईका बाहुनले नेपाल र भारत दुवै तर्फबाट विदेशी छात्रवृत्ति लिएको हामीले पढेका छौँ नै । नेपालमा आदिवासी जनजाति दाबी गर्नेहरू पनि कर्णालीका खसभन्दा धेरै पछि नेपालको सरहदभित्र छिरेको तथ्य हामीले बिर्सन हुँदैन । तसर्थ को आसे को गाँसे भनेर तथ्यमा टेकेर कुरा गर्नुपर्छ । नत्र त तिब्बतबाट नेपाल छिरेको पूर्खाको इतिहास भएकी जुम्लाकी समानुपातिक सांसदले प्रत्यक्ष मतदान मार्फत् जितेका ज्ञानबहादुर शाहीलाई पढाएजस्तो वा हाल एकजना तराईका सांसदले नेपाल मजदूर किसान पार्टीका नेवार समुदायका सांसदलाई अपमान गरेझैं असहज दृश्यहरू दिनदिनै देख्नुपर्नेछ आउँदा दिनहरूमा ।
गैरसरकारी संस्थाले रकम अपचलन गरेको बारे महालेखा परीक्षक लगायतले प्रश्न उठाउँदै आएका छन् । यसमा नजरअन्दाज गर्नुको कारण, अनि ललिता निवास, गिरीबन्धु, भुटानी शरणार्थी, वाइडबडी काण्ड लगायतमा नजरअन्दाज गर्दा नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्सले ग्रेलिस्टमा राखेको छ ।
सन् २०१६ मा एलायन्स फर सोसियल डाइलग र सोसल साइन्स बहाका प्रमुखहरू हरि शर्मा र दीपक थापाले त्यही संस्थाबाट सञ्चालित कार्यक्रमहरूमा तलबका अतिरिक्त कल्सल्टेण्ट फिः लगेको भनेर मुद्दा दायर गरेको थियो । जसमा रक्सी, पिकनिक, अत्यधिक भत्ता लिएको त्यहाँको सदस्यहरू सुशीलराज प्याकुरेल, कनकमणि दिक्षित, मोहन मैनाली, सुधीन्द्र शर्मा, निर्मलमान तुलाधर, दिपक ज्ञवाली, निर्मलमान तुलाधर लगायत सदस्य थिए । यसरी राजसंस्थाहरूबाट फाइदा लिनेहरू जताबाट पनि हसुर्ने प्रवृत्तिको अन्त्य हुनैपर्छ ।
हालै ओपेन सोसाईटी फाउन्डेशनको भारतको बेंगलुरुस्थित मुकामहरूमा रेड गरेको छ । उनीहरूलाई ट्याक्स छली, वैदेशिक मुद्रा अपचलन लगायत आरोप छ । नेपालमा पनि विदेशी नियोग, कूटनीतिक नियोगहरूले ट्याक्स छल्ने गरको पाइन्छ । काठमाडौंस्थित ब्रिटिश काउन्सिलले आइल्टस् सञ्चालन शुल्क लगायतमा कर छल्ने गरेको आरोप अखबारमा पढ्न पाइन्थ्यो ।
नेपाल सौभाग्य शाहको शब्दमा सफ्ट स्टेट हुँदा यसरी देशी–विदेशीहरूको चलखेल बढ्ने नै हुन्छ । त्यतिबेला एलायन्स फर सोसल डाइलग त झन् समाज कल्याण परिषद्मा दर्ताबेगर चलिरहेको अख्तियारको आरोपपत्रमा थियो । मार्टिन चौतारी, उज्यालो रेडियो, अनि हिमाल खबरपत्रिका, हिमाल म्यागाजिन, शिक्षक मासिक पनि विदेशी रकम लिनेको सूचीमा छन् । अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलले कनकमणि दीक्षितलाई संसद्मा डलरमणिको आरोप लगाए ।
चितवनको बाँदरमुडेमा सन् २००५ मा बस जमिनबाट २५ मिटर माथि जानेगरी माओवादीले बम पड्काउदा ३८ जनाको ज्यान गएको थियो । त्यस्तै सन् २००२ मा लमजुङमा शिक्षक मुक्तिनाथ अधिकारीलाई निर्मम तरिकाले हत्या गरियो । कथित जनयुद्धका नायक प्रचण्डले त ५००० हत्याको जिम्मा लिने सार्वजनिक रुपमै उद्घोष गरेका छन् । माओवादी नेताहरू विदेश जना पक्राउको डरले कति देशमा नगएको वा भ्रमण स्थगित गरेको त सबैले थाहा पाएकै हो ।
आरजु राणाले सरकार परिवर्तनमा भारतको हाल चासो नरहेको अभिव्यक्ति सार्वजनिक गरिन् । यसरी दिल्लीदास हुन हाम्रा नेताहरूलाई कसले सिकायो ?
त्यस्तै रघुजी पन्तले हालै संसद्मा जुम्ली जनताको विना पैसा बाँडेर, जुम्ली भेडा, खसी र जुम्लामा पछिल्लो समय गाँजेको रक्सी नख्वाएर, ५०० भन्दा केही बढी मात्र पछिल्लो चुनावमा राप्रपाको भोट पाएको ठाउँ, अनि प्रमुख भनाउँदा तीन दलहरूले साम, दाम, दण्ड, भेदमार्फत् प्रचण्डको शब्दमा मतदान बाकस साटेर भए पनि भोट बटुल्ने जुम्लामा अभूतपूर्व भोट पाएर जितेका सांसद ज्ञानेन्द्र शाहीलाई जुम्लामा हाहा हुहु गरेजस्तो होइन, तिमी वा मिस्टर जस्ता तुच्छ शब्द प्रयोग गरे ।
यो भनेको कर्णालीबासी लगायत धेरै राज्य र गैरराज्य पक्षबाट हेपिएकालाई चुनावमा पराजयपछि चुनाव लड्नै डराउने समानुपातिक वा ‘टिके’ सांसदबाट जनताको भोट वा पिछडिएको ठाउँप्रतिको अपमान हो । पश्चिमाहरूले लेखेको इतिहास पढेर राजसंस्थाप्रति गरिएको अपमान पनि हो ।
तासको पत्ता र बेलायतमा मात्र राजसंस्था अब हुने होइन लास्टमा । नेपाल लगायत भारतीय भूक्षेत्रको सांस्कृतिक राजसंस्था राख्दा विश्वलाई कमनवेल्थको झैं बेलायतकी महारानीलाई पूज्नु पर्दैन । विगतमा महेन्द्रको पालामा नै नेपालको अस्तित्व जोगाउने ठूलो काम भयो । तसर्थ भारतले मणिपुर, दार्जिलिङ, आसाम लगायतमा दर्जनौँ द्वन्द्वहरू सम्हाल्न नसकेको बेलामा नेपालमा राजसंस्था हटाउने, पश्चिमाको उक्साहटमा धर्मनिरपेक्षतामार्फत् धर्मप्रचारको स्वर्णिम युग शुरुवात गर्ने, संघीयतामार्फत् धान्नै नसक्ने भारी बोकाउने काममा पुनरावलोकन गरी पहिला भारततिर आँखा डुलाउन जरुरी देखिन्छ ।
त्यस्तै राजा ज्ञानेन्द्रलाई हेलिकोप्टरको पंखामा झुन्ड्याएर लाने अभिव्यक्ति दिने अमेरिकी राजदूत मोरियार्टीको देशले पनि अब आफ्ना भनाइ, सहयोग, चलखेललाई मर्यादाभित्र राख्नेछ नै ।
गायिका कोमल वलीप्रति गरिएको उनको अपमान इजरायल लगायत पश्चिमाले प्यालेस्टाइन माथि गरेको नरसंहार झैं डिजिटल्ली रेकर्डेड छ, जुन रघुजी पन्तकै भाषामा महिलामाथि गरिने दुर्व्यवहारप्रति अनुसन्धान लगायतमा प्रयोग हुनलाई उनको योगदानको प्रशंसा गरिनुपर्छ । जुम्लातिरका मिथक पैकेलो जस्तो पात्र हुन् ज्ञानेन्द्र शाही ।
रघुजी पन्तले पत्रकार बबिता बस्नेतलाई उनको करिअरको शुरुवाती दिनमा विदेश जाने अवसरमा भाँजो हाल्न खोजेको उनको पुस्तक शब्द साक्षीमा उल्लिखित छ नै ।
बाहुनहरू ‘छुच्चा’ हुन्छन् भनी नेपालमा हालीमुहाली गरेका बाहुन र अन्य वर्ग, जाति, समुदाय, लिङ्गबाट तरमारामा उक्लेका बारे छलफल गदौ अध्येता सौभाग्य शाहले भन्थे सोको नमूना रघुजी पन्तमा प्रष्ट देखिएको छ ।
कर्णालीमा हालै एकजना गैरसरकारी क्षेत्रमा काम गर्ने हाकिमलाई ठूला कुरा गरेपछि ड्राइभर सहित कर्णाली बाहिरबाट ल्याउनुभयो होला भनी कर्णालीका अधिकारीले भनेका थिए । यसरी भान्से, सहयोगी पदहरूमा केही कर्णालीका एलिट र अधिकांशतः कर्णालीका एलिटहरूले भरिने अनौठो चलनको चरम रुप रघुजी पन्तले सार्वभौम संसद्मा देखाए ।
कर्णालीबाहिरकाको त कर्णालीप्रति सार्वजनिक ठाउँहरूमा देखाउनुपर्ने न्यूनतम् व्यवहार पनि देखाउँदैनन् । प्राइभेटमा त उनीहरूको तमासा नै देखिन्छ । एकजना सरकारी अधिकारीले जुम्लामा एक हप्तासम्म प्लेन क्यान्सिल भएपछि बस्नु परेकोमा त्यस्तो ठाउँमा एक हप्तासम्म के गरेर बस्नु भनी हियाएको पाइन्छ । जुम्लाकालाई माओवादी देख्ने प्रवृत्तिको अन्त हुनैपर्छ अब ।
नेपालमा अतिथिभन्दा बढी जान्ने र विभिन्न बेलामा रिसर्च नगरी फुत्किएका पत्रकारहरूको प्रतिनिधित्व गर्ने पत्रकारले हाउ विल मोनार्की कम जस्ता कार्यक्रम गरेको पाइन्छ । उनले जुम्लीहरूले गाडी कहिले देखेनन् भनी गरेको टिभी कार्यक्रम हेरेर झल्को लालीओठको गीतमा जुम्लीहरूले गाडी देख्दा भाग्छन् भन्ने गीत गाएको सो गीतका कलाकारले अन्तरवार्ता दिएको पाइन्छ ।
उनीहरूले के भुलेका छन् भने कम उत्पादन अनि व्यापारमा माहिर हाटसिंजा जस्ता ठाउँका जुम्लीहरू व्यापारमा जमानादेखिकै माहिर मानिन्छन् । उनीहरू असाध्यै चलायमान हुनाले त ओटाला डिलमै बसी बम्बैका बाट गर्ने पत्रकार लगायत कर्णाली बाहिरका स्वनामधन्यहरूले कर्णालीलाई अलि ऐतिहासिकाताको आधारमा टिप्पणी गर्नुपर्छ न कि सामाजिक सञ्जाल पाराको टिप्पणी ।
संसारभरि नै कर्णाली जस्ता प्राकृतिक स्रोतका धनी, ज्ञान, सुन्दरता, मौलिकताले भरिपूर्ण क्षेत्रहरू प्रति काठमाडौं, सुर्खेत वा ललितपुरले गर्ने व्यवहार त्यस्तो नै हो ।
यसै प्रसंगमा उहिल्यै चर्चित लेखक सौरभले राजसंस्थावादी कीर्तिनिधि विष्टसहित ब्रगेल्ती प्रधानमन्त्रीमार्फत् अर्बौं पैसा लगानी भएको विराटनगरको विकास, व्यवहारको तन्नम् हालतबारे तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको अत्यधिक आफ्नो निर्वाचन क्षेत्र, व्यक्तिलाई मात्र राज्य स्रोत लगायत विनियोजन, अवसर वितरण गर्दा जिद्दीपुरुषको गाउँ पस्दा ! लेख लेखेका थिए ।
मनमोहन अधिकारी, नगेन्द्रप्रसाद रिजाल लगायतको मोरङमा ठाउँ हुँदा त्यो ठाउँ किन प्रागऐतिहासिक भयो भनी प्रश्चचिन्ह उनले तेर्साएका छन् ।
सौभाग्य शाहले पनि वकालत गर्ने गरेको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री अहिलेको आवश्यकता हो । जसमा सम्बन्धित विषयका विज्ञहरू मन्त्रीहरू हुन्छन् । जस्तै भारतमा भारतीय बाबुहरूको अघि चीलको अघि सर्पझैं हुने नेपाली नेताहरूलाई भारतको स्वार्थमा संविधान जारी किन गरिनस् भनेर थर्काउने विज्ञ सदस्यहरू मन्त्रीहरू हुन्छन् । नेपालमा पनि राजा ज्ञानेन्द्र शाहले उपेन्द्र देवकोटालाई स्वास्थ्यमन्त्री बनाएका थिए । युवराज खतिवडालाई मन्त्री, राजदूत, गभर्नर, सल्लाहकार लगायत पदमा केपी ओलीले छोड्न नै चाहँदैनन् ।
यसरी सबै सांसदहरूलाई प्रदेशमा मन्त्री बनाएर नेता पालेर राज्यलाई तन्नम् बनाउने व्यवस्था परिवर्तन हुन जरुरी देखिन्छ । जुम्लाजस्ता निर्वाचन क्षेत्रमा क्षेत्रफलको आधारमा निर्वाचन क्षेत्र बढाउन जरुरी देखिन्छ ।
अञ्चल भन्दा बढी क्षेत्रफल भएको डोल्पाबाट एकमात्र सांसद संघमा निर्वाचित भएर आएमा सो क्षेत्रको आवाज विकासमा कम योगदान हुने र भूराजनीतिमाथि असर पार्ने हुनाले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर्ने विदेशी स्वदेशी चलखेलको हामीले समीक्षा गर्न जरुरी देखिन्छ नै ।
एमालेकै सांसद युवराज ज्ञवालीले करोडौं खर्च नगरी सांसद पद जित्न अब मुश्किल छ भनेको सार्वजनिक जानकारीमा छ । जुम्लामा पनि नेपाल मजदूर किसान पार्टीका नेताहरू विभिन्न फाइदा हुने पार्टीमा लाग्दा वडा तहको चुनावमा पनि व्यापक चलखेल हुने गरेको छ । पञ्चायत, ‘कसो हो दाजुभाइ छाप लगाउ मादल चिन्हलाई’, ‘कर्णालीको पाँच जिल्ला, एमालेको लाल किल्ला’, अनि जनसरकार, खसी, भेडा काटेर रगतमा हात हालेर प्रतिबद्धता गर्ने हुँदै हाल चुनावमा घात प्रतिघातको राम्रो केस स्टडी कर्णाली भएको छ । सो चुनावमा खर्च भएको रकमको ब्याज अनि स्याज उठाउनको लागि त त्यहाँ भ्रष्टाचारले आकाश नाघेको छ ।
‘अबको चुनाव चौसट्ठीको जस्तो बनाउनैपर्छ हामले । जालझेल गर्ने, कुरा बुझ्नुभयो नत, त्यहाँ गएर बाकस साट्ने । अनि न चुनाव जितिँदोरैछ, हामीले त्यो बेलामा कति गऱ्याथियौँ, तपाईहरूले त्यो बेलामा कति गर्नुभाथ्यो सम्झिनुस् त चौसट्ठी । गर्नु पनि गरियो… अहिले सोझो… हुँदा–हुँदा त सबैले हेप्न थाले !’ प्रचण्डको यो भनाइले पनि नेपालमा चुनावको असली रुप देखाएको छ नै ।
हालै राजा वीरेन्द्रले असाध्यै माया र विकासमा प्राथमिकतामा राखेका वीरेन्द्रनगरमा, सुर्खेतमा प्रत्येक महिनाको १ र १५ गते हुने देउडामा कर्णालीको एउटा जिल्लामा पैसा त खेड्ना हुन्छ्या भनी एक महिलाले टिप्पणी गरेको मैले पाए, जसले वर्तमान भ्रष्टाचारको उच्चस्तरीय रुपको अभिव्यक्ति हो ।
नेताहरूले सांसद ज्ञानेन्द्र शाहीकै भाषामा अहिले छात्रवृत्तिको लागि विदेशीप्रति हारगुहार गर्नु अनि नेपालमै मोडर्न इन्डियन स्कूल, सेन्ट जेभियर्स वा सेन्ट मेरिजमा पढ्न चलखेल गर्नु सामान्य भएको छ ।
शिक्षाविद् गोपिनाथ शर्माले काठमाडौंका इसाई मिशनरी स्कूलहरूमा त्यहाँको इसाई शिक्षक लगायतले उनीहरूको भिसा सहजीकरण लगायत कामको लागि तिनै सम्भ्रान्तहरूलाई विद्यार्थी मार्फत पावर लगाउने गरेको उल्लेख गरेका छन् । हाल त झन् त्यो क्रम बढेको छ । नेपालमा धर्मप्रचार, सात अंकको तलब खाने लगायतका काममा टूरिष्ट भिसा लगायतमा बस्ने प्रचलन बढ्दो छ । सेन्ट मेरिजका हर्ताकर्ता मोरान त काठमाडौंका एलिटहरूले देवत्वकरण गरेका पात्र नै हुन् ।
एउटा संयुक्त राष्ट्रसंघीय एजेन्सीमा एउटा क्यानाडियन महिलाले ४९५ अमेरिकी डलर फाइन तिरेर गोरखा भूकम्पको बेलामा प्रोजेक्ट मैनेजेरको काठमाडौं बेस्ड जागिर खाइरहेको रिपब्लिका दैनिकले त्यतिबेलै प्रकाशित गरेको थियो ।
नेपालमा मूर्तिचोरी, धर्मप्रचार, जमिम शाह, मिर्जा दिलशाद वेग लगायत हत्यामा भारतबाट सुटर आएर फेरि उतै जानु सामान्य भैसक्यो ।
एक जमानाको शिक्षाको केन्द्र जुम्ला, कास्की लगायत ठाउँबाट नेपाली, मणिपुरे लगायतलाई दुर्व्यवहार गरिने साउथ इन्डिया, पश्चिमा देशहरूमा नेपालीहरूले शिक्षाको नाममा वर्षेनी अर्बौं पैसा लगेर जाने अनौठो प्रचलन नेपालमा विकसित भएको छ । यसले नेपालमा शिक्षा, स्वास्थ्य लगायतमा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषमार्फत् थोपरिएको उदारीकरण, निजीकरणमाथि नै प्रश्नचिन्ह खडा गरिदिएको छ ।
अञ्चल अस्पताललाई खारेज गरेर ल्याइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतको गुणस्तर, सेवामा व्यापक प्रश्नचिन्ह देशैभरि छ । त्यसैले त पश्चिम नेपालका जनताहरू लखनउ स्वास्थ्य उपचारका लागि जान बाध्य छन् ।
काठमाडौैंका चप्पल लगाएर रातारात अर्ब र करोडको क्लबमा अग्रगामी छलाङ मारेकाहरूको मुकाम दिल्ली, सिंगापुर, हङकङ, अमेरिका लगायत पश्चिमा देश हुने गरेको छ ।
जुम्लाको मालाभिडमा गुरुबा यज्ञप्रसाद देवकोटाको घरेलु पाठशालाबाट अत्यन्तै प्रभावित चर्चित अध्येता सौभाग्य शाहले त्यतिबेलाको पढाउने तरिका, संस्कृतको महत्व, शिक्षकबाट विद्यार्थीलाई दिइने हौसला र प्रेरणा, शिक्षकमा हुनुपर्ने शिक्षाप्रेम र आदर्शको मुग्धकण्ठले प्रशंसा गर्नुभएको छ । जुन आजकलका दलका ‘झोले’ शिक्षकहरूमा दिउँसै बत्ती बालेर खोज्नुपर्ने भएको छ ।
त्यस्तै, त्यो बेला जुम्लाबाट आएर दुल्लुमा ज्योतिष विद्या आर्जन गरेका जुम्ला सिंजाका ज्योतिषशास्त्रीको प्रख्याती काठमाडौं लगायत विदेशमा पनि चुलिएको हामीले हाम्रै जीवनकालमा सुन्यौँ ।
कर्णाली १८४६ पछि बाहिरबाट गएका प्रशासक, कर्मचारी, नेता, ठेकेदारहरूको लागि कमाउने, अकूत सम्पत्ति जम्मा गर्ने, अनि हाहाहुहु गर्ने थलो वा हियाउने थलोका रुपमा परिचित छ ।
पञ्चायत स्मारिका (२०४३) ले उल्लेख गरेझैं हामी आपसी खिचातानीमा अल्झन हुँदैन । ‘हाम्रा संस्कृति, संस्कार, धर्म र परम्परासँग हाम्रो राजनीतिलाई संयोजित गर्ने सफल प्रयोग २०१७ पूर्व किन हुन सकेन ? एक शताब्दी लामो राणाशासनको अभिसाप जस्ता कारणले गर्दा नेपालको विकास प्रक्रिया अन्य विकासोन्मुख देशहरूको भन्दा निकै कठिन रहे तापनि पञ्चायत व्यवस्थाको प्रार्दुभावपछि कार्यान्वयन भएका त्यसपछिका पाँचवटा आवधिक योजनाहरूबाट राष्ट्रिय अर्थतन्त्रलाई पारम्परिक जडताबाट मुक्त गरी द्रुततर विकासको लागि चाहिने संस्थागत आधार तथा भौतिक पुर्वाधारको निर्माणका साथै उत्पादन, वचत, लगानी संचालन क्षमता जस्ता विषयहरूमा हासिल हुन सकेको प्रगति र परिवर्तन कुनै पनि मापदण्डबाट कम उल्लेखनीय मान्न सकिँदैन ।’ यसरी पञ्चायतले जुद्धशमशेर त्रिभुवन लगायतले दिल्ली सम्झौताको नाममा भारतीय राजदूत हाम्रो क्याविनेट बैठकमा बस्ने अवस्थाको अन्त्य गर्दै लगे, भारत प्रवासमा गएका नेपाली एलिटहरूको चलखेलका बाबजूद ।
२०१९ सालमै राजा महेन्द्रले बाहिरबाट तालिम लिएका स्वयम्सेवकहरूले नेपालमा अस्थिरता मच्चाउने गरेको उल्लेख गरेका थिए । खुला सिमानाको नाजायज फाइदा अराष्ट्रिय तत्वले लिएको उल्लेख गरेका थिए जसमा भारतको साथ रहेको उल्लेख गरेका थिए ।
त्यस्तै, प्रेस स्वतन्त्रताको नाममा विल्कुल तथ्यहीन कुराहरूको प्रचारबारे पनि उनको चासो थियो । हालै राजसंस्थाको पक्षको आन्दोलनमा ज्ञानेन्द्र शाहीले त सेतोपाटी अनलाइनलाई नभनेको कुरा छापेको छाप्यै छ मलाई सोध्या भए पनि हुन्थ्यो भने । विना अनुसन्धान, तथ्य तोडमरोड गर्ने चलन २०६२÷६३ मा पनि थियो त्यतिबेला सौभाग्य शाहलाई दिल्लीस्थित नेपाली दूतावासमा मिलिटरी एटाच्ये हुन जाने भनेर कान्तिपुर मिडिया ग्रुपले स्मियर क्याम्पेन सञ्चालन गरेको थियो ।
कोदारी राजमार्ग बनाउने बेलामा सो राजमार्ग मार्फत् साम्यवाद आउँदा भन्दा साम्यवाद ट्याक्सी चढेर आउँदैन भनी त्यतिबेलाको मिडिया लगायतको स्मियर क्याम्पेनलाई राजा महेन्द्रले जवाफ दिएका थिए ।
फागुन २५ ले जनता जनार्दनको जित भएको सन्देश दिएर गएको छ । अब देशलाई सही बाटोमा ल्याउन मेलमिलाप, आपसी इगो त्यागेर राजसंस्थासहितलाई स्पेस दिएर दुश्मनलाई हेरेको हेऱ्यै पार्नु जरुरी देखिन्छ ।
प्रतिक्रिया