मानव शरीर र प्राकृतिक चिकित्सा

मानव शरीर र प्राकृतिक चिकित्सा


प्रकृतिमा भएका वस्तुहरू वा प्राकृतिक तत्वहरूको उपयोग गरेर विना औषधी उपचार गरिने पद्धतिलाई प्राकृति चिकित्सा भनिन्छ । यो चिकित्सा पद्धति शुद्धरूपमा प्रकृतिमा आधारित हुन्छ, जसमा विभिन्न तत्त्व प्रयोग गरेर उपचार गरिन्छ ।

मानव शरीर पञ्चतत्त्वले बनेको छ । प्रकृतिमा भएका पाँच तत्त्वबाट निर्माण भएको मानव शरीरको उपचार पञ्च तत्त्वबाट नै गरिन्छ । पञ्चतत्त्व अर्थात् पृथ्वी, जल, तेज वायु र आकाश रहेका छन् । यही पाँच तत्त्व शरीर प्रतिकूल हुँदा विभिन्न रोगहरू लाग्दछ । प्राकृतिक चिकित्सामा यही पाँच तत्त्वमा आधारित भएर रोगहरूको उपचार गरिन्छ । रोग प्रतिरोधात्मक क्षमताको विकास र शरीरको अनावश्यक फोहोर फाल्नु नै यसको मुख्य प्रयोजन हो । यस उपचारको कुनै पनि नकारात्मक असर छैन । वातावरण र शरीरप्रतिकूल सबैभन्दा प्राचीन उपचार पद्धतिको रूपमा यसको विकास भएको छ । शरीर भनेको रोगको घर हो । प्रतिक्षण रोगले शरीरलाई आक्रमण गरिरहेको हुन्छ । शरीरले आफै ती रोगसँग लडेर शरीरको सुरक्षा गर्दछ ।

रोगप्रतिरोधात्मक क्षमता शरीरले पञ्च तत्त्वबाट नै प्राप्त गर्दछ । वेदान्तको परिभाषाअनुसार स्वास्थ्यको वास्तविक आधार ‘स्वाभावोऽधिष्ठानं स्वास्थ्यम्‘ स्वाभाविक अवस्था नै स्वास्थ्यको आधार हो । मानव शरीर र प्रकृतिको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । हाम्रो शरीर प्रकृतिको नै एक अंश हो । स्वास्थ्य भनेको केवल व्यक्तिमा मात्र सीमित हुँदैन यो पूर्णरूपमा प्रकृतिमा नै आश्रित हुन्छ । वेदहरूको दृष्टिकोणबाट हेर्दा प्रकृतिमा नै आधारित शरीर भएको हुँदा प्रकृति नै उपचारकर्ता हो भन्न सकिन्छ । शरीरले आफूलाई आफैँ ठिक पार्ने क्षमता राख्छ । रोगको मुख्य कारण असन्तुलित जीवनशैली हो । यसलाई सन्तुलन राख्नका लागि सबैभन्दा महत्त्व प्रकृतिको रहेको हुन्छ ।

ऋषि-मुनिहरू अनुसार प्राकृतिक चिकित्सा (Naturopathy as per Rishi-Munis)। ऋषि-मुनिहरूले प्राकृतिक चिकित्सा (Naturopathy) लाई ‘स्वाभाविक चिकित्सा’, ‘प्रकृति चिकित्सा’, वा ‘नैसर्गिक चिकित्सा’ भनेर व्याख्या गरेका छन्। उनीहरूको दर्शनअनुसार, ‘प्रकृति नै परम चिकित्सक हो’ (Nature is the ultimate healer) र मानव शरीरको स्वाभाविक अवस्था नै स्वास्थ्य हो ।

ऋषि-मुनिहरूका प्राकृतिक चिकित्सा सिद्धान्तहरूः

१. पञ्चमहाभूत चिकित्सा (Healing through the Five Elements)
ऋषिहरूका अनुसार शरीर पञ्चमहाभूत (पृथ्वी, जल, अग्नि, वायु, आकाश)बाट बनेको हुन्छ । रोगहरू यिनै तत्वहरूको असन्तुलनका कारण हुन्छन् । प्राकृतिक उपचारमा यी तत्वहरूको सन्तुलन कायम गर्नुपर्छ।

क) पृथ्वी (Earth Therapy) 
माटो चिकित्सा (Mud Therapy) द्वारा शरीरको विषाक्त पदार्थहरू हटाउने । माटो विभिन्न प्रकारका खनिज पदार्थले भरिएको हुन्छ । यसले शरीरबाट विषाक्त पदार्थ हटाउन मद्दत गर्नुका साथै छालासम्बन्धी रोगहरू पनि हटाउन मद्दत गर्छ।
चिकित्सा विधिस्
माटोको लेप (Mud Pack)
माटोको स्नान (Mud Bath)

ख) जल (Water Therapy) 
जल चिकित्सा (Hydrotherapy) द्वारा शुद्धीकरण । जल तत्त्वमा पानीको प्रयोग गर्ने गर्दछौँ। यो तत्त्वले शरीरलाई सफा गर्ने, शीतलता प्रदान गर्ने तथा रक्तसञ्चार सुधार गर्न मद्दत पुर्‍याउँछ । यो विधिमा पानीको विभिन्न तापक्रम प्रयोग गरिन्छ । जस्तै : तातो, चिसो र मनतातो आदि ।

चिकित्सा विधि :
हाइड्रोथेरापी (Hydrotherapy) 
हिप बाथ (Hip Bath)
स्पाइनल बाथ (Spinal Bath)
हातखुट्टा डुबाउने (Hand & Foot Immersion)
पूर्ण स्नान (Full Immersion Bath)
वाष्प स्नान (Steam Bath)

ग) अग्नि (Sun Therapy) 
सूर्यस्नान  (Sunbathing) द्वारा रोग निवारण । अग्नि तत्त्वमा सूर्यको किरणको प्रयोग गरिन्छ । सूर्यको किरणबाट ऊर्जा प्राप्त हुन्छ, यसले शरीरलाई ऊर्जावान् बनाउँछ। सूर्यको किरणले भिटामिन डी दिने र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ।

चिकित्सा विधि :
सन बाथ (Sun Bath)

घ) वायु (Air Therapy) 
ताजा हावामा रहने, गहिरो श्वास-प्रश्वास (Pranayama)मा आधारित उपचार पद्धति । शुद्ध वायु स्वस्थ जीवनका लागि अति आवश्यक छ । सफा हावाले स्वस्थ राम्रो बनाउने तथा फोक्सो सफा गर्ने र श्वासमा नियन्त्रण गर्न सजिलो बनाउँछ ।

चिकित्सा विधि :
प्राणायाम  (Breathing Exercise)
खुला हावामा स्नान (Air Bath)
वनस्पति नजिक बस्ने (Staying near plants)

ङ) आकाश (Fasting Therapy) 
उपवास ९ँबकतष्लन० गरेर शरीरलाई प्राकृतिक रूपमा शुद्ध पार्ने । आकाश तत्व शरीरको आन्तरिक शुद्धीकरणका लागि महत्त्वपूर्ण हुन्छ । यो तत्त्वले शुद्धीकरण र मानसिक शान्तिका साथै शरीरलाई आफैँ निको बनाउन र आराम दिन मद्दत गर्दछ।

चिकित्सा विधि :
उपवास (Fasting)
ध्यान (Meditation)

२. उपवास (Fasting) र शरीर शुद्धि (Detoxification)

ऋषिहरू उपवास (व्रत) गरेर शरीर शुद्ध गर्थे । उपवास गर्दा शरीर स्वयं शुद्ध हुने प्राकृतिक शक्ति जागृत हुन्छ । आधुनिक न्याचुरोपेथीमा यसलाई ‘फास्टिङ थेरापी’ भनिन्छ।

३. सात्त्विक भोजन  (Pure and Natural Diet)
शुद्ध, सात्त्विक र प्राकृतिक भोजनले शरीरलाई स्वस्थ राख्छ । ऋषिहरूको भोजनमा फलफूल, नट्स, हरियो सागसब्जी, दूध, मह, र जडीबुटी प्रमुख हुन्थे । प्रकृतिसँग सन्तुलित आहार ग्रहण गर्दा शरीरलाई रोग लाग्दैन।

४. योग, प्राणायाम र ध्यान (Mind-Body Balance)
ऋषिहरूले योगलाई स्वस्थ जीवनको आधार मान्थे । प्राणायाम (Breathing exercises)ले शरीरलाई शुद्ध गर्छ । ध्यान (Meditation) ले मानसिक शान्ति र आत्मशुद्धि ल्याउँछ ।

५. प्राकृतिक औषधि (Herbal Remedies)
महर्षि चरक – आयुर्वेदिक औषधिहरूको विकास ।
महर्षि सुश्रुत – शरीर शुद्ध गर्ने पद्धति प्रतिपादन ।
ऋषि वाग्भट – प्राकृतिक जीवनशैली र जडीबुटी चिकित्सा ।

६. सरल जीवनशैली  (Minimalistic and Natural Living)

ऋषिहरू जङ्गल, पर्वत र आश्रमहरूमा बस्थे । प्रकृतिसँग नजिक रहेर जीवन जिउँदा शरीर स्वस्थ र मन शुद्ध रहन्छ । पञ्चतत्त्वको प्रयोगले प्राकृतिक पद्धतिबाट शरीर स्वास्थ्य राख्न सकिन्छ । प्राकृतिक चिकित्साले आधुनिक औषधिको प्रयोगबिना नै उपचार गरी जीवनभर स्वस्थ रहन मद्दत गर्दछ। यो एउटा यस्तो पद्धति हो जसले कुनै नकारात्मक असर गर्दैन, र दीर्घकालीन स्वास्थ्य लाभ प्रदान गर्दछ ।