नागढुङ्गामा रोकेको अवस्थामा हाइस आफैं गुडेर दुर्घटना : एक जनाको मृत्यु नौ घाइते

नागढुङ्गामा रोकेको अवस्थामा हाइस आफैं गुडेर दुर्घटना : एक जनाको मृत्यु नौ घाइते


काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गामा आइतबार (१० चैत) साँझ भएको सवारी दुर्घटनामा एकको मृत्यु र नौ जना घाइते भएका छन् ।

चितवनबाट काठमाडौं आउँदै गरेको ग १ ख ५५४६ नं को हाइस रोकेको अवस्थामा आफैं गुड्न गई सडक छेउको पेटीमा ठोक्किँदा ठेगाना नखुलेकी अन्दाजी २५-२६ वर्षीया सविना गुरूङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी गुरूङको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । उनका अनुसार दुर्घटनामा नौ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको ट्रमा सेन्टर र केहीको अन्नपूर्ण न्यूरोमा उपचार भइरहेको छ ।

हाइस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।