आजको पञ्चाङ्ग एवम् राशिफल (१२ चैत २०८१ मंगलबार, २५ मार्च २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ चैत २०८१ मंगलबार, २५ मार्च २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ चैत १२ गते सन् २०२५ मार्च २५ तारिख मंगलबार चैत्र कृष्ण एकादशी तिथि श्रवण नक्षत्र शिव योग बन करण आनन्दादिमा लुम्ब योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४ मा भयो र सूर्यास्त साँझ १८ः१७ मा हुनेछ । पापमोचनी एकादशी व्रत ।

आजको राशिफल

मेष – अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्ने खालको दिन छ । इमानदार प्रयत्न गर्दा समयको सदुपयोग हुनुका साथै सहयोगीहरूले पनि राम्रै सहयोग जुटाउनेछन् । घरेलु समस्यामा सल्टाउने कार्यमा आजको ज्यादा समय व्यतीत भएपनि त्यसबाट लाभ नै मिल्नेछ । अध्ययन तथा अध्यापन कार्यमा सुधार आउला । आमोदप्रमोदको भाव पैदा हुनेछ ।

वृष – आजको दिन आर्थिक पक्ष सबल रहनुका साथै आश मारेको विषयमा पुनः आशा जागृत हुनसक्छ । नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित हुने योग छ । तर, यात्रागत कार्यमा भने खासै सफलता मिल्ने देखिन्न । विशेष योजना थाती राख्नु उचित हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नु हितकर होला । होला । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – मिश्रित फलदायी दिन छ । नियमित कार्यमा केही चुनौती सामना गर्नुपरे पनि केही उपलब्धिकै काम हुने देखिन्छ । व्यवसायको चापले गर्दा प्रेमी-प्रेमिकासँग तथा दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन पैदा हुनसक्छ । स्वास्थ्य पनि पूर्णतः सबल नरहन सक्छ । व्यापार-व्यवसाय लाभप्रद नै रहला । व्यावसाय विस्तारका लागि यात्राको सम्भावना छ । काममा अरुको भरपर्दा जोखिम बढ्ने देखिन्छ । शत्रुमाथि विजय प्राप्तिको योग छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट – मनोकूलता वृद्धिको समय छ । रोकिएको काम बन्नेछ भने प्रतिष्पर्धीहरू परास्त हुनेछन् । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानी गर्न सकिने छ । नचिताएको स्थानबाट धनागमनको संकेत छ । सोख पूर्तिका लागि खर्च पनि केही बढ्ला । दाम्पत्य सम्बन्ध उत्साहजनक रहनेछ । प्रेमको बन्धन कसिनेछ । परिवारिक सुख वृद्धि हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । खेलकुद, भ्रमण जस्ता क्रियाकलापमा रुचि बढ्नेछ ।

सिंह – उत्साहप्रद समय छ । पराक्रम बढ्नुका साथै उद्योग तथा व्यापारमा विशेष फाइदा हुने देखिन्छ । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । कतै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने योग छ । घरपरिवारबाट पनि सुखशान्ति मिल्नेछ । आरोग्यबल बढ्ला । रसरागका क्रियाकलापमा ध्यान आकर्षित हुनेछ । बौद्धिक एवम् कलात्मक काममा सफलता मिल्नेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ ।

कन्या – सफलताका लागि धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । विपरीतलिङ्गीसँगको सम्बन्ध आत्मीय बन्नेछ । रोकिएका काम बन्नाले उत्साह जागृत होला । कडा मिहेनतले आफ्नो वर्चश्व स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । प्रेमभाव वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । कार्यगति बढ्नेछ ।

तुला – इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न खोजेपनि सहयोगीहरूले साथ दिनेछन् । नियमित कर्ममा जाँगर बढ्नुका साथै चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । कृषिकर्ममा भने केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा पुग्नेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – बौद्धिक एवम् रचनात्मक कार्यमा सफलता मिल्ने समय भएपनि आजको दिन मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । सवारीसाधनको प्रयोगमा अपनाइएको सचेतनाका कारण चोटपटकबाट जोगिने योग छ । सिर्जनात्मक कार्यमा राम्रै प्रगति हुनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा सफलता मिल्नेछ । कतै वादविवादको सम्भावना रहेकोले व्यवहारमा संयमताको दरकार छ । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि विजयी बन्न सकिनेछ । पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुने देखिन्छ । स्वास्थ्य सबल रहला । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर – केही चुनौतीयुक्त समय छ । बन्दव्यापारबाट फाइदा हुनेछ भने आर्थिक पक्ष सबल नै छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुने देखिन्छ । आजको दिन धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु हितकर होला । कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । आरोग्यबल बढ्नेछ । दायित्व निर्वाहमा सफल नै रहनुहुनेछ ।

कुम्भ – आजको दिन रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । पुरानो गतिले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिने समय छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला ।

मीन – इमानदारी र लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय भइपनि स्वास्थ्य केही कमजोर रहने सम्भावना भएकोले विशेष ध्यान राख्नु उचित होल । कर्मबल बढ्ने, आय वृद्धि हुने देखिन्छ । सुख आनन्द बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । परिवारमा पाहुनाको चाप बढ्ने योग छ, तिनको व्यवस्थापनमा समय खर्च गर्नुपर्ला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।