खड्का गाउँमा युवकको हत्या : घटनामा संलग्न रहेको अभियोगमा १६ जना पक्राउ

खड्का गाउँमा युवकको हत्या : घटनामा संलग्न रहेको अभियोगमा १६ जना पक्राउ


काठमाडौंको खड्का गाउँमा सोमबार साँझ एक जनाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई मंगलबार (१२ चैत) सार्वजनिक गरिएको छ ।

काठमाडौं महानगरपालिका-१४ खड्का गाउँस्थित सडकखण्डमा दुई समूहबीच भएको झगडामा दोलखा (साविकको भेड्पु गाविस) हाल मेलुङ गाउँपालिका-४ स्थायी घर भइ काठमाडौंको चन्द्रागिरि नगरपालिका-७ बस्ने २३ वर्षीय अभय भन्ने अबे तामाङको मृत्युभएको थियो । पर्साको सखुवा प्रसौनी गाउँपालिका-१ घर भई हाल काठमाडौं नागार्जुन-१० स्युचाटार बस्ने २१ वर्षीय आशिष श्रेष्ठसमेतका व्यक्तिहरूले धारिलो हतियार तथा फलामको रड प्रहार गरी घाइते बनाएकामा निजको उपचारको क्रममा मृत्यु भएको थियो ।

सोही घटनाको अनुसन्धानका क्रममा १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । पक्राउ परेकालाई आज जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान सुरु गरिएको उनले बताए ।

पक्राउ पर्नेमा २१ वर्षीय आशिष श्रेष्ठ, धादिङको गल्छी गाउँपालिका-५ का २१ वर्षीय सुजन तामाङ, काठमाडौंको चन्द्रागिरि–१५ बस्ने २७ वर्षीय राज अर्याल, सिन्धुलीको कमलामाई-११ का २० वर्षीय डेनियल विश्वकर्मा, बागमती-५ सर्लाहीका २० वर्षीय निश्चल ब्लोन तामाङ, सुनसरीका १९ वर्षीय सुशान श्रेष्ठ, सिद्धलेक गाउँपालिका-७ धादिङका २३ वर्षीय विनय आलेमगर, ताप्ली गाउँपालिका-७ उदयपुरका २१ वर्षीय खेमराजबहादुर मगर, गोरखा गण्डगी गाउँपालिका-१ का २२ वर्षीय रन्जित श्रेष्ठ रहेका छन् ।

यसैगरी ताप्ली गाउँपालिका-७ उदयपुरका २० वर्षीय साङ्गे तामाङ, काठमाडौं नागार्जुन-९ स्युचाटार बस्ने २५ वर्षीय अजित बुढाथोकी, सोही स्थानकै २५ वर्षीय रोहित खड्का, नवलपरासी पूर्व, देवचुली नगरपालिका-९ का २० वर्षीय प्रवीन झेडी, तनहुँको व्यास नगरपालिका-१० का १९ वर्षीय गौतमकमल जोगी, सुनसरीको धरान उपमहानगरपालिका-७ का २२ वर्षीय प्रवेश गुरुङ तथा काठमाडौंको दक्षिणकाली नगरपालिका-१ का २२ वर्षीय डेबिड घले रहेका प्रवक्ता बोहराले बताए ।