✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ चैत्र १३ गते तद्अनुसार सन् २०२५ मार्च २६ तारिख बुधबार चैत्र कृष्ण पक्षको द्वादशी तिथि धनिष्ठा नक्षत्र सिद्धि योग कौलव करण आनन्दादिमा मित्र योग चन्द्रमा मकर राशिमा १२ः२६ बजेसम्म त्यसपछि कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३ मा भयो र सूर्यास्त साँझ १८ः१८ मा हुनेछ । देउपाटनमा देसोद्धार पूजा ।
आजको राशिफल
मेष – रोकिएको काम अघि बढाउने सोचमा हुनुहुन्छ भने उपयुक्त समय छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । विज्ञजनको सुझाव एवम् बुद्धिविवेकको प्रयोगले लक्ष्य पहिल्याउन सकिनेछ । आर्थिक उपार्जनको प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । नयाँ आयस्रोत प्राप्तिको योग छ । आमोदप्रमोदको अवसर जुर्ने देखिन्छ । रमिरहनु
वृष – आयआर्जनको दृष्टिले राम्रै समय छ । इमानदारी र लगनशीलताले राम्रो उपलब्धि दिलाउला । समय लागे पनि महत्वपूर्ण कामहरू सम्पादन हुनेछन् भने परिजनको सहयोग लिँदा झनै राम्रो हुने देखिन्छ । आर्जनका स्रोत वृद्धिले परिवारजनका आवश्यकता पूरा हुनेछन् । व्यापार-व्यवसायमा हुनेका लागि उचित अवसर हासिल हुने देखिन्छ । बौद्धिक क्रियाकलापमा पनि विशेष सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ ।
मिथुन – आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । आफ्ना विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी सावित हुनेछ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । काममा स्थानान्तरणको सम्भावना छ । लाभदायी कार्य प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रै फाइदा हुने तथा अचानक कमाइ हुनसक्ने योग छ । पराक्रम वृद्धिका साथै शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – ब्यस्तता वृद्धि हुनुका साथै श्रमअनुसार उपलब्धि हासिल गर्न मुस्किल पर्ने समय छ । आलस्यले गर्दा अवसर गुम्न सक्छ, आफूलाई जागृत तुल्याउने प्रयत्न गर्नु हितकर हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनुहोला । आजको दिन आर्थिक कारोबार अति आवश्यक अवस्थामा मात्र गर्नु उचित हुनेछ । नोकरीमा रहेका व्यक्तिलाई पदोन्नति एवम् स्थानान्तरणको सम्भावना छ । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनसँग मनोरञ्जनात्मक जमघटको योग छ । रसरागमा आकर्षण रहला ।
सिंह – तत्काल ठूलो लाभ नभए पनि भविष्यका लागि विशेष कामको जग बसाउने अवसर प्राप्त हुने देखिन्छ । तर, बाध्यताले केही अप्ठ्यारोमा पार्न सक्छ, सजग रहनुहोला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग भएपनि योजना कार्यान्वयनमा अरूको भर पर्दा झमेला बढ्न सक्छ । आफन्तमिलनले सुख दिनेछ, प्रेमभाव वृद्धि र दाम्पत्यसुख बढ्नेछ । आरोग्यता रहनेछ । बौद्धिकताको सही प्रयोगले पेचिला कार्यमा सहजता हासिल हुनसक्छ । विपरीतलिंगीको साथ–सहयोगले महत्वपूर्ण काम बन्ने देखिन्छ । रसरागको भाव वृद्धि हुनेछ । दैनिक क्रियाकलापमा जाँगर बढ्नेछ ।
कन्या – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन चाहनेका लागि अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । यात्रागत कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यको सबलताले पराक्रम बढ्ला । कुनैपनि समस्यामा परिवारजनको साथ-सहयोगबाट समाधान मिल्नेछ ।
तुला – व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । नियमित खर्चको मात्रा बढ्ने देखिन्छ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले बोली र व्यवहारमा संयमताको दरकार छ । इर्ष्यालु पात्रबाट आलोचना हुने, विशेष काममा बाधा आउने, धनमाल हराउने सम्भावना पनि रहेकोले अत्यन्त सजग रही व्यवहार गर्नु हितकर होला । प्रतिकुलता वा चुनौतीका बाबजुद आँटेको काममा सफलता नै मिल्नेछ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । साहसिक काममा आकर्षण बढ्नेछ ।
वृश्चिक – अध्ययन-अध्यापनमा खासै मन नलागे पनि अन्य कार्यमा आत्मविश्वास बढ्नेछ । जिम्मेवारी बढिरहनेछन् । रोकिएका काम बिस्तारै बन्नेछन् । समयमै होस पुग्न नसक्दा महत्वपूर्ण अवसर गुम्नसक्ने सम्भावना छ, ध्यान राख्नुहोला । स्वादिष्ट भोजनमा मन रमाउनेछ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने र वादविवादको सामना गर्नुपर्ने योग छ । तथापि, सामर्थ्य वृद्धिले शत्रुपक्ष परास्त हुनेछ । आरोग्यता रहनेछ ।
धनु – नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने समय छ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । भेटघाटको अलमलले नोक्सान पार्न सक्छ, तापनि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । बौद्धिक तथा रचनात्मक कार्यमा लगाव रहला । रसरागको भाव जागृत हुनेछ । सुख-सुविधाको वस्तु खरिदमा खर्चको योग छ । योजना र बजेट बनाएरमात्र आर्थिक क्रियाकलाप गर्नु उचित हुनेछ ।
मकर – अधुरा कामलाई अघि बढाउन सकिने तथा नयाँ कार्ययोजना पनि सुरु हुने समय छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । उद्योग र व्यापारमा विशेष फाइदा हुने देखिन्छ । प्रेमजीवन उत्साहजनक रहनुका साथै दाम्पत्य सम्बन्धमा प्रगाढता आउने देखिन्छ । स्वास्थ्यप्रति भने विशेष सजगता अपनाउनुपर्ने देखिन्छ । खानपानमा विशेष ध्यान दिनु उचित हुनेछ । सुख-सुविधाको वस्तु बढ्नेछन् । परिजनको सहयोगले समस्याको समाधान मिल्नेछ ।
कुम्भ – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने दिन छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । अप्रत्याशित लाभको योग छ, तर खर्च पनि केही वृद्धि होला । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । आरोग्यबल बढ्नेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता हुनेछ । यात्रागत कार्य सार्थक रहनेछ । मिठो भोजन प्राप्त हुनेछ ।
मीन – विभिन्न अवसरले पछ्याउने दिन छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । पारिवारिक जमघटमा मन रमाउने योग छ । व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने देखिन्छ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । साझेदारीको काम बन्नेछ ।
प्रतिक्रिया