भारतमा तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।
दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ भारतको बहराइचमा बिहीबार दुर्घटना भएको जनाइएको छ । सोही दुर्घटनामा परि गाडीचालक तुलसीपुर उपमहानगरपालिका-७ पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईं र सोही वडाका जितबहादुर वलीसहित चारजनाको मृत्यु भएको तुलसीपुर-७ का वडाध्यक्ष रामबहादुर जिसीले जानकारी दिए ।
अन्य दुई जनाको पहिचान हुन बाँकी छ । अन्य दुई जना पनि तुलसीपुरनिवासी नै रहेको वडाध्यक्ष जिसीको भनाइ छ । गाडीमा नौ जना सवार रहेको र सबै तुलसीपुरकै रहेका खुलेको छ । गाडीमा सवार अन्य पाँच जना घाइते छन् । उनीहरुको भारतमै उपचार भइरहेको जनाइएको छ ।
प्रतिक्रिया