प्रतिनिधिसभाको बैठक यही चैत १७ गते आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।
सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयद्वारा आज (१५ चैत) जारी सूचनामा आज ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ः१५ मा बस्ने तय भए पनि विशेष कारणले स्थगित भएको उल्लेख छ ।
प्रतिनिधिसभा नियमावली, २०७९ को व्यवस्थाबमोजिम सभामुख देवराज घिमिरेले उक्त समय निर्धारण गरेको जनाइएको छ ।
file photo: rss
प्रतिक्रिया