काठमाडौं महानगरपालिकाले राजा ज्ञानेन्द्र शाहको नाममा काटेको जरिवानापत्र निर्मलनिवासले बुझ्न अस्वीकार गरेको छ ।
राजाको उक्साहटमा शुक्रबार काठमाडौंको तीनकुनेमा भएको आन्दोलनका क्रममा भएको तोडफोड र त्यसबाट उत्पन्न फोहोरको मूल्याङ्कन गरी महानगरपालिकाले राजा ज्ञानेन्द्र शाहको नाममा ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको थियो । पत्र हस्तान्तरणका लागि आइतबार महानगर प्रहरीको टोली निर्मल निवास पुगेको थियो । राजासँग सरोकारको विषय नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेपछि काठमाडौं महानगरले जरिवानापत्र हुलाकमार्फत पठाएको छ।
ज्ञातव्य छ, शुक्रबारको आन्दोलन घोषितरुपमै ‘संयुक्त जनआन्दोलन समिति’ र ‘नागरिक बचाऊ अभियान’ले गरेको थियो । आन्दोलनको स्वामित्व लिने पक्षलाई सम्पर्क नगरी ज्ञानेन्द्र शाहको नाममा पत्र काटेर सस्तो लोकप्रियता कमाउन खोजेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको एकपक्षले आलोचना गरेको छ ।
प्रतिक्रिया