वरिष्ठ पत्रकार, लेखक एवम् कूटनीतिज्ञ कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंस्थित सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा आइतबार (१७ चैत) राति उहाँको निधन भएको हो ।
गत मङ्गलवार थापागाउँस्थित निजी निवासमा लडेर घाइते भएपछि उहाँ पक्षघातको सिकार हुनुभएको थियो ।
पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा दिवंगत कोइरालाले कोरियाका लागि नेपाली राजदूतका रुपमा तीनवर्षे कार्यकालसमेत सम्हाल्नुभएको थियो ।
८७ वर्षको उमेरमा पनि अत्यन्त सक्रिय जीवन बाँच्नुभएका उहाँले वामपन्थी विचारवाहक विभिन्न अखबारमा नियमित स्तम्भलेखन गर्दै आउनुभएको थियो ।
प्रतिक्रिया